• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ २९, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ दिन अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      ४ दिन अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      २ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      ३ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      ३ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      ३ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      ४ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ४ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      ४ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      १ महिना अघि
    in
    आज: २०८३ अषाढ २९, सोमबार
    होमपेज /  काभ्रे खबर

    पनौतीमा सम्पदामैत्री शौचालय निर्माणमा अन्यौलता, पर्यटन बिकास केन्द्र र वडा अध्यक्ष बीचको टकराव झन चुलियो

  • राजन दाहाल
  • २०८२ बैशाख ६, शनिबार (१ साल अघि)
  • ११५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • काभ्रे / पनौती
    ऐतिहासिक तथा पर्यटकीय नगरी पनौतीमा सम्पदामैत्री शौचालय निर्माणमा विवाद भएको छ । पनौती नगरपालिका वडा न ७ स्थित अघाटोलमा निर्माण हुन लागेको शौचालय पनौती पर्यटन बिकास केन्द्र र वडा कार्यालयको टकरावले निर्माण प्रक्रिया अगाडि बन्न नसकेको हो । प्राप्त तथ्यांकहरु हेर्दा पनौती वडा न ७ का वडा अध्यक्ष सबिन ताम्राकारको दोधारे प्रवृत्तिकै कारण उक्त शौचालय निर्माण हुन नसकेको स्पष्ट देखिन्छ । अध्यक्ष ताम्राकारको कहिले त्यही ठाउमा शौचालय निर्माण गर्न हस्ताक्षर गर्ने र कहिले त्यही ठाउँ उपयुक्त भएन भन्दै पुरात्त्व बिभाग धाउने प्रवृत्तिले शौचालय निर्माणमा अन्योलता छाएको हो । शौचालय निर्माणमा अन्योलता छाएसंगै पनौती पर्यटन बिकास केन्द्र का अध्यक्ष पुरुषोत्तम कर्माचार्य र वडा अध्यक्ष सबिन ताम्राकार बीचको टकराब झन चुलिएको छ ।
    पनौती नगरपालिकाले वि स २०८०/८१ मा निर्माण गरेको खानेपानी सरसफाइ तथा स्वच्छता योजना (WASH PLAN)निर्माण गर्दा उक्त ठाउँ (अघा टोल) मा सार्वजनिक शौचालय निर्माण गर्न आवश्यक रहेको भन्दै अध्यक्ष आफैंले हस्ताक्षर गरेका थिए । पछि पुनः पनौती पर्यटन बिकास केन्द्रले प्रदेश सरकारबाट आएको १५ लाख रुपैयाँले सोही ठाउँमा शौचालय निर्माण गर्न अनुमति माग्दा उक्त ठाउँ उपयुक्त नभएको भन्दै पुरातत्त्व बिभाग गुहारेका छन् । यति सम्मकी अध्यक्ष ताम्राकारले आफैंले वडा अध्यक्षको कार्यवाहक दिएका श्याम कुमार बस्नेतले गरेको निर्णयलाई समेत उल्टाएका छन् ।
    हामीलाई प्राप्त कागजातमा वि स २०८१ साल चैत्र ५ गते कार्यबाहक वडा अध्यक्ष श्यामकुमार बस्नेतले पर्यटन बिकास आयोजना इकाइ कार्यालय काठमाडौंलाई एक सिफारिस पत्र लेख्दै उक्त अघाटोल मा सम्पदा मैत्री शौचालय निर्माण गर्न उपयुक्त देखिएको र बन्ने संरचनाको संचालन तथा व्यवस्थापन यसै वडा कार्यालयबाट गरिने प्रतिबद्धता सहित पनौती पर्यटन बिकास केन्द्रका पदाधिकारीहरु रहेको समितिलाई सम्झौता प्रक्रिया अगाडि बढाउन सिफारिस गरेका थिए । त्यसको लगत्तै चैत ७ गते पनौती नगरपालिका वडा न ७ बाट शौचालय निर्माण रोकिदिन र स्थलगत अनुगमन गर्न आइदिन पुरातत्त्व बिभागलाई पत्र लेखेको स्पष्ट देखिन्छ ।

    शौचालय निर्माण हुने भनिएको स्थान 
    कार्यबाहक अध्यक्ष श्यामकुमार बस्नेतले काटेको सिफारिस पत्र पश्चात् पनौती पर्यटन बिकास केन्द्र र पर्यटन बिकास आयोजना इकाई कार्यालयबीच मिति २०८२ बैशाख ३ गते शौचालय बनाउने सम्झौता भएको थियो । सम्झौता अनुसार जेष्ठ २६ गते शौचालय निर्माण गरिसक्नुपर्नेछ ।
    वडा अध्यक्ष सबिन ताम्राकारलाई शौचालय किन निर्माण हुन सकेन भनी प्रश्न गर्दा उनि भन्छन् “आफुहरु पनौतीलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न लागेको भन्दै शौचालय निर्माण हुने स्थान संरक्षित स्मारक क्षेत्र भित्र परेको र पुरातत्त्व बिभागले सुचिकृत हुनु अगाडि नयाँ निर्माण कुनैपनी नगर्नु भनिएकोले हामिले रोक लगाएका हौं ।”
    उता पुरात्त्व बिभागले भने २०८१ चैत १२ गते पनौती नगरपालिका वडा न ७ लाई एक पत्र लेख्दै अपांगमैत्री शौचालय निर्माण गर्न उपयुुक्त स्थान नदेखिएकोले अन्य सम्भावित स्थान खोजी गर्न निर्देशन दिएको छ । पुरातत्त्व अधिकृत अमृता महर्जनसंग यस बिषयमा बुझ्न खोज्दा सबैलाई आवश्यक पर्ने शौचालय जस्तो निर्माण हुनु नराम्रो होइन तर निर्माण हुने स्थान जो छनोट भएको छ त्यो चाहिँ त्यति उपयुक्त ठाउँ नभएको बताइन् । उनी भन्छिन् ” अनुगमनको क्रममा शौचालय निर्माण हुने भनिएको स्थान अगाडि मन्दिर देखिएको र पनौती बजार जाने प्रवेश द्वारको ठ्याक्कै संगै पर्ने देखिएकोले हामिले अन्य कुनै स्थान छनोट गर्न निर्देशन दिएका हौं । ”
    पनौती पर्यटन बिकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले भने सम्पदामैत्री शौचालय निर्माणका लागि सम्झौता भैसकेको र आन्तरिक तथा बाह्य पर्यटकलाई शौच गर्न सजिलो होस भन्ने हेतुले निर्माण गर्न लागिएको शौचालय निर्माणमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए । एकान्तमा गएर बनाएको सम्पदामैत्री शौचालयले कुनै अर्थ राख्दैन भन्दै अहिले छनोट भएको अघा टोल सबैबाट केन्द्र र उपयुक्त भएको उनको दाबी छ ।
    मैले बजेट ल्याएको बजेट र मेरो पहलमा आएको भनी जसलिने परिपाटी चल्नु र म बिना बिकास सम्भव छैन भने प्रवृत्तिकै कारण आज विभिन्न बिकास योजनाहरु ओझेलमा परेको छ । सम्पदामैत्री शौचालय निर्माणमा पनि जनतालाई साक्षी राखेर आम नागरिकले सुबिधा पाउने बिकास निर्माणमा साझा धारणा बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    समाचार

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    काभ्रे खबर

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१०९ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७१७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३१७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१७८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१४६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०४९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑