• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख २६, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      २ दिन अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      २ दिन अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      ३ दिन अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      ६ दिन अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      १ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      १ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      १ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      २ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      २ हफ्ता अघि

      विपत्तिपछि खानेपानी व्यवस्थापनमा नागरिकको पहल सराहनीय : अध्यक्ष अधिकारी

      २ हफ्ता अघि

      बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

      २ हफ्ता अघि

      काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

      ३ हफ्ता अघि

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      ३ हफ्ता अघि

      अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

      ३ हफ्ता अघि
    in
    आज: २०८३ बैशाख २६, शनिबार
    होमपेज /  आर्थिक

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

  • राजन दाहाल
  • २०८२ कार्तिक १४, शुक्रबार (६ महिना अघि)
  • ५२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १८ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बागमती / गिम्दी/ ललितपुर 

    राजन प्रसाद दाहाल

                    ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ७ अन्तर्गतको गिम्दीस्थित कटुवा बेसिमा भगवान पशुपतिनाथको मन्दीर पुनः निर्माण भएको छ । गिम्दीका स्थानीय नागरिकहरुको हातले, विदेशको माटोमा पसिना बगाएका छोराछोरीहरुको समर्पणले बाढीले बगाएको मन्दिर पुनः उभ्याइएको छ । गिम्दी प्रवासी युवा समाजको निरन्तर प्रयास र अथक अभियानबाट ढलेको मन्दिर उभ्याउन सफल भएको हो ।

    जिर्ण अवस्थामा रहेको कटुवा बेसिको पशुपतिनाथको मन्दिर २०८१ साल असोजमा बागमती खोलामा आएको भीषण बाढीले पूर्णरूपमा बगाएको थियो। त्यसपछि प्रवासी युवाहरुको मनमा एउटा संकल्प अंकुरायो “हाम्रो संस्कृतिको पहिचान मेटिनु हुँदैन।” त्यसपछि सुरु भयो मन्दिर पुनर्निर्माणको अभियान, जसले गिम्दीका हरेक वासिन्दाको हृदय छोयो।

    गिम्दी प्रवासी युवा समाजले बि.स. २०७६ साल असारदेखि अभियान नै संचालन गरेर विभिन्न सामाजिक कार्यमा हात हालेको थियो । युवा समाजले पाँच वर्षको छोटो अवधिमा गिम्दीलाई नयाँ रुप दिएको छ । कहिले अस्पतालसम्म बिरामी पु-याउने एम्बुलेन्स किनेर, कहिले मृगौला पीडितलाई सहयोग गरेर, कहिले आगलागी पीडितका आँखामा आशाको किरण थपेर । त्यतिमात्र होइन कोरोना महामारीको कठिन समयमा गिम्दी स्वास्थ्य चौकीमा दुईवटा बेड र अन्य आवश्यक सामग्रीहरू वितरण गरेर उनीहरूले समाजलाई प्रत्यक्ष राहत समेत दिएका थिए। त्यही हातहरूले आज बाढीले ढालेको मन्दिर पनि उठाएका छन् , जसमा आस्था, संस्कार र संवेदना सबै मिसिएका छन्।

    गिम्दी प्रवासी युवा समाजका संयोजक कृष्ण बहादुर जर्घा मगरका अनुसार यो समाजले अहिलेसम्म १८ वटा सामाजिक अभियान सञ्चालन गरिसकेको बताएका छन् ।  जसमा एम्बुलेन्स खरिद,पशुपति मन्दिर पुनर्निर्माण र नारायण डाडामा नारायणको मुर्ति सहितको मन्दीर निर्माण सबैभन्दा महत्वपूर्ण मानिन्छ।

    मन्दिर निर्माणको लागि स्वर्गीय आमा मिन कुमारी चौरेलको सम्झनामा बुबा बुद्दि कृष्ण चौरेलको सहमतिले  बिनोद चौरेल बाट र झन्झ नारायण दाहालले जग्गा दान गरेका थिए । पशुपतिनाथ मन्दिर निर्माण अभियान २०८१ साल असार १ गतेबाट सुरु गरिएको भनिएको छ । उक्त मन्दी निर्माणमा स्थानीय बागमती गाउँपालिकाले तीन लाख रुपैयाँ बजेट विनियोजन गरेर साथ दिएको छ भने हाईड्रोपावर कम्पनीले २२ हजार बराबरको गिट्टी सहयोग गरेको छ। स्थानीय नागरिकहरू स्वयंले पनि आफ्नो आम्दानीबाट ३ लाख ६६ हजार ३६ रुपैयाँ बराबरको सहयोग संकलन गरेका छन्। हालसम्म जम्मा उठेको रकम ११ लाख २ हजार ६ सय १६ रुपैयाँ पुगेको र त्यस मध्ये ९ लाख १४ हजार ४ सय ५ रुपैयाँ खर्च भइसकेको संयोजक मगरले जानकारी दिए। अझै ९१ हजार ७ सय ११ रुपैयाँ उठ्न बाँकी रहेको र अभियानको क्रममा पहिलाको बाकी रहेको २५ हजार २ सय रुपैयाँ पनि रहेको उनले जानकारी दिएका छन् ।  अभियानले पारदर्शिता सहित सबै हिसाब सार्वजनिक गर्ने गरेको संयोजक मगरले बताएका छन् ।

    युवा समाजले गरेको यो पुनर्निर्माण मात्र होइन, यो एउटा सन्देश हो , विदेशमा रहेर पनि आफ्नो गाउँ, संस्कृति र धर्मप्रति निष्ठावान बन्न सकिन्छ भन्ने गतिलो उदाहरण हो यो । गिम्दीका युवाहरूले आफू बिदेसमा पसिना बगाएर कमाएको केही पैसालाई समाजको विकासमा लगानी गर्दै आएका छन्। यही त्याग र समर्पणका कारण गिम्दीमा परिवर्तनको लहर चलेको छ। आज मन्दिरको पुनर्निर्माणले गाउँका वृद्धहरूका आँखामा श्रद्धा फर्किएको छ भने गिम्देली युवाहरूको मनमा गर्व पलाएको छ।

    अहिले मन्दिर निर्माणको अन्तिम चरणमा पुगेको छ । रंगरोगन र कम्पाउण्ड निर्माणको काम बाकी रहेको बुझिएको छ । आगामी मंसिर २ गते मंसिर पूर्णिमाको शुभ अवसरमा पशुपतिनाथ मन्दिरको भव्य उद्घाटन गरिने तयारी भइरहेको छ। सोही दिन मन्दिर परिसरमा परम्परागत पशुपति जात्राको आयोजना पनि हुनेछ। त्यो दिन केवल मन्दिरको उद्घाटन होइन, गिम्दीका प्रवासी युवाहरूको एकता र आस्थाको उत्सव हुनेछ।

    २०७६ सालदेखि सुरु भएको गिम्दी प्रवासी युवा समाजको यात्रा केवल सहयोगको कथा मात्र होइन, परिवर्तनको दस्तावेज बनिसकेको छ । गाउँमा जब कुनै परिवार पीडामा पर्छ, जब बिरामीलाई अस्पताल पुर्‍याउन गाह्रो पर्छ, जब प्राकृतिक प्रकोपले हानी पुर्‍याउँछ, तब गिम्दी प्रवासी युवा समाजकै हात अगाडि सर्छ। “हामी विदेशमा भए पनि हाम्रो गाउँ बनाउने हाम्रो जिम्मेवारी हो” भन्ने भाव बोकेर काम गर्दै आएका छौं गिम्दी निवासी (हाल जापानबाट ) चन्द्र पाण्डे बताउँछन् ।

    युवा समाजका संयोजक कृष्ण बहादुर जर्घा मगर भन्छन् — “हामीले पसिनाको कमाइलाई समाजको माटोमा मिसाएका हौं। हाम्रा साथीहरू विदेशमा जति नै व्यस्त भए पनि गाउँको हितका लागि उठेका छन्। हाम्रो सपना गिम्दीलाई एउटा आदर्श गाउँ बनाउने हो।” गिम्दी प्रवासी युवा समाज धेरै नेपाली गाउँका युवाहरूलाई प्रेरित गर्ने प्रेरणाको श्रोत बनेको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

    छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

    समाचार

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    काभ्रे खबर

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९९४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६१४ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२०९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०६५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०३६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९३५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑