• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख २८, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      १ दिन अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      ४ दिन अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      ४ दिन अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      ५ दिन अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      १ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      १ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      १ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      २ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      २ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      २ हफ्ता अघि

      विपत्तिपछि खानेपानी व्यवस्थापनमा नागरिकको पहल सराहनीय : अध्यक्ष अधिकारी

      २ हफ्ता अघि

      बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

      ३ हफ्ता अघि

      काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

      ३ हफ्ता अघि

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      ३ हफ्ता अघि
    in
    आज: २०८३ बैशाख २८, सोमबार
    होमपेज /  काभ्रे खबर

    लोपोन्मुख हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० फागुन १९, शनिबार (२ साल अघि)
  • ६७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    रोशी

    काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १० मा अवस्थित हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण गरेको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले हायु समुदायको सांस्कृतिक सामग्री हायु समुदायलाई हस्तान्तरण गरेका हुन् ।
    शुक्रबार हायु समुदायले विभिन्न कार्यमा प्रयोग गर्ने सांस्कृतिक सामग्री ढोल दुई थान, झ्याम्टा २ जोर, खोडा २ जोर, धनुस र तीर २ जोर, घण्टा एक जोर, पुजारी पोषाक एक सेट र महिला र पुरुष हायु पोषाक गहनासहित १० सेट हस्तान्तरण गरेका हुन् । दुई लाख बराबरको सामग्री हस्तान्तरण गरेका हुन् ।
    भूमेस्थान हायु समाजको आयोजनामा तथा रोशी गाउँपालिकाको सहयोगमा सामग्री हस्तान्तरण गर्दै रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जिल्लाको एक मात्र स्थान वाल्टीङमा भएको हायु समुदायको संरक्षणको लागि गाउँपालिकाले सहयोग गरिरहेको र गरिरहने बताए । हायु समुदायको संस्कृति राज्यको सम्पती भएकाले सम्पतीको संरक्षण र संवर्धन राज्यले गर्नुपर्ने भएकाले स्थानीय सरकारले त्यो दायित्व पूरा गरीरहेको लामाले बताए । ‘हाम्रो समाज विविधतायुक्त छ । चाहे जातीय रुपमा होस, चाहे भाषिक रुपमा होस र चाहे सांस्कृतिक रुपमा विविधतापूणर् छ तैपनि हामी एकताबद्ध भएर बसेका छौँ ।’ लामाले भने, ‘यो विविधतायुक्त नेपाली समाजको भाषा, धर्म, संस्कार, संस्कृति हामी सबैको सम्पती हो । राज्यको सम्पती हो । यसलाई हामी सबै मिलेर संरक्षण गर्नुपर्छ ।’
    हायु एकता समाजका केन्द्रिय अध्यक्ष लक्ष्मण हायुले हायु समुदायको अभिभावक भनेको सरकार हो र त्यो अनुभुति रोशी गाउँपालिकाले दिलाएको बताए । बिकासको सूचांकको हिसाबले हायु समुदाय पछाडी परेको र यस समुदायलाई उठाउँन राज्यले सहयोग गर्नुपर्ने उनले बताए । हायु समुदायको आफ्नै भाषा, लिपी र संस्कृति रहेको उनले बताएका छन् । ती चिजहरू लोप हुदै गएकोले हायु समुदायको भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण राज्यले गर्नुपर्ने उनको भनाई छ ।
    रोशी-१० का वडाध्यक्ष विकेन लामाले हायु समुदायको बिकासको लागि वडाले सकेको वडाले र नसकेको गाउँपालिकाले सहयोग गर्ने बताए । अब हायु समुदायले आफ्नो भाषा पनि सिक्नुपर्ने उनको भनाई छ । हायु भाषा सिक्नको लागि पहल गर्न अनुरोध गरे ।
    भुमेस्थान हायु समाजका अध्यक्ष आरती हायुको सभापतित्वमा भएको कार्यक्रममा पूर्व वडाध्यक्ष दुधराज घलान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा मगर, हायु एकता समाजका सचिव सुजन हायु, वडा सचिव सुरेश योञ्जन, भुमेस्थान हायु समाजका पूर्व अध्यक्ष दुधराज हायु लगायतले हायु समाजलाई राज्यको मूलधारमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताए । हायु समुदायका लागि रोशी गाउँपालिकाले गरेको सहयोगप्रति खुसी व्यक्त गरे ।
    विमला हायुले सञ्चालन गरेको कार्यक्रममा सुस्मिता हायुले स्वागत मन्तव्य राखेका थिए । सामग्री पाएपछि हायुहरू खुसीले ढोल, झ्याम्टा र घण्टी बजाएर नाचेका थिए ।
    रोशी गाउँपालिका वडा नं. १० वाल्टिङमा ११ घर धुरी लोपोन्मुख हायु समुदाय बस्दै आएका छन् । काभ्रेमा हायु समुदायको जनसंख्या करिब ८५ जना रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

    समाचार

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    काभ्रे खबर

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९९९ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६१७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२१३ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०६८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०४२ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९३९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑