• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ मंसिर २१, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

      १ दिन अघि

      देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

      १ दिन अघि

      पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

      ५ दिन अघि

      कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

      १ हफ्ता अघि

      बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

      १ हफ्ता अघि

      थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

      १ हफ्ता अघि

      पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

      २ हफ्ता अघि

      गिम्दी प्रवासी युवा समाजको नेतृत्वमा पुनर्निर्मित पशुपतिनाथ मन्दिर उद्‍घाटन

      २ हफ्ता अघि

      काभ्रे तरुणद्वारा बृहत मोटरसाइकल र्‍याली, हजारौं युवाको उपस्थिति

      ३ हफ्ता अघि

      पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

      ३ हफ्ता अघि

      प्रवासीले बनाएका पशुपतिनाथको मन्दिर आगामी मङ्सिर २ गते उद्घाटन हुँदै

      ३ हफ्ता अघि

      फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

      ३ हफ्ता अघि

      रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

      ४ हफ्ता अघि

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      १ महिना अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      १ महिना अघि
    in
    आज: २०८२ मंसिर २१, आईतबार
    होमपेज /  लेख तथा साहित्य

    रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ…

  • देशप्रेमी राज
  • २०८२ जेष्ठ ४, आईतबार (६ महिना अघि)
  • ५७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ईस्वी ६४ को जुलाई महिनाको एउटा गर्मी रात थियो। रोमको एउटा किनाराबाट सुरु भएको आगो झण्डै एक हप्ता भन्दा बढीसम्म सल्किरह्यो। भीषण लप्काले सहरका नौ वटा भागमध्ये छ भागलाई पूर्ण रूपमा खरानी बनायो। इतिहासकार टासिटसका अनुसार, त्यो आगलागीले हजारौं मानिसको घरबार बिथोल्यो, सयौं मानिस मरे, र सहरको समग्र संरचना नै बिगारियो। त्यो समयको रोम केवल एउटा सहर थिएन—रोमन सभ्यताको केन्द्र थियो। साम्राज्यको राजधानी, जहाँबाट सम्पूर्ण शक्ति र संस्कृतिको निर्देश हुन्थ्यो। यस्तो सहरको नाश केवल भौतिक क्षति थिएन, त्यो द  थियो।

    आगलागी कसरी भयो भन्नेमा मत एक छैन। कतिले यसलाई आकस्मिक मान्छन्, जहाँ सहरको संरचनागत कमजोरी—काठका घर, साँघुरा गल्लीहरू, नजिक-नजिक टाँसिएका निर्माणहरू—कारण थिए। तर धेरैले भनेका छन्, आगो केवल संयोग थिएन, त्यो नियोजित थियो। कतिले स्पष्ट रूपमा नीरोमाथि नै शंका गरे—उनले आफ्नै महल बनाउन ठाउँ खाली गर्न आगो लगाएका हुन् भन्ने आरोप चर्चित छ। यद्यपि त्यसबारे ठोस प्रमाण कहिल्यै भेटिएन, इतिहासको कल्पनाशक्तिमा त्यो दृढ विश्वासको रूपमा बसेको छ।

    सबैभन्दा चर्चित र चित्त दुखाउने पक्ष भनेको आगलागीको बेला नीरोको व्यवहार हो। इतिहासकारहरू बीच यसबारे मतभेद छन्। कतिपय लेखहरूमा उल्लेख छ कि आगलागी सुरु हुँदा नीरो रोममा थिएनन्, उनी आफ्नो विश्रामस्थल ‘एन्टियम’ मा थिए। उनलाई खबर प्राप्त भएपछि उनी फर्किएर उद्धार कार्यमा संलग्न भए, शरणार्थीहरूका लागि अस्थायी शिविर बनाउने आदेश दिए, र राहतका सामग्री वितरण गरे। तर यिनै दस्तावेजहरूमा एउटै कथा फेरि दोहोरिन्छ—रोम जलिरहेछ, र नीरो बाँसुरी बजाइरहेछ।

    यो दृश्य ऐतिहासिक हो कि मिथक? त्यो सधैं बहसको विषय रहन्छ। तर यो वाक्यले जनमानसमा अमिट छाप छोडेको छ । एक सम्राट, जसको सहर आगोमा जलिरहेको छ, जनता बिलाप गरिरहेका छन्, र उनी महलको झ्यालबाट बाँसुरीको मधुर धुनमा मग्न छन्। त्यो बाँसुरी साँच्चैको हो वा प्रतीक, त्यो सधैं विवादको विषय रहन्छ, तर भावनाको तहमा त्यो बाँसुरी लापरवाही, असंवेदनशीलता र सत्ता मोहको सङ्गीत हो।

    नीरो आफैं संगीतप्रेमी थिए। उनले आफूलाई कलाकारका रूपमा प्रस्तुत गर्न चाहन्थे। उनी ‘लाइर’ नामक युनानी वाद्ययन्त्र बजाउने गर्थे, गीत गाउने गर्थे, र सार्वजनिक रूपमा नाटकमा अभिनय गर्न पनि पछि पर्दैनथे। एउटा शासकले संगीतमा चासो राख्नु गलत होइन। तर जब सहर जलिरहेको अनि मान्छेहरू बिचलित भइरहेको बेलामा, त्यो सोखले दायित्वलाई विस्थापित गर्छ भने त्यसको मूल्य महङ्गो हुन्छ।

    आगलागीपछिका दिनहरूमा नीरोले ठूलो दरबार बनाउने योजना अघि बढाए। “डोमुस अउरिया”—अर्थात् सुनको दरबार। यो महल विशाल थियो, कति भव्य र विलासी कि मान्छेहरूले “राजा महल बनाइरहेछ, जनता ढुंग्रो खोज्दैछन्” भनेर चुट्किला बनाएका थिए। यो महल निर्माणका लागि उनले सहरको धेरै हिस्सा खाली गराए, जसले गर्दा उनको विरुद्धको जनआक्रोश झनै चुलियो।

    त्यो आगोको दोष कसलाई दिने भन्ने प्रश्न पनि समयान्तरमा राजनीतिक रूपमा प्रयोग भयो। नीरोले त्यस दोष नयाँ इसाई धर्म मान्ने समूहमाथि थोपरे। त्यसपछि सुरु भयो—रोमन साम्राज्यमा इसाईहरूको पहिलो व्यवस्थित दमन। जनताले सहानुभूति जनाउन सक्ने कुनै समूहलाई अपराधी बनाएर शासनले आफूलाई सुरक्षित राख्ने यो शैली आजको परिप्रेक्ष्यमा पनि सान्दर्भिक लाग्छ।

    समय बित्दै जाँदा, नीरोको शासन अस्थिर बन्दै गयो। सेनाका उच्च अधिकारीहरू बिद्रोह गर्न थाले। सिनेटले उनलाई शत्रु घोषणा गर्‍यो। अन्ततः चारैतिरबाट घेरिएपछि उनले आत्महत्या गरे। मृत्युको समय उनले भनेका थिए भनिन्छ —“म कस्तो कलाकार थिएँ  मर्दैछु। राेमले एउटा ठूलाे कलाकार गुमाउनेछ । ” त्यो वाक्य सुन्दा लाग्छ, उनको चिन्ता राज्य होइन, आफू थियाे । आत्मप्रशंसामा लिप्त, तर जनताको आँसु देख्न अयोग्य।

    रोमको आगलागी इतिहासमा एउटा भौतिक विनाश मात्र होइन, नैतिक पतनको द्योतक पनि बन्यो। “नीरो बाँसुरी बजाइरहेछ” भन्ने वाक्य इतिहासले एउटा चेतावनीको रूपमा लेखेको छ। नेतृत्व भनेको केवल कुर्सी होइन, त्यो जनताका लागि उपस्थित हुने क्षमताको नाम हो। जब त्यो क्षमता विलीन हुन्छ, शासक बाँसुरी बजाउँछ, र जनता आगोमा पोलिएर खरानी हुन्छन्।

    शब्दहरू कहिले काहीँ समयभन्दा लामो बाँच्दछन्। “रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ”—यति छोटो वाक्य, तर युगौंसम्म गुञ्जिरहने सन्देश। यसको अर्थ केवल कुनै एक इतिहासको घटना होइन, त्यो हरेक युगको एउटा सम्भावित त्रासदी हो। सत्तामा बसेको व्यक्ति जब जनतासँगको सम्बन्ध भुल्छ, जब विपत्तिको समयमा उ  कला, सौन्दर्य र आत्मप्रशंसामा तल्लीन हुन्छ, त्यतिबेला त्यो बाँसुरी केवल धुन हुँदैन—त्यो विलापको स्वर बनिसकेको हुन्छ।

    हामीले इतिहासलाई केवल  एक फगत घटनाहरुकाे विवरण मानेर बिर्सन मिल्दैन। त्यहाँ भावना छन्, र चेतावनी पनि। “नीरो बाँसुरी बजाइरहेछ” भन्ने वाक्य त्यसै लेखिएको होइन। त्यो उसैगरी दोहोरिन्छ, जति पटक सत्ताले जनताका आँसु देख्न छोड्छ। त्यसैले, हरेक पुस्ताले यो प्रश्न सोधिरहनुपर्छ—जब आगो सल्किन्छ, हाम्रो बाँसुरी कता बजिरहेछ? यो वाक्य विस्मरण होइन, चेतना हो। इतिहासको एउटा शिलालेख—रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ।

    • #Nero
    • #politics
    • #rome

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    सामुदायिक विद्यालयका चुनौती र समाधानका उपायहरु

    समृद्धिको खोजीमा हराइरहेको समाज

    नेपालकाे खाद्यतेल व्यापारमा लुकेको वित्तीय अपराध: राजश्व छली एवं मुद्रा निर्मलीकरणका व्यापारिक चालहरू

    मानव तस्करी र संगठित अपराधको जालोमा नेपाली आप्रवासी

    सन् २०२५ को आतंकवाद सूचकांकः बदलिंदो युद्ध, बदलिंदो मोर्चा

    नेपालका लागि श्रीलंकाको दुई तिहाइ बहुमतको पाठ: राजनीतिक रूपान्तरण र सुशासनको आवश्यकता

    समाचार

    कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

    देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

    पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

    कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

    काभ्रे खबर

    पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

    कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

    बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

    पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५८३ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९११ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७६३ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७०२ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५४८० पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२३९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑