• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ भाद्र २३, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

      २ घण्टा अघि

      संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

      ८ घण्टा अघि

      डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

      १ हफ्ता अघि

      फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

      १ हफ्ता अघि

      पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

      १ हफ्ता अघि

      राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

      १ हफ्ता अघि

      आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

      १ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

      १ हफ्ता अघि

      फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

      २ हफ्ता अघि

      बनेपामा ‘तीज बनेपा महोत्सव २०८२’ आयोजना हुने, सांस्कृतिक र आर्थिक प्रवर्द्धनमा बल पुग्ने बिश्वास

      २ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी पनौतीद्वारा ‘संगठन सबलीकरण’ अभियान सुरु

      २ हफ्ता अघि

      सामुदायिक विद्यालयका चुनौती र समाधानका उपायहरु

      ३ हफ्ता अघि

      पनौतीमा अन्तर्राष्ट्रिय युवा दिवस : समृद्ध पनौतीका लागि युवा सहभागितामा जोड

      ३ हफ्ता अघि

      समृद्धिको खोजीमा हराइरहेको समाज

      १ महिना अघि

      लम्पि स्किन रोग देखिएपछि गिम्देली जनता त्रासमा

      १ महिना अघि
    in
    आज: २०८२ भाद्र २३, सोमबार
    होमपेज /  आर्थिक

    झुठा समाचारको पछि नलाग्न मन्त्री लामाको अनुरोध, निष्पक्ष छानविन, अनुसन्धान गर्न काभ्रे कांग्रेसको माग

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० भाद्र ३०, शनिबार (१ साल अघि)
  • २०७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बनेपा
    बाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामाले आफूलाई अनावश्यक विवादमा मुछेर गलत प्रचार नगर्न सम्बद्ध सबैमा अनुरोध गरेका छन् । २०८० भाद्र २५ गते काठमाडौंमा सुन जस्तो पहेंलो धातुको डल्ला (९६० ग्राम) बरामद भएको घटनामा आफ्नो समेत नाम मुछेर समाचार प्रकाशित भइरहेको भन्दै उनले विज्ञप्तिमार्फत खण्डन गरेका छन् ।
    ‘कपोलकल्पित, तथ्यहिन र पूर्वाग्रही’ समाचारले आफूलाई मर्माहत र दुःखित तुल्याएको भन्दै उनले समाचारमा कुनै सत्यता नरहेको र कुनै प्रकारको संलग्नता नरहेको विज्ञप्तिमार्फत विस्वस्त पारेका छन् ।
    ‘बाग्मती प्रदेश सरकारको मन्त्री र नेपाली कांग्रेस काभ्रेको सभापतिको हैसियतमा मेरो धेरै जनसम्पर्क हुन्छ, ती समयमा वा अन्य कुनै प्रसंगमा कसैले खिचेका तस्विर समेत राखेर समाचार प्रकाशित गरिनु, सामाजिक सञ्जालमा अतिरञ्जित बनाउनु मेरो राजनीतिक र चारित्रिक हत्या गर्ने कुत्सित मनसाय बाहेक केही होइन,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘मलाई विवादमा ल्याउन चाहने निकृष्ट मानसिकता र दुराशयका साथ भएका यस्ता कार्यप्रति म सचेत छु ।’
    मन्त्री लामाले जारी गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन होस् भन्ने पक्षमा म आफू दृढ रहेको उल्लेख गर्दैै दोषी पत्ता लगाउन र दोषीलाई कानुन बमोजिम कारवाहीको पनि माग गरिएको छ । साथै घटनाको सत्यतथ्य छानविन गर्न आवश्यक अनुसन्धानमा सम्बन्धित निकायलाई सहयोगका लागि प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । गलत सूचनाका आधारमा कसैको मानहानी हुने गरी समाचार सम्प्रेषण नगर्न, सामाजिक सञ्जालमा अतिरञ्जित नगर्न र लोकतन्त्रको आधारभूत सिद्धान्त अनुसार नागरिकलाई सत्य तथ्य सूचना मात्र प्रवाह गर्न सम्बद्ध सबैमा अनुरोध समेत गरेका छन् ।
    नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले पनि एक विज्ञप्ती जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सचिवद्वय गुणराज मोक्तान र माधव ढकालले हस्ताक्षर गरेको विज्ञप्तिमा आफ्ना सभापतिको चरित्र हत्या गर्ने, सामाजिक मर्यादामा आँच पु¥याउने दुषित मनसायका साथ प्रकाशित झुठा र आधारहीन समाचारप्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रे घोर भत्र्सना, निन्दा एवं खण्डन गर्दै उक्त झुठा समाचारको कारण कुनै भ्रममा नपर्नु हुन सम्पूर्ण जनसमुदाय समक्ष अनुरोध गरिएको छ । कलुषित मनसायका साथ प्रकाशित यस्ता घृणित झुठा समाचार प्रचार प्रसार नगर्नु नगराउनु हुन र जनतालाई सत्यतथ्य सूचना मात्र संप्रेषण गर्न सम्बन्धित सञ्चार माध्यमको ध्यानाकर्षण पनि गरिएको छ । नेपाली कांग्रेस काभ्रेले उक्त घटना उपर छानविन एवं अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउनु हुन सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दै प्रकृयामा सहयोग गर्न नेपाली कांग्रेस काभ्रे प्रतिबद्ध रहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

    संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

    डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    समाचार

    तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

    संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

    डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    काभ्रे खबर

    तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७३४२ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५७२४ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५५९२ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५४८३ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५०७३ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४९५७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑