• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ ४, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ दिन अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ दिन अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      ३ दिन अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ४ दिन अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      ४ दिन अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      १ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      १ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      १ हफ्ता अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      १ हफ्ता अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      १ हफ्ता अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      १ हफ्ता अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      २ हफ्ता अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      २ हफ्ता अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      २ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ ४, बिहिबार
    होमपेज /  काभ्रे खबर

    काभ्रेमा जनस्वास्थ्य कार्यालयको अर्धवार्षिक समीक्षा : खोपमा उत्साहजनक प्रगति, मानसिक स्वास्थ्यमा जोड

  • राजन दाहाल
  • २०८१ चैत्र ८, शुक्रबार (१ साल अघि)
  • ६०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • काभ्रे/धुलिखेल
    जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा गर्दै सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा जिल्लाको जनस्वास्थ्य अवस्था, प्रगति विवरण र आगामी योजनाहरू प्रस्तुत गरियो।
    जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपतिले कार्यक्रमको सुरुवात गर्दै कार्यालयले प्रदान गर्ने सेवा र कार्यक्रमहरूको जानकारी नागरिकसम्म पुर्‍याउन सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताइन्। जनस्वास्थ्य अधिकृत दिपेन्द्र काजी श्रेष्ठले प्रस्तुत गरेको तथ्याङ्क अनुसार कार्यालयले यस वर्ष ३ लाख ५३ हजार २ सय २२ नागरिकलाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
    जिल्लामा ६ महिनामा ५० प्रतिशतभन्दा बढी खोपको कभरेज भएको छ भने एचपिभि खोप बेथानचोक र पाँचखालले शतप्रतिशत पूरा गरेका छन्। राष्ट्रिय लक्ष्य ९५ प्रतिशत रहेको छ। यो तथ्यांकले जिल्लामा खोप अभियानले उत्साहजनक प्रगति गरेको देखाउँछ।
    तर, राष्ट्रिय क्षयरोग कार्यक्रमको लक्ष्य पूरा गर्न अझै धेरै काम गर्न बाँकी रहेको र हालसम्म ५१.८१ प्रतिशत मात्र लक्ष्य पूरा भएको कार्यालयले जनाएको छ। एड्स तथा यौनरोगको केश भने गत ६ महिनामा शून्य रहेको बताइएको छ। कार्यालय औलो रोग निवारण गर्न पनि लागिपरेको छ।
    आगामी आर्थिक वर्ष २०८२/८३ मा मानसिक स्वास्थ्य समस्या र आत्महत्या न्यूनीकरण कार्यक्रमलाई थप प्राथमिकता दिने कार्यालयको योजना छ। साथै, रेबिज, नसर्ने रोगको व्यवस्थापन र डेंगु रोगको नियन्त्रण तथा व्यवस्थापनमा चुनौती रहेको कार्यालयले जनाएको छ।
    सञ्चारकर्मीहरूले कार्यालयले गरेका कामको विषय र सुधार गर्नुपर्ने विषयमा प्रश्न उठाएका थिए। कार्यालयले मानसिक स्वास्थ्य र नसर्ने रोगहरूमा थप ध्यान दिनुपर्ने र जनचेतना कार्यक्रमहरूलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिए। जिल्लाको जनस्वास्थ्य अवस्थामा सुधार ल्याउन कार्यालय र सञ्चारकर्मीहरुको सहकार्य अपरिहार्य रहेको कुरामा जोड दिईएको थियो।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

    नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

    जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

    सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    समाचार

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

    नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

    जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

    सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०८३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६८९ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२९५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१५१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६११५ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०१९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑