• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ मंसिर १२, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

      ६ घण्टा अघि

      बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

      ४ दिन अघि

      थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

      ५ दिन अघि

      पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

      १ हफ्ता अघि

      गिम्दी प्रवासी युवा समाजको नेतृत्वमा पुनर्निर्मित पशुपतिनाथ मन्दिर उद्‍घाटन

      १ हफ्ता अघि

      काभ्रे तरुणद्वारा बृहत मोटरसाइकल र्‍याली, हजारौं युवाको उपस्थिति

      १ हफ्ता अघि

      पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

      २ हफ्ता अघि

      प्रवासीले बनाएका पशुपतिनाथको मन्दिर आगामी मङ्सिर २ गते उद्घाटन हुँदै

      २ हफ्ता अघि

      फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

      २ हफ्ता अघि

      रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

      ३ हफ्ता अघि

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      ४ हफ्ता अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      १ महिना अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      १ महिना अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      १ महिना अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      २ महिना अघि
    in
    आज: २०८२ मंसिर १२, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८२ अषाढ १०, मंगलबार (५ महिना अघि)
  • ७१६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    कुन्तावेसी
    काभ्रेको मण्डनदेउपुर नगरले १ अर्ब १० करोडको बजेट ल्याएको छ । मंगलबार नगरमा बसेको नगरसभाको १७ औं अधिवेशनमा उपप्रमुख विष्णुमणि नेपालले १ अर्ब १० करोड ७५ लाख ४५ हजार ५५९ रुपैंयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको हो ।

    कुल विनियोजित बजेटमध्ये पूँजीगततर्फ ५० करोड २२ लाख ५० हजार रुपैंयाँ (४५.३४ प्रतिशत) र चालुतर्फ ६० करोड ५२ लाख ९५ हजार ५५९ (५४.६६ प्रतिशत) रहेको छ।

    नगरपालिकाको दैनिक प्रशासनिक कामकाज तथा प्रभावकारी सेवा प्रवाहको लागि आवश्यक पर्ने प्रशासनिक खर्चको लागि २१ करोड १५ लाख १ हजार ५५९ रुपैंयाँ विनियोजन गरिएको उपप्रमुख नेपालले बताउनुभयो । यस्तै नगरपालिका अन्तर्गत प्रत्येक वडाहरूमा अर्थिक, सामाजिक, पूर्वाधार विकास तथा सेवा प्रवाहसम्बन्धी कार्यक्रम सञ्चालनका लागि ६ करोड रुपैंयाँ विनियोजन भएको छ । विनियोजित बजेट रकमबाट मण्डनदेउपुर नगरपालिकाको पहिलो आवधिक योजनाले परिलक्षित गरेको पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासका क्षेत्रमा योगदान पुर्याउने गरी कार्यक्रम छनौट गरिएको छ ।
    यस्तै विपद् व्यवस्थापन, कोष व्यवस्थापन, राहत वितरण र विपद्बाट क्षतिग्रस्त नीजि आवास तथा संरचनाहरुको पुनर्निर्माणका लागि २ करोड रुपैंयाँ व्यवस्था गरिएको छ ।

    चालु आवको संशोधित अनुमान बमोजिम नगरपालिकाबाट चालु आवमा सञ्चालित योजना तथा कार्यक्रमहरुको भुक्तानी सम्पन्न नहुने देखिएकाले चालु आवमा सञ्चालित योजना तथा कार्यक्रमको भुक्तानी दायित्वको लागि ७ करोड ८७ लाख रुपैंयाँ विनियोजन गरिएको नगरसभामा जानकारी दिइएको छ ।

    बजेट प्रस्तुत अघि नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय सरकारको हैसियतबाट विभिन्न संरचनागत, नीतिगत, कानूनी, प्रशासनिक तथा व्यवस्थापकीय कार्य सम्पादन गरिएको बताउनुभयो । मूलतः यस अवधिमा विगत वर्षहरुदेखि नै सञ्चालित आवश्यक कार्यक्रमहरुको निरन्तरता र शीघ्रताका साथ सम्पन्न गर्ने कुरालाई जोड दिँदै थुप्रै नवीन, सिर्जनात्मक, समाजवाद उन्मुख र सुशासनका लागि अपरिहार्य मानिने योजना तथा कार्यक्रमको शुरुवात गरिएको उहाँले बताउनुभयो । नगर सभा, नगर कार्यपालिका, विषयगत समिति, शाखा र वडास्तरवाट सम्पादन गर्नुपर्ने काम कारवाहीलाई प्रभावकारी तथा स्मार्ट कार्यसम्पादन गर्न प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

    यस्तै आवश्यक विषयमा कानुन तर्जुमा, योजना तथा परियोजनाको निर्माण, सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग गर्दै पारदर्शी शासन सञ्चालन गर्ने दिशामा नगरपालिका अग्रसर भएको प्रमुख वाइवाले बताउनुभयो । सूचना र प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रवाहलाई सहज बनाउन नगरक्षेत्रभित्रका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्थाहरु र सामुदायिक विद्यायहरुमा दिइँदै आइएको निःशुल्क इन्टरनेट सुविधालाई निरन्तरता दिँदै थप प्रभावकारी बनाइने बताइएको छ ।

    कृषिलाई प्राथमिकता
    किसानले उत्पादन गरेका कृषि उपजको उचित मूल्य प्रदान गर्न संघ र प्रदेश सरकारसँगको साझेदारीमा नगरक्षेत्रभित्र गोदामघर, शीत भण्डार (कोल्ड स्टोर), कृषि उपज सङ्कलन तथा विकी केन्द्र वा हाटबजारको व्यवस्थाका लागि दातृ निकायसँग समन्वय गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । साथै यसका लागि स्थानीय व्यवसायी, व्यवसायिक कृषि फर्म, सहकारी र अन्य संघसंस्थाहरूसँग समेत साझेदारी गरिनेछ ।

    कृषि उत्पादन वृद्धिका लागि लागत साझेदारीमा कृषि चुन वितरण तथा तरकारी अन्नबाली र फलफूलको बिउ बेर्नाको नर्सरी निर्माण गरी वितरणको व्यवस्था गर्ने नीतिलाई निरन्तरता दिइनेछ । पकेट क्षेत्रमा आधारित स्थानीय विउ र बेर्ना उत्पादन र वितरणलाई प्राथमिकता दिइने छ । यस्तै जमिनको अवस्था हावापानी माटो तथा उत्पादनको सम्भावना भएको स्थानको पहिचान गरी प्रतिस्पर्धाका आधारमा एक बडा एक उत्पादन कार्यक्रम संचालन गरिनेछ ।

    किसानले उत्पादन गर्ने फसल तथा पशुजन्य उत्पादनमा हुने क्षतिलाई न्यूनीकरण गर्न बाली बीमा र पशुपन्छी बीमालाई विस्तार गरिने छ । कृषि उत्पादन तथा पशुपन्छी उत्पादनमा संलग्न किसान तथा उद्यमीहरूलाई कृषि बीमाका लागि आवश्यक प्रिमियम रकममा पचास प्रतिशत अनुदान उपलब्ध गराइनेछ ।

    दूग्ध उत्पादक किसानहरुलाई प्रोत्साहन गर्न नगरपालिका र वडा कार्यालयहरुले गर्ने सबै कार्यक्रममा चिया, कफि, कोक फ्यान्टा जस्ता तयारी पेय पदार्थको सट्टामा स्थानीय कृषकबाट उत्पादित दुध तथा मोहीको प्रयोगलाई अनिवार्य गरिने छ ।

    विश्व खाद्य तथा कृषि संगठनसँगको सहकार्यमा राम्रो उत्पादन, राम्रो पोषण, राम्रो वातावरण र राम्रो जीवन प्रवद्र्धन गर्न नमुना कृषि ग्राम कार्यक्रम तथा होमस्टे संचालनलाई निरन्तरता दिइने छ । बागमती प्रदेश सरकार तथा जिल्ला कृषि विकास कार्यालय काभ्रेको सहयोगमा माटो परीक्षण ल्याब र कृषि बाली रोग परीक्षण ल्याब स्थापना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

    बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

    थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

    पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

    गिम्दी प्रवासी युवा समाजको नेतृत्वमा पुनर्निर्मित पशुपतिनाथ मन्दिर उद्‍घाटन

    काभ्रे तरुणद्वारा बृहत मोटरसाइकल र्‍याली, हजारौं युवाको उपस्थिति

    समाचार

    कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

    बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

    थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

    पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

    काभ्रे खबर

    कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

    बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

    पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

    काभ्रे तरुणद्वारा बृहत मोटरसाइकल र्‍याली, हजारौं युवाको उपस्थिति

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५७२ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८९९ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७५२ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६९० पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५४५० पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२२६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑