• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ १८, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      ४५ मिनेट अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      ३ दिन अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      ५ दिन अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      ५ दिन अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      १ हफ्ता अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      १ हफ्ता अघि

      ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

      १ हफ्ता अघि

      स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

      १ हफ्ता अघि

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      १ हफ्ता अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      २ हफ्ता अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      २ हफ्ता अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      २ हफ्ता अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      २ हफ्ता अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      ३ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ १८, सोमबार
    होमपेज /  समाचार

    एम्बुलेन्स चढेर गाउँ पुग्छन् उपाध्यक्ष लक्ष्मीका यादहरू

  • सिरुपाते खबर
  • २०७८ चैत्र १५, मंगलबार (४ साल अघि)
  • ७३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे । कोभिड १९ को महामारीका बेला रोशीका गाउँगाउँमा सङ्क्रमित भेटिनेक्रम बढ्दै थियो ।कसैको स्वास्थ्य अवस्था गम्भीर,ज्यान जोगाउनुपर्ने त कसैलाई जाँचेर कोरोना भए नभएको पुष्टि गराउनुपर्ने ।रोकथामका लागि सरकारले पटकपटक जारी गर्ने निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधन चल्थेनन् । कोरोनाको उपचारका लागि मात्रै होइन, गर्भवती, सुत्केरीको उपचार तथा जाँचका लागि मुस्किल भइरहेको थियो ।

    यस्तो अवस्थामा प्रदेश ३०१००२ ज ५१०२ र ५१०३ नम्बरका एम्बुलेन्स रोशी गाउँपालिकामा पुग्दा जतिसुकै गाह्रो भए पनि बाँच्न र बचाउन सकिने आशा जोकोहीलाई हुन्थ्यो ।२०७६ सालको फागुनबाट सञ्चालनमा आएका दुवै एम्बुलेन्स खरिदमा भने रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाको मुख्य भूमिका छ ।दुवै एम्बुलेन्समा सुत्केरीलाई निशुल्क सेवा दिने गरिएको छ । रोशी गाउँपालिकाका ३५ हजार बासिन्दा मात्रै होइन नमोबुद्ध नगरपालिका, महाभारत, तेमाल गाउँपालिकाका नागरिक पनि एम्बुलेन्सबाट लाभान्वित भएका छन् ।

    आर्थिक वर्ष २०७५÷७६ मा आफ्नो सवारीसाधन खरिदका लागि छुट्टाइएको २४ लाख रुपैयाँ उहाँले दुईवटा एम्बुलेन्स किन्न खर्च गर्ने निणर्य लिनुभयो ।‘आफ्नो सुविधाभन्दा पनि जनताको समस्या समाधान केही हदसम्म कम होला भन्ठानेर गाडी किन्ने बजेट एम्बुलेन्सको लागि कार्यपालिकाबाट निणर्य गरेर हिउँदे गाउँ सभाबाट अनुमोदन गरेँ ।’ उपाध्यक्ष बर्तौलाले भन्नुभयो ।त्यसबेला कतिपय जनप्रतिनिधिले नै भनेका थिए’यस्तो सुविधा फेरिफेरि आउँदैन आफू चढ्ने गाडी किन्नु ।’तर आफूले एम्बुलेन्सबिना अकालमा ज्यान गुमाउनुपर्ने भौगोलिक रूपमा विकट नागरिकको दुखमा साथ दिन यसो गरेको उहाँको भनाइ छ ।

    ‘जनप्रतिनिधि हुँदैमा मैले पाएको सुविधा लिनुपर्छ भन्ने होइन।जनतालाई दिनुपर्छ भन्ने सोचेर गाडी किन्ने पैसा यता लगाउने निणर्य गरेँ ।’बर्तौलाले थप्नुभयो ।रोशी गाउँपालिका वडा नम्बर ५ र ११ केन्द्र बनाइ चल्ने एम्बुलेन्सबाट बितेको २ वर्षमा २ हजारभन्दा धेरै नागरिकले सेवा पाएका छन् ।सवारीसाधन किन्ने, चढ्ने विषयमा जनप्रतिनिधिबीच विवाद बढेका खबर यसबीचमा धेरै सुनियो । तर काभ्रेको रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला भने गाडी किन्ने सुविधावापद्को रकम नागरिकको स्वास्थ्योपचारमा खर्चिनुभयो ।आफू हिड्दै उकालीओराली गर्न तयार भइरहँदा नागरिकस्तरबाट आउने प्रतिक्रिया र प्रोत्साहनले उपाध्यक्ष बर्तौलालाई सन्तुष्टि दिने गरेको छ ।उहाँका अनुसार बिरामी स्वास्थ्य सस्थामा पु–याउन एम्बुलेन्स गाउँ पुग्दा गाउँपालिका उपाध्यक्ष नै आएको महसुस् गर्नेहरू पनि छन् ।दुवै एम्बुलेन्समा सुत्केरीलाई निशुल्क सेवा दिने गरिएको छ ।

    रोशी गाउँपालिकाका ३५ हजार बासिन्दा मात्रै होइन नमोबुद्ध नगरपालिका, महाभारत, तेमाल गाउँपालिकाका नागरिक पनि एम्बुलेन्सबाट लाभान्वित भएका छन् ।गाउँपालिका कार्यालय पुग्न वा कुनै कार्यक्रममा सहभागी हुन कहिले आफ्नै खर्चमा भाडामा गाडी प्रयोग गर्ने त कहिले सार्वजनिक गाडी चढ्ने गरेको उपाध्यक्ष बर्तौलाको भनाइ छ ।

    वार्षिक रुपमा इन्धनबापत आउने तीन लाख रुपैयाँ पनि उहाँले अभिभावक नभएका तथा अपाङ्गता भएका १४ विद्यालयका बालबालिकाका लागि खर्च गर्दै आउनु भएको छ ।स्थानीय सरकार आएको ५ वर्ष पुग्दै छ । सवारीसाधन किन्ने, चढ्ने विषयमा जनप्रतिनिधिबीच विवाद बढेका खबर यसबीचमा धेरै सुनियो ।

    तर काभ्रेको रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला भने गाडी किन्ने सुविधावापद्को रकम नागरिकको स्वास्थ्योपचारमा खर्चिनुभयो ।यसले उहाँलाई सन्तोष र त्यस क्षेत्रका नागरिकलाई सुविधा दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

    नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

    ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

    समाचार

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    काभ्रे खबर

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०४६ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६५९ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२५८ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१०९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०८० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९८१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑