• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक १७, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      ३ दिन अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      २ हफ्ता अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      २ हफ्ता अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      १ महिना अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ महिना अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      १ महिना अघि

      जेनजी क्रान्ति : जनआक्रोशको विस्फोट वा डीप स्टेटको परिणाम?

      १ महिना अघि

      पूर्व मेयर न्यौपानेले भने: दु:ख गरेर बनाएको घर आँखै अगाडि खरानी पारिदिए

      १ महिना अघि
    in
    आज: २०८२ कार्तिक १७, सोमबार
    होमपेज /  काभ्रे खबर

    सिद्धार्थ वनस्थलीमा विद्यार्थीहरुलाई विदाइ सँगै स्वागत

  • सिरुपाते खबर
  • २०८० भाद्र २०, बुधबार (२ साल अघि)
  • १४९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    सिद्धार्थ वनस्थली इन्स्टिच्युट पनौतीले गत शैक्षिक सत्रमा विद्यालयबाट सहभागी भई एसइई तथा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बिदाइ तथा कक्षा ११ मा नयाँ भर्न भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित भव्य कार्यक्रममा कक्षा प्ले ग्रुप देखि १२ सम्म उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
    कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा प्रमुख गौतमले विद्यार्थीहरुमा आफ्नो भविष्यको मात्र नभइ सारा देशको जिम्मेवारी रहेको उल्लेख गर्दै विद्यार्थीहरुमा असल संस्कार र चेतनाबोध हुनुपर्ने बताउँदै सिद्धार्थ वनस्थलीले समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोे बताए ।
    बर्तमान शिक्षा प्रणालीले विद्यार्थीहरुमा पुस्तक, समय र सिकाई विधिमा बैज्ञानिकता नभएकोे उल्लेख गर्दै सहज विधि प्रकृया र शिक्षण सिकाई क्रियाकलापमा जोड दिनुपर्ने बताए । जनशक्ति देशमै बिक्ने किसिमको शिक्षा आवश्यक रहने र जीवनउपयोगी शिक्षाले मात्र परिवर्तन सम्भव रहेको उनको भनाई थियो ।
    संविधानमा उल्लेख भए बमोजिम बालबालिकाहरुले निःशुल्क शिक्षा प्रदान गर्ने कार्यमा राज्यको प्रमुख भूमिका रहने बताए । विद्यार्थीमा नैतिक शिक्षा जरुरी रहेको प्रसँग सहित विद्यार्थीहरुले ठूलो नभइ असल मानिस बन्ने सोच राख्नुपर्नेे उनको भनाई थियो । विद्यार्थीहरुले गलत विषयको अनुकरण गर्न नहुने उल्लेख गर्दै जे छ त्यसमै सन्तुृष्ट हुनुपर्ने बताउँदै विद्यालय तथा परिवारमा आज्ञाकारिता प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
    पनौती नगरपालिका उपप्रमुख गीता बञ्जाराले नगर भित्रका सबै विद्यालयहरुको गुणस्तर सुधार गर्नका लागि नगरपालिका योजनाबद्ध ढंगले अघिबढेको उल्लेख गर्दै नगरपालिकाले एकिकृत योजना कार्यान्वयन गरिरहेको बताइन् । पनौतीको शैक्षिक विकासमा सिद्धार्थ वनस्थलीको महत्वपूर्ण योदान रहेको बञ्जाराको भनाई थियो ।
    तेजगंगा बहुमुखी क्याम्पसकी प्रमुख अम्बुभवानी कार्की कालिजंग गण धुलिखेलका गणपति प्रकाश बहादुर सिंह ,पत्रकार मधुसुधन गुरागाई लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुले सिद्धार्थ वनस्थलीले पनौती क्षेत्रमा मात्रै नभएर जिल्लामै नमुना शिक्षा प्रदान गरिरहेको बताएका थिए । उक्त विद्यालयबाट एसइई उर्तिण भएका २६ जना, कक्षा १२ उर्तिण १२ जनालाई बिदाइ गरिएको थियो भने कक्षा ११ मा नयाँ भर्ना हुने २६ जनालाई स्वागत गरिएको थियो ।
    सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित विद्यालयकी प्रधानाध्यापक रेश्मा थापाले दिएको जानकारी अनुसार विद्यालयमा ५ सय विद्यार्थी अध्ययनरत छन् । ४२ जना शिक्षक कर्मचारी कार्यरत छन् । २०४४ सालमा सिद्धार्थ वनस्थली बालाजुका संस्थापक स्वर्गीय लक्ष्मण राजवंशीको पहलमा पनौतीमा यस स्कुलको स्थापना भएको थियो । हाल क्याप्टेन रामेश्वर थापा प्रमुख गुठियार रहेका छन् । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव थापाको सभापतित्वमा भएको थियो ।
    कार्यक्रममा एसइई र एस एल सी परीक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने २ जना विद्यार्थीहरु समिक्षा लामिछाने र र्सिजना हुमागाई तथा विषयगत रुपमा उत्कृष्ट जिपिए हासिल गराउन सफल २ शिक्षकहरु क्रमशः राजकुमार खुलाल र मिलन चौंलागाईलाई सम्मान गरिएको थियो ।
    विद्यालयमा विगत केही वर्षदेखि राष्ट्रिय सेवा दलद्वारा संचालित एनसीसी तालिम संचालित रहेको र उक्त तालिममा १ सय भन्दा बढि विद्यार्थी दिक्षित भएका कार्यक्रममा जानकारी गराइएको थियो ।
    विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । अतिरिक्त क्रियाकलापमा सहभागी भई उत्कृष्ट हुने २८ विद्यामा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयका प्राज्ञिक संयोजक प्रविण दाहालले संचालन गरेको कार्यक्रममा वडा नं ८ का जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रिन्सिपल तथा प्रधानाध्याकहरु सार्वजानिक शैक्षिक गुठी विद्यालय महासंघ लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    समाचार

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    काभ्रे खबर

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५१६ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८५६ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७२४ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६५७ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५१९४ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०७७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑