• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ २१, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      ८ घण्टा अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      २२ घण्टा अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      ३ दिन अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      ४ दिन अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      २ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      २ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      २ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ३ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      ३ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ३ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ३ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ २१, आईतबार
    होमपेज /  काभ्रे खबर

    पनौतीमै पहिलो पटक बालबालिकासंग मेयर कार्यक्रम सम्पन्न

  • राजन दाहाल
  • २०८१ जेष्ठ १०, बिहिबार (२ साल अघि)
  • ८४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • पनौती
    पनौती नगरपालिकाको स्वाभिमान दिगो बालमैत्रीयुक्त पनौती हाम्रो अभियान भन्ने मूल नाराका साथ पनौती नगरपालिकामा बालबालिकासंग मेयर कार्यक्रम सम्पन्न भएको छ । पनैती नगरपालिका बालमैत्री शाखाको आयोजना र पनौती नगर स्तरीय बाल समुह संजालको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । पनौती नगरपालिकामा बालबालिकासंग मेयर कार्यक्रम गरेको यो पहिलो हो ।
    कार्यक्रमको सुरुवातमा बालमैत्री शाखाका प्रमुख केशव बन्जाराले भाइबहिनीहरुलाई कार्यक्रमको उदेश्य र औचित्यबारे जानकारी गराएका थिए । बालबालिकाको माग आबश्यक्तालाई सम्बोधन गर्न साथै बालबालिकाको अधिकार संगसंगै कर्तव्यको समेत बोध गराउने लगाएतको उदेश्यले यस किसिमको कार्यक्रमको आयोजना गरेको बालमैत्री शाखा प्रमुख केशव बन्जाराले जानकारी दिए ।
    कार्यक्रममा वडा बाल समुह संजालबाट १२ वटा र नगर बाल समुह संजालबाट १ वटा गरि १३ वटा समुह निर्माण गरिएको थियो । उक्त समुहहरुले हालसम्म भए गरेका कामको बारेमा जानकारी गराएको थियो । साथै सोही समुहबाट साझा धारणा बनाइ आ आफ्नो समुहको तर्फबाट नगरपालिका प्रती अपेक्षा समेत प्रस्तुत गरेका थिए ।
    बालबालिकाहरुले नगरपालिकाका मेयरसंग प्रत्येक वाडामा बलमैत्री सार्बजनिक सौचालय, बालमैत्री पार्क, विद्यालयमा सेनिटरी प्याड डिस्पोजल कीटको व्यवस्था, पुस्तकालयको व्यवस्था, सामुदायिक विद्यालयले उठाएको शुल्क सम्बन्धि, खेल मैदान संगै खेलकुदका सामाग्री, सार्वजनिक स्थानमा धूम्रपान र मध्यपान बेचबिखन र प्रयोग रोक्न, गाडी भाडामा छुट नभएको, विद्यार्थीहरु शिक्षकहरुबाट दण्डित हुनु परेको लगाएतका कुराहरूलाई सुधार सहितको अपेक्षा राखेका थिए । साथै उनीहरुले निजि विद्यालयमा सेनिटरी प्याड बितरण गर्न पनि मेयर संग अनुरोध गरेका छन् । राज्यले सामुदायिक विद्यालयमा धेरै लगानी गर्दा पनि सामुदायिक विद्यालयको शिक्षाको स्तर खस्किएको कुराले आफुहरुलाई चिन्ता लागेको र यसको अनुगमन गर्न कसले छेक्यो ? भन्दै प्रश्न गरेका थिए । विद्यार्थीहरुले मेयरसंग बालमैत्री नगर भनेको छ तर एक जना अभिभावक आफ्नो छोराछोरी विद्यालय बाट फर्केर आउँदा सुरक्षीत आउँछन की आउँदैनन भन्ने डरमा बस्नु परेको धारणा समेत राखेका छन् । त्यस्तै गरि बालबालिकाले नग्रको महिला तथा बालबालिका शाखाबाट प्रदान गरिएको किशोर किशोरी शिक्षा तालिम सामुदायिक बिद्यालयमा दिएको तर सस्थागत बिद्यालयमा नदिएकोमा गुनासो राखेका थिए । उनीहरुले पनौतीमा मिति सकिएका खाद्य सामाग्री बिक्री भएको र यसले बालबालिका संगै समग्र मानव जीवनमा प्रतिकुल असर पार्ने भएकोले यसको अनुगमनमा ध्यान दिन नगर प्रमुखको ध्यान आकर्षण गरेका थिए ।
    पनौती नगरपालिका २०७८ साल असर ३० गते बालमैत्री नगर घोषणा भएको थियो भने निकट भविस्यमा नै बालश्रममुक्त नगर घोषणा गर्ने तयारिमा पनि नगरपालिका रहेको छ । बालबालिकाले वडा तथा नगरमा बाल समुह संजाल गठन पछि बालबालिकाको पक्षमा धेरै कामहरू भएको र यसलाई दिगोपना दिन जरुरी रहेको धारणा पनि राखेका छन् । उनिहरुले नगरपालिकाबाट हुने विभिन्न सडक नाटक र जनचेतना मुलक कार्यक्रममार्फत वडामा हुने बालविवाह रोक्न, बालश्रम हटाउन , धूम्रपान र मद्यपान सेवनमा न्युनिकरण गरिएको पनि धरणा राखेका छन् ।
    समुहबाट आएका अपेक्षा र प्रश्नहरुलाई नोट गरि नगर प्रमुख रामशरण भण्डारी र उप प्रमुख गीता बन्जाराले अपेक्षाहरु माथी प्रतिबद्धता जनाउदै सम्बोधन गरेका थिए । कार्यक्रममा पनौती नगरका १२ वटै वडाबाट वडा बालसंजालका विद्यार्थी भाइबहिनीहरु, नगर बाल समुह संजालका भाइबहिनी र १२ वटै वडाका बालमैत्री सहजकर्ताहरुको उपस्तिथि रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    समाचार

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१०३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७१० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३१२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१७१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१४० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०४२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑