• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख २७, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      २ दिन अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      २ दिन अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      ३ दिन अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      ६ दिन अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      १ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      १ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      १ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      २ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      २ हफ्ता अघि

      विपत्तिपछि खानेपानी व्यवस्थापनमा नागरिकको पहल सराहनीय : अध्यक्ष अधिकारी

      २ हफ्ता अघि

      बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

      २ हफ्ता अघि

      काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

      ३ हफ्ता अघि

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      ३ हफ्ता अघि

      अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

      ३ हफ्ता अघि
    in
    आज: २०८३ बैशाख २७, आईतबार
    होमपेज /  आर्थिक

    बेथानचोकमा सडक कालोपत्रे शिलान्यास

  • सिरुपाते खबर
  • २०७९ फागुन ३, बुधबार (३ साल अघि)
  • ७५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बेथानचोक
    काभ्रेको बेथानचोक गाउँपालिकाले विकास कार्यहरु दिगोविकासलाई ख्याल गर्दै संचालन गर्ने लक्ष्य लिएको छ । संघीय राजधानी काठमाडौंबाट बेथानचोक हुँदै डाँडापारी प्रवेश गर्ने मुख्य सडक कालोपत्रे गर्ने कार्यको शिलान्यास गर्दै पालिका अध्यक्षले पालिकाका विकास कार्य दिगो विकासको अवधारणा अनुरुप हुने बताएका हुन ।
    पाटीखर्क, चलाल गणेशस्थान आलुबारी पाटी मुसे खोल्स शीर्षकमा सडक कालोपत्र हुन लागेको हो । गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, निबर्तमान पालिका अध्यक्ष भगवान अधिकारी लगायत जनप्रतिनिधिहरुले सडक कालोपत्रे योजनाको शिलान्यास गरेका हुन् ।
    कार्यक्रममा बोल्दै गाउँपालिकाले आफ्नै स्रोतबाट सडकको स्तरोन्नती गर्न लागेको अध्यक्ष अधिकारीले जानकारी दिए । सडक कालोपत्रेपछि बेथानचोक लगायतको क्षेत्रको सवारीलाई सहज हुने साथै गाउँपालिकाको पर्यटन विकासमा टेवा पुग्ने अधिकारीको भनाई थियो । सडकका कारण उत्पादित सामग्रीले बजार पाउन सहज हुने बताउँदै उत्पादित सामग्रीको सहज बजारीकरणले ग्रामिण अर्थतन्त्रलाई बलियो बनाउन सकिने उनको दावी छ । पालिका अध्यक्ष पदमा निर्वाचित भए सँगै अधिकारीले पालिका भित्रका सडकहरु हरेक वर्ष ५ किलोमिटरका दरले कालोपत्रे गर्ने पहिलो निर्णय गरेका थिए ।
    पालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले पालिका भित्र कनिका छरे झै योजना भन्दा काम देखिने विकासकार्यलाई महत्व दिने बताइन । पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले पालिकाले दिगो विकासको मर्म अनुरुप सडक स्तरोन्नती कार्यको शुरुवात गरिएको बताउँदै सडकको कुल २५ सय ५० मिटर कालोपत्रे, १ हजार १ सय मिटर ढलान हुने बताए । योजनाको निरन्तर अनुगमन, सुपरिवेक्षण हुने उनको भनाई थियो ।
    निवर्तमान पालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले उक्त सडक पालिकाबाट संघीय राजधानी मात्र जोड्ने नभइ प्रदेश राजधानी हेटौंडा जोडने सडक समेत भएको उल्लेख गर्दै पालिकाले अत्यावश्यक कामको थालनी गरेको बताए । यस अघि नै उक्त सडक भूकम्प पुर्नलाभ कार्यक्रम अन्तर्गत स्तरोन्नती भएको उल्लेख गर्दै सडकले प्रशस्त लाभ पुगेको उनको भनाई थियो । रकम कम भए काम थोरै होस तर गुणस्तरीय हुन पर्छ भन्दै भुगोल र माटोलाई ख्याल गर्दै सडक बन्नु पर्ने तिमल्सिनाले बताए ।
    गत पौष ११ गते सम्झौता भएको उक्त सडक आगामी जेठ २५ भित्र सम्पन्न गरिनु पर्ने उल्लेख छ । कुल ४ करोड ८६ लाख ७६ हजार ९ सय ३० रुपैया २१ पैसा (भ्याट बाहेक) गर्ने गरी श्री जोशी जी र घिसिङ जेभीलाई कालोपत्रे तथा ढलानको ठेक्का पाएको छ ।
    सडकको गुणस्तरका लागि विशेष ध्यान दिइने पालिकाका इन्जिनियर ज्ञानप्रसाद तिमल्सिनाले बताए । ल्याब टेस्ट गराएर गुणस्तरीय निर्माण सामाग्रीहरुमात्रै कालोपत्रेका लागि प्रयोग गरिने उनको भनाई थियो । तिमल्सिनाका अनुसार खोलाकिनारमा जाली ओछ्याउने, यसअघि बनाइएका ड्रेन सुधार र नयाँ ठाउँमा ड्रेन बनाउने काम पनि हुनेछ ।
    गाउँपालिकाले आगामी ५ वर्षभित्र गाउँपालिकाका प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्ने तथा प्रत्येक वर्ष कम्तिमा ५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना तयार गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

    छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

    समाचार

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    काभ्रे खबर

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९९५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६१४ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२०९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०६५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०३७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९३५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑