• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ २७, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ५ घण्टा अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      १ दिन अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      १ दिन अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      २ दिन अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      २ दिन अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      ३ दिन अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      ५ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      १ हफ्ता अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      १ हफ्ता अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      १ हफ्ता अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      २ हफ्ता अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      २ हफ्ता अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      २ हफ्ता अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      २ हफ्ता अघि

      ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ २७, बुधबार
    होमपेज /  बागमती

    फागुन २० र २१ गते जनक माविले स्वर्ण जयन्ती मनाउने

  • राजन दाहाल
  • २०८० माघ ५, शुक्रबार (२ साल अघि)
  • ६७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • ललितपुर
    बागमती गाउँपालिका वडा न ७ गिम्दी स्थित श्री जनक माध्यामिक बिद्यालयले आगामी फागुन २० र २१ गते गते स्वर्ण जयन्ती मनाउने भएको छ । आफ्नो स्थापनाको ५० औं बर्षमा बिद्यालयले स्वर्ण  जयन्ती मनाउन लागेको हो । आज बिद्यालयले एक कार्यक्रम तथा अविभावक भेला गरि बिद्यालय व्यबस्थापन समितिले स्वर्ण जयन्ती भव्य र सभ्य तरिकाबाट गर्ने भनी निर्णय गरेको हो ।
    स्वर्ण जयन्ती महोत्सवका लागि बिद्यालयले २ सय ३ जनाको मूल समारोह समिती निर्माण गरेको छ । स्वर्ण जयन्ती मूल्य समारोह समितीको संयोजकमा बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मण बहादुर लामिछाने रहेका छन् भने उप संयोजकमा शिक्षक अविभावक संघका अध्यक्ष रामराजा राना मगर रहेका छन ।
    आजै बिद्यालयले मूल समारोह समिती बाट विभिन्न उपसमितिहरु पनि निर्माण गरेको छ । जसमा दुर्गा बहादुर रुम्बाको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरेको छ । अतिथि व्यवस्थापन र खाद्यान्न व्यवस्थापन उपसमितिमा गोमा अधिकारी संयोजक रहेकी छिन । त्यस्तै खेलकुद तथा सास्कृतिक उपसमितिमा बुद्धमान लोप्चन, स्मारिका व्यवस्थापन उपसमितिमा जीवन राना मगर, र प्रकाश आचर्य संयोजक रहेका छन् ।
    त्यस्तै गेट भवन मैदान सजावट उपसमिति संयोजकमा देवराज राना मगर, स्वास्थ सेवा उपसमिति संयोजकमा कमल आले, प्राविधिक उपसमिति संयोजकमा चोमराज तिमिल्सिना, उपत्यका समन्वय उपसमिति संयोजकमा नकुल बस्नेत रहेका छन् ।
    बिद्यालयले प्रचारप्रसार उपसमिती को संयोजकमा राजन प्रसाद दाहाल, प्रवासी नेपाल सहयोग उपसमितिको संयोजकमा कृष्ण बहादुर जर्घामगर र स्वयंसेवक परिचालक उपसमितिमा सृजन रुम्बा, पुर्व शिक्षक पुनःमिलन संयोजकमा रेशम बहादुर ढोडारी र पुर्व विद्यार्थी पुनः मिलन उपसमितिमा राजकुमार आले रहेको बिद्यालयले बताएको छ । साथै बिद्यालयले स्वर्ण जयन्तीको सल्लाहकारमा राम प्रसाद ढोडारीलाई तोकिदिएको छ ।
    आज बिद्यालयमा भएको कार्यक्रममा शुभकामना प्रदान गर्नुहुदै छिमेकी बिद्यालय श्री नारायणी माविका प्रधानाध्यापक इश्वर सन्जेलले सबै जना एक जुट भएर लागेमा महोत्सव सफल पार्न सकिने बताए । साथै उनले आफू र आफ्नो बिद्यालयले महोत्सवको लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि तथा बागमती गाउँपालिका वडा न ७ का अध्यक्ष होम प्रसाद बजगाईले यस बिद्यालयको स्वर्ण जयन्तीको लागि वडा बाट ५० हजार रुपैयाँ बिनियोजन गरेको र गाउँपालिकाको बोर्ड बैठकमा पनि आफुले रकम बिनियोजन गर्न अनुरोध गरेको बताए ।
    कार्यक्रमका सभापति एबम बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मण लामिछानेले सबैले सकेको सहयोग गरि महोत्सव सफल पार्न सहयोग गर्न अविभाबकहरुमा अनुरोध गरे । कार्यक्रममा विभिन्न टोल र क्षेत्रका अबिभावक तथा बुद्धिजिविहरुको उपस्थिति रहेको थियो । जनक मावि २०३० सालमा औपचारिक रुपमा  स्थापना भएको थियो ।

    • ##school
    • #mahotsav

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

    समाचार

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    काभ्रे खबर

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०६२ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६७३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२७२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१२७ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०९५ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६००१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑