• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख २९, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      १ दिन अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      ४ दिन अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      ४ दिन अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      ५ दिन अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      १ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      १ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      १ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      २ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      २ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      २ हफ्ता अघि

      विपत्तिपछि खानेपानी व्यवस्थापनमा नागरिकको पहल सराहनीय : अध्यक्ष अधिकारी

      २ हफ्ता अघि

      बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

      ३ हफ्ता अघि

      काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

      ३ हफ्ता अघि

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      ३ हफ्ता अघि
    in
    आज: २०८३ बैशाख २९, मंगलबार
    होमपेज /  आर्थिक

    बागमतीमा सहकारीलाई नियम विपरीत पटकपटक अनुदान, सम्झौता र रकम भुक्तानीमा पनि मनोमानी

  • राजन दाहाल
  • २०८० जेष्ठ २८, आईतबार (२ साल अघि)
  • १५७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ११ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर/ बागमती
    बागमती गाउँपालिकाले नियम विपरीत गरेका कामको तथ्यहरु एकाएक बाहिरी रहेका छन् । सोही अनुरुप गाउँपालिकाले नियम विपरीत नाफामुलक संस्थालाई पनि अनुदान दिएको तथ्य बाहिरिएको छ । बागमती गाउँपालिकाले नाफा कमाउने उद्देश्यले स्थापना भएको सहकारी संस्थालाई पालिका बाट अनुदानमा रकम उपलब्ध गराएको पाइएको छ । पालिकाले सहकारीलाई अनुदान मात्र दिएन, अनुदान रकम भुक्तानी गर्दापनि गैर कानुनी हिसाबले रकम भुक्तानी दिएको पाइएको छ ।
    आर्थिक बर्ष ०७७/०७८ मा बागमती गाउँपालिकाले पालिकाको वडा न ४ प्युटारमा रहेको जोसिलो महिला बचत तथा ऋण सहकारी संस्था लि.लाई भवन निर्माण गर्न १० लाख रुपैयाँ बजेट छुट्टयाइएको थियो । तर उक्त बजेटको लागि वडा न ४ प्युटारमा हुँदै नभएको सहकारी सस्था प्युटार महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेडसंग सम्झौता गरि रकम भुक्तानि भएको पाइएको छ । पालिकाले संस्थागत रकम भुक्तानी गर्दा संस्थाको खातामा जम्मा गर्नुपर्ने कानुनी प्राबधान रहेको छ । तर दर्ता नै नभएको प्युटार महिला बचत तथा ऋण सहकारी संस्था लि .लाई पालिकाबाट रकम भुक्तानी हुनु शंकाको बिषय भने पक्कै हो । तर पालिकाले सम्झौता प्युटार महिला बचत तथा ऋण सहकारी संस्था लि. संग गरेर रकम भुक्तानी चाहिँ जोसिलो महिला बचत तथा ऋण सहकारी संस्था लि.लाई दिएको पाइएको छ ।
    पालिका भित्र संचालन भएका विभिन्न योजनाहरुको रकम फरफारक गर्दा केही डकुमेन्ट नपुग्दा नियम अनुसार कागजपत्र पुगेन भोलि आउनु भन्ने तर पहुँच हुनेहरुले चाहिँ जसरी पनि रकम भुक्तानीलिन मिल्ने पलिकाको कार्यशैली प्रती पालिकाका आम नागरिकले चासोका साथ हेरिरहेको एक स्थानीयले सिरुपाते खबरलाई बताउनुभएको छ ।

    जसरी गएपनि जुन नियम, विधि, पद्धति र कार्यकौशल पालिकाले प्रयोग गरेपनि विनियोजित रकम भने हिनामिना नभएको पाइएको छ । जोसिलो महिला बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष राममाया घलानले गत बर्ष पलिका बाट ९ लाख ७० हजार रुपैयाँ ल्याएर भवन निर्माण गरेको बताउनु भएको छ । गत बर्ष मात्र होइन पालिका बाट पटकपटक नाफामुलक जोसिलो सहकारी सस्थालाई रकम अनुदानमा दिएको पाइएको छ । जोसिलो महिला बचत तथा ऋण सहकारी संस्था लि. कि अध्यक्ष राममाय घलान ले यस अघि पनि पालिका बाट बजेट ल्याएको बताउनुहुन्छ । साथै उहाँले पटकपटक गरेर करिब १६ लाख रुपैयाँ रकम भुक्तानी लिइएको बताउनुभएको छ ।
    नाफामूलक संंस्थालाई अनुदान
    महालेखा परीक्षकको प्रतिबेदनले पालिकाबाट सहकारी संस्थालाई भुक्तानी भएको रकम नियम सम्मत नभएको बताएको छ । प्रतिबेदनमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ मा वितरणमुखी खर्चलाई नियन्त्रण गर्दै संघ तथा प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा दीर्घकालीन पुँजी निर्माण हुने कार्यमा खर्च गर्नुपर्दछ भनि स्पष्ट रुपमा उल्लेख गरेको छ । त्यस्ता रकमलाई नाफा कमाउने उद्देश्यले स्थापित संस्थालाई अनुदान उपलब्ध गराउन मिल्दैन भनि औंल्याएको छ । तर पालिकाले प्यूटार सहकारी संस्था लि. लाई भवन ्र निर्माण गर्न रु.९ लाख ७० हजार रुपैयाँ भुक्तानी दिनु नियम सम्मत नदेखिएको उल्लेख छ । त्यति मात्र होइन प्रतिबेदनले प्युटार सहकारी सस्था लि.को आफ्नै नाममा भएको जग्गाको लालपुर्जा, नक्सा पास लगायतका प्रमाण बेगर भुक्तानी दिएकोले उक्त भुक्तानी नियमसम्मत नदेखिएको भन्दै बेरुजु देखाएको छ ।
    बागमती गाउँपालिकामा रहेका बस्तीमा बिजुली बत्ति बाल्न नपाइ टुकि बत्तिमा निर्भर पर्नु परेको अबस्थामा यसरी गाउँपालिकाले नाफामुलक सस्थाहरुलाई धमाधम रकम बाढ्नु कति सम्म उचित होला ? पालिकाका अग्रपंक्तिमा रहेका कर्मचारी र जनप्रतिनिधिले यस्ता कु संस्कारलाई बढवा दिने हो भने पालिका भित्र रहेका गरिब नागरिकप्रती न्याय नहुने निश्चित छ । त्यसैले सम्बन्धित सरोकारवालाहरुले बेलैमा सोचबिचार पुर्याउनु आबश्यक देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

    समाचार

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    काभ्रे खबर

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८००० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६१८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२१३ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०६८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०४२ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९४० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑