• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ १७, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      २ दिन अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      ३ दिन अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      ४ दिन अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      ५ दिन अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      ६ दिन अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      ६ दिन अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      १ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      १ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      २ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      २ हफ्ता अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      ३ हफ्ता अघि

      “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

      ३ हफ्ता अघि

      पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

      ३ हफ्ता अघि

      श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

      ३ हफ्ता अघि

      ट्रम्पको डलर रणनीति: लाभ अमेरिकालाई, घाटा सारा संसारलाई?

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ १७, मंगलबार
    होमपेज /  काभ्रे खबर

    सिद्धार्थ वनस्थलीमा “लक्ष्मण राजवंशी स्मृति शिक्षा सम्मान कार्यक्रम” सम्पन्न

  • राजन दाहाल
  • २०८२ बैशाख ११, बिहिबार (२ महिना अघि)
  • ३८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    सिद्धार्थ वनस्थली इन्ष्टिच्यूट, पनौती ८, मल्पीमा आज शिक्षा क्षेत्रका समर्पित व्यक्तित्वहरूको सम्मानमा आयोजित “लक्ष्मण राजवंशी स्मृति शिक्षा सम्मान कार्यक्रम” भव्यतापूर्वक सम्पन्न भएको छ । स्वर्गीय लक्ष्मण राजवंशी, जो यस विद्यालयका संस्थापक प्रिन्सिपल हुनुहुन्थ्यो, उहाँको शिक्षाप्रतिको अटुट समर्पणलाई स्मरण गर्दै यो समारोह आयोजना गरिएको बिद्यालयले जनाएको छ ।
    गुठियार प्रमुख क्या. रामेश्वर थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख श्री देवका ढकालको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिहरू जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, प्रहरी उपरिक्षक बसुन्धरा खड्‌का र प्याब्सन केन्द्रका उपमहासचिव भिमसेन के.सी. रहेका थिए ।
    कार्यक्रमको औपचारिक सुरुवात संस्थापक प्रिन्सिपल स्व. लक्ष्मण राजवंशीको तस्वीरमा प्रमुख अतिथि, विशिष्ट अतिथि र गुठियार प्रमुखद्वारा गरिएको संयुक्त माल्यार्पणबाट भएको थियो।
    कार्यक्रमको मुख्य आकर्षण विभिन्न शिक्षासेवी र सामाजिक अभियन्ताहरूलाई गरिएको सम्मान थियो। सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटको गुठियार समितिको निर्णय अनुसार काभ्रेको शैक्षिक विकासमा अतुलनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई हरेक वर्ष प्रदान गरिने “लक्ष्मण राजवंशी स्मृति पुरस्कार” यस वर्ष पनौती नगरपालिकाका छ जना विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा श्री सुमित्रा बज्राचार्य,श्री रुपेश के.सी. , श्री सूर्य प्रकाश देउजा, श्री प्रेमबहादुर प्रधान, श्री भीमबहादुर थापा र श्री राम प्रसाद अधिकारी थिए । “लक्ष्मण राजवंशी स्मृति पुरस्कार” रूपमा राम प्रसाद अधिकारीलाई रु २५,००० नगदसहित प्रतिष्ठित पुरस्कार प्रदान गरिएको थियो ।

    सम्मानित व्यक्तित्वहरूमध्ये श्री रामप्रसाद अधिकारीज्यूले आफ्नो मन्तव्य व्यक्त गर्दै शिक्षाको महत्त्व र यस क्षेत्रमा आफूले गरेको योगदानलाई स्मरण गरेका थिए ।
    विशिष्ट अतिथि भिमसेन के.सी.ले निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान र आगामी चुनौतीहरूबारे प्रकाश पार्नुभयो। प्रहरी उपरिक्षक श्री बसुन्धरा खड्‌काले शिक्षाको महत्त्वलाई समाजको शान्ति र सुरक्षासँग जोड्दै विद्यार्थीहरूलाई अनुशासित र जिम्मेवार नागरिक बन्न प्रेरित गरीन ।
    प्रमुख अतिथि श्री देवका ढकालज्यूले आफ्नो मन्तव्यमा सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटको यस उदाहरणीय कार्यको प्रशंसा गरीन। शिक्षाको गुणस्तर वृद्धि र सबैको पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले भने , “शिक्षा समाजको जग हो र यसलाई बलियो बनाउन समर्पित व्यक्तिहरूको सम्मान गर्नु भावी पुस्तालाई समेत उत्प्रेरित गर्ने कार्य हो।” सस्थागत बिद्यालयहरुले राज्यको नियम कानुनलाई मान्नुपर्ने र सोही अनुसार चल्नुपर्नेमा उनको जोड थियो ।
    कार्यक्रमको सभापति क्या. रामेश्वर थापाले सिद्धार्थबाट पास आउट भएका विद्यार्थीहरु देशको उच्च तहमा पुगेको स्मरण गर्दै यसलाई अझ सवल र यहाँबाट प्रदान हुने शिक्षा अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए । गुठियार प्रमुख समेत रहेका क्या. थापाले आफ्नो सम्बोधनमा स्व. लक्ष्मण राजवंशीको शिक्षाप्रतिको दूरदृष्टि र समर्पणको चर्चा गर्दै सम्मानित व्यक्तित्वहरूको योगदानको उच्च मूल्याङ्कन गरेका थिए । कार्यक्रमको सञ्चालन प्रवीण दाहालले गर्नुभएको थिए । कार्यक्रममा बिद्यालयका शिक्षक, वडा अध्यक्ष लगाएत जनप्रतिनिधि साथै शैक्षिक व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

    समाचार

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

    सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    काभ्रे खबर

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४२९ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५०९९ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४७८२ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४६६४ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२५१ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३३० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑