• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ २२, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

      १२ घण्टा अघि

      ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

      २ दिन अघि

      उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

      ३ दिन अघि

      “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

      ५ दिन अघि

      कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

      ६ दिन अघि

      आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

      ६ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

      १ हफ्ता अघि

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      १ हफ्ता अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      १ हफ्ता अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      २ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      २ हफ्ता अघि

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      २ हफ्ता अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      ३ हफ्ता अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      ३ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      ३ हफ्ता अघि
    in
    आज: २०८२ माघ २२, बिहिबार
    होमपेज /  आर्थिक

    बागमती गाउँपालिकामा नियम बिपरित बैठक र अनुगमन भत्ता, मुखैमा सिमित सुशासन र समृद्धि

  • राजन दाहाल
  • २०८० जेष्ठ २३, मंगलबार (२ साल अघि)
  • १९६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर / बागमती
    बागमती गाउँपालिकामा सुशासन र समृद्धिको नारा मुखैमा मात्र सिमित भएको छ । पालिका भित्र सुशासन कायम गर्छौं र समृद्धि पालिका निर्माण गर्छौं भनेर चुनाव जित्ने अनि चुनाव जितिसकेपछी सुशासन र समृद्धिलाई जनप्रतिनिधिहरुले मुखैमा मात्र सिमित राखेर राज्यको नियम र कानुन भन्दा बाहिर रहेर कृयाकलापहरु गरेको पाइएको छ । बागमती गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले मापदण्डमा तोकिएको भन्दा बडि दरमा बैठक भत्ता बुझ्ने गरेको तथ्य बाहिर आएको छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुबिधा सम्बन्धि ऐन २०७७ (संसोधन सहित ) को दफा १ (क) मा पदाधिकारीले प्रती बैठक रु.१ हजारका दरले बैठक भत्ता पाउने व्यवस्था रहेकोमा बागमती गाउँपालिकाले भने पालिकाको संयोजकत्वमा बसेको बैठकको भत्ता १ हजार ५ सयका दरले भुक्तानी गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिबेदनले यसरी नियम भन्दा बाहिर रहेर भएको भुक्तानिलाई बेरुजु देखाइ बढी भुक्तानी भएको रकमलाई असुल गर्न औल्याएको छ । प्रतिबेदनले बागमती गाउँपालिकाका पदाधिकारीले विभिन्न कार्यक्रम गर्दा बसेको २६ वटा बैठक संख्याको भत्ता रु. १ लाख ३ हजार २ सय ७५ रुपैयाँलाई बेरुजु देखाएको छ ।
    त्यस्तैगरी बागमती गाउँपालिकाका स्थानीय जनप्रतिनिधि र कर्मचारीले कानुनी आधार र व्यवस्थानै नभएको शिर्षकबाट पनि भत्ता बुझ्ने गरेको पाइएको छ । संघीय ससर्त कार्यक्रम,गोष्ठी, र तालिमहरुमा अनुगमन गरेकोमा भत्ता पाउने व्यवस्था छैन तर बागमती गाउँपालिकामा भने धमाधम आफ्नो मनखुसी १ हजारका दरले भत्ता बुझेका छन् । महालेखा परीक्षकको प्रतिबेदन अनुसार २०७८ पौष २५ गते लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको अनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई लगाएत ११ जनाले १२ हजार ७ सय रुपैयाँ ,२०७९ बैशाख २२ गते खोरेत रोग खोप अभियान कार्यक्रमको अनुगमन गरेको पालिका अध्यक्ष वीर बहादुर लोप्चन लगाएत ४ जनाले २३ हजार ८ सय रुपैयाँ, २०७९ असार २३ गते साना व्यवसायिक कृषि उत्पदन केन्द्र कार्यक्रमको अनुगमन गरेको खम्बराज राई अगाएत ७ जनाले २६ हजार ३ सय पचास रुपैयाँ र उत्कृष्ट कृषक सम्मान कार्यक्रमको अनुगमनमा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर दर्लामी मगर लगाएत ६ जनाले १५ हजार ३ सय रुपैयाँ कर बाहेकको कुल ७८ हजार २ सय रुपैयाँ खर्च भएको देखिएको छ । तर यस्तो खर्च गर्न नियम र कानुन सम्बत नभएकोले महालेखा परीक्षकले सम्पुर्ण रकम असुल गर्न सुझाव दिएको छ । त्यस्तैगरी पालिकाले सहभागी यातायात खर्चमा पनि मनलागी ढङ्गबाट रकम वितरण गरेको पाइएको छ । सहभागी यातायात खर्च बापत वितरण भएको कुल ९९ हजार ७ सय ४० रुपैयाँ पनि नियम सम्मत नदेखिएको भन्दै महालेखा परीक्षकले उक्त रकमलाई बेरुजु देखाइदिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

    ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

    उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    समाचार

    रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

    ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

    उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

    काभ्रे खबर

    रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

    ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

    उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७२३ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०१० पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८८२ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८३० पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६९९ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३५७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑