• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ १९, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

      १ दिन अघि

      कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

      २ दिन अघि

      आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

      २ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

      ३ दिन अघि

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      ५ दिन अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      ६ दिन अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      १ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      १ हफ्ता अघि

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      २ हफ्ता अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      २ हफ्ता अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      २ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      २ हफ्ता अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      २ हफ्ता अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      ३ हफ्ता अघि
    in
    आज: २०८२ माघ १९, सोमबार
    होमपेज /  काभ्रे खबर

    पनौती नगरपालिकाको वडा नं. ४ बालश्रममुक्त वडा घोषणा

  • राजन दाहाल
  • २०८१ जेष्ठ १३, आईतबार (१ साल अघि)
  • ५५४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    आज पनौती नगरपालिकाले वडा नं. ४ लाई बालश्रममुक्त वडा घोषणा गरीएको छ । एक कार्यक्रमका बीच नगर प्रमुख रामशरण भण्डारीले बालश्रममुक्त वडा भनि घोषणा गरेका हुन् । नगरका १२ वडा मध्ये वडा नं. ४ बालश्रममुक्त वडा घोषणा भएको १० औं वडा हो । नगरपालिकाले बालमैत्री स्थानीय तह घोषणा कार्यविधी, २०७८ अनुसार पुरा गर्नुपर्ने ५१ सूचक पुरा गरेका वडाहरुलाई बालश्रम मुक्त वडा घोषणा गरेको बताएको छ । यस अघि पनौतीका ९ वटा वडाहरु बालश्रममुक्त वडा भनी घोषणा भैसकेका छन् । बाकी रहेको २ वटा वडालाई पनि घोषणा गर्ने प्रक्रियामा अगाडि बढाइएको नगरपालिकाले जानकारी दिएको छ ।
    आज वडा कार्यालयको हलमा भएको कार्यक्रमका प्रमुख अतिथि अर्थात नगर प्रमुख रामशरण भण्डारीले बालश्रममुक्त वडा घोषणा गर्न सहयोग गर्नुहुने सम्पुर्ण व्यवसायी, बिद्यालय, सामाजिक अभियान्ता, बालक्लब, जनप्रतिनिधि , सहजकर्ताहरुमा धन्यवाद व्यक्त गरेका छन् । साथै उनले छिट्टैनै नगरलाईनै बालश्रममुक्त घोषणा गर्ने र यसको दिगोपनकोलागि नगरले योजना बनाएको पनि बताएका छन् । उन्ले बालबालिकाको क्षेत्रमा निरन्तर बजेट व्यवस्थापन गर्दै उनिहरुको शारीरिक र मानसिक वृद्धि र बिकासको लागि नगर लागिपर्ने पनि बताएका छन् ।
    कार्यक्रममा बोल्दै नगर उपप्रमुख गीता बन्जाराले पनौती नगरले आफ्नै लगानी र श्रोत प्रयोग गरेर ५१ वटा सुचक पुरागर्न सफल भएको बताइन् । उनले आज वडा नं. ४ बालश्रममुक्त घोषणा भएको छ, यसलाई सबैले अपनत्व लिइ आगामी दिनमा बालबालिकालाई बालश्रममा नलगाउन र कसैले लगाएमा खबरदारी गर्न समेत आग्रह गरिन ।
    वडा न ४ का वडा अध्यक्ष दिपक प्रसाद दाहालले हामी सबै मिलेर अगाडि बढ्यौं भने मात्रै आगामी दिनमा पनि यस वडालाई बालश्रम मुक्त देख्न सकिने धारणा राखे । बालबालिकामाथी श्रम र हिंसा गर्ने मानिसले समाजको लागि केही गर्न नसक्ने धारणा पनि उनको थियो । श्रम रोजगार तथा सामाजिक बिकास मन्त्रालयका उप सचीव जितेन्द्र शर्माले बालश्रम सामाजिक अपराध हो भन्दै संविधानले बालश्रम लगाएत सबै प्रकारका श्रम शोषण अन्त्य गरिने भनी उल्लेख गरेको धारणा राखे ।
    नगरपालिकाका बालमैत्री शाखा प्रमुख केशव बन्जाराले आजको यो उपलब्धि बालमैत्री सहजकर्ता र जनप्रतिनिधि सबैजना दिनरात नभनी खटिएको कारण प्राप्त गर्न सकिएको बताए । उनले यस  कार्यको लागि एक घर एक मिनेट जनप्रतिनिधि अभियाननै संचालन गरेको पनि बताएका छन् ।
    कार्यक्रममा बालश्रम नगर्ने भनी सामुहिक प्रतिबद्धता समेत गरिएको थियो । कार्यक्रममा २८ वटा उद्योगी व्यवसायीलाई बालश्रममुक्त वडा घोषणा गर्न सहयोग गरेको भन्दै सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो त्यस्तैगरि वडा भित्रका सबै बिद्यालय, स्वास्थ चौकी, प्रहरी चौकी, स्वयंसेवीका, पत्रकार , लगाएतकालाई पनि अभियानमा सहयोग पुर्याएको भन्दै सम्मान गरेको थियो ।
    कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी भाइबहिनीहरुले बालश्रम सम्बन्धि नाटक नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।
    कार्यक्रम नगर प्रमुख रामशरण भण्डारी, उप प्रमुख गीता बन्जारा, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद चापागाईं,शिक्षा निर्देशक प्रणराज न्यौपाने , वडा अध्यक्षहरु , वडा सचीवहरु,अभियान्ताहरु लगाएतको उपस्थितमा भएको थियो ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

    समाचार

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    काभ्रे खबर

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७१८ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९९८ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८७४ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८२३ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६९० पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३४९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑