• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ १९, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      ९ घण्टा अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ दिन अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ दिन अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      २ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      २ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      २ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      २ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      २ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ३ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ३ हफ्ता अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      ३ हफ्ता अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      ३ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ १९, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    बाढी र पहिरोले पनौतीमा कति क्षति भयो ? यस्तो छ प्रारम्भिक तथ्यांक

  • राजन दाहाल
  • २०८१ आश्विन १६, बुधबार (१ साल अघि)
  • ९५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • काभ्रे / पनौती
    पनौती नगरपालिकाले असोज ११ र १२ गतेको वर्षाका कारण पुगेको क्षतिको प्रारम्भिक विवरण सर्वजानिक गरेको छ ।
    नगरपालिकाले दिएको जानकारी अनुसार नगरपालिकाका विभिन्न वडामा गरि कुल २० जनाले ज्यान गुमाएका छन् । त्यसैगरी २५ जना गम्भीर घाइते अवस्थामा उपचार गराइरहेका छन् ।

    नगरपालिकाले सार्वजानिक गरेको विवरण अनुसार कुल २ हजार भन्दा बढि पशुचौपायाँ मरेका छन् । अधिकांश क्षेत्रमा गएको पहिरोका कारण बाटो अवरुद्ध रहेको र कृषकले उत्पादन गरेको दुध ढुृवानी हुन नसकेको उल्लेख छ ।

    काभ्रेकै महत्वको योजनाका रुपमा रहेको काभ्रे उपत्यका एकिकृत खानेपानीको मुख्य पाईप लाइन करिब ७ कि. मि. पूर्णरुपमा बगाएको, नगरपालिकाका अन्य अधकांश स्थानहरुमा खानेपानीको मुहान र प्रशारण पाइपलाइनमा क्षेति पुगी खानेपानी सुविधामा ठुलो समस्या रहेको भनिएको छ ।
    पनौती नगरपालिकामा २० जनाको दुखद् मृत्य भएको छ भने २५ जना गम्भीर घाईते भएका छन् । करिब २००० भन्दाबढी पशु चौपायाहरु मरेको प्रारम्भिक तथ्यांक आएको छ भने काभ्रे उपत्यका एकिकृत खानेपानीको मुख्य पाईप लाइन करिब ७ कि. मि. पुर्णरुपमा बगाएको अधिकांश स्थानहरुमा खानेपानीको मुहान र प्रशारण पाइपलाइनमा क्षेती पुगि खानेपानी सुविधामा ठुलो समस्या रहेको । करिब ५०० भन्दा धेरै घरहरु बगाएका छन् अनि २०० घरमा आंसिक क्षेती पुगेको नगरपालिकाले जनाएको छ । रोशी करिडोरको ११ कि. मि. सडक पुर्ण रुपमा क्षति अन्य स्थानहरु बाढी र पहिरोको कारण सडक सम्पर्क बिच्छेद भएको छ भने ७ वटा पक्की पुल र १ झोलुगें पुल पुर्ण क्षेती भएको पनि नगरपालिकाको तथ्यांकमा राखिएको छ ।
    ३ वटा स्वास्थ्य चौकी र २० वटा बिद्यालयमा क्षति भएपो पनि नगरले बताएको छ ।
    विवरणमा नगरपालिकाका करिब ५०० भन्दा धेरै घरहरु बगाएको, अशंख्य नागरिकहरु पूर्ण रुपमा घरबार विहिन भएका, २०० घरमा आंसिक क्षेती पुगेको भनिएको छ ।
    त्यसैगरी विवरणमा रोशी करिडोरको ११ किलोमिटर सडक पूर्ण रुपमा क्षेति भएको, नगरका अन्य स्थानहरुमा समेत बाढी र पहिरोको कारण सडक सम्पर्क बिच्छेद भई दैनिक जीवन संचालनमा ठुलो समस्या रहेको जानकारी गराएको छ । नगरपालिकाका अनुसार ७ वटा पक्की पुल र १ झोलुगें पुल पूूर्ण रुपमा क्षेति ३ वटा स्वास्थ्य चौकी भवनमा २० वटा विद्यालयहरुमा क्षेती भएको उल्लेख छ ।
    पुरातात्विक क्षेत्रका मठ मन्दिरहरुमा ठुलो असर परेको, खोला किनारबाट २.५ कि.मि. क्षेत्रमा तत्काल टेवापर्खाल निर्माण गरि स्मारक क्षेत्र जोगाउन जरुरी भएको भनिएको छ । धेरै स्थानहरुमा बाढी र पहिरो जाँदा बाटो, पुल, सामुदायिक भवन, निजी घर, जग्गा, जमिन र लगाइएको बालीमा ठुलो नोक्सानी भएको, अधिकांश स्थानहरुमा विद्युत सेवा पुर्णरुपमा अबरुद्ध रहेको समेत नगर प्रमुख रामशरण भण्डारीले जानकारी गराएका छन् ।
    यससँगै उद्धार,राहत तथा पुनस्थापनका विषयका गरिएका कार्यहरु समेत सार्वजानिक गरिएको छ ।
    जसमा समपुरक कोष, शसर्त अनुदान, विशेष अनुदान, गत वर्ष शुरू भएका कार्य र वहुवर्षीय योजनाहरु मात्र संचालन गर्ने र यस वर्ष विनियोजित योजनाहरु हाललाइ स्थगन गरी राहत र क्षति भएका क्षेत्र निर्माणमा लाग्ने नगरले निर्णय गरेको छ । त्यसैगरी प्रति मृतक परिवारलाइ तत्काल रू २५००० राहत प्रदान गर्ने नगरपालिका र दातृ संस्थाको सहयोगमा प्राप्त राहत प्रति परिवार त्रिपाल २ चामल २५ के जी १ पाकेट साबुन ३ पिस तेल १ लि प्रदान गर्ने, निजि र नगरको साझेदारीमा मोटर बाटो पुनर्निर्माणलाई तिब्रता दिने,विदुत पुन जडान,खानेपानीका लागि क्षति भएका क्षेत्रहरुमा पाइप वितरण,तत्कालका लागि ट्याकरबाट पानी वितरण,राहत कोषको स्थापना,राहतको लागि सवैसँग आव्हान गर्ने समेत निर्णय भएको नगरप्रमुख भण्डारीले जानकारी गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

    समाचार

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    काभ्रे खबर

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१०२ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७०९ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३१० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१७० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१३८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०३८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑