• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      २ दिन अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ३ दिन अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ३ दिन अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      ४ दिन अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      ४ दिन अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      ६ दिन अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      १ हफ्ता अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      १ हफ्ता अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      २ हफ्ता अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      २ हफ्ता अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      २ हफ्ता अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      २ हफ्ता अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      २ हफ्ता अघि

      ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    होमपेज /  बागमती

    गिम्दी प्रवासी युवा समाजको नेतृत्वमा पुनर्निर्मित पशुपतिनाथ मन्दिर उद्‍घाटन

  • राजन दाहाल
  • २०८२ मंसिर ३, बुधबार (६ महिना अघि)
  • ३४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • ललितपुर / गिम्दी 

    ललितपुरको बागमती गाउँपालिका–७ गिम्दीस्थित कटुवा बेसिमा गिम्दी प्रवासी युवा समाजको दृढ नेतृत्व, लामो समयको पहल र सामूहिक श्रम–सहयोगको बलमा पुनर्निर्माण गरिएको भगवान पशुपतिनाथको मन्दिर भव्य समारोहका बीच उद्‍घाटन गरिएको छ। वर्षौअघिको भग्नावशेष बनेको यो मन्दिर प्रवासी युवाको अथक अभियान र स्थानीय बासिन्दाको सक्रिय सहभागिताले पुनः उभिन सफल भएको हो, जसलाई युवा समाजले गरेको समुदायको हालसम्मकै सबैभन्दा उत्कृष्ट सामाजिक कार्यको  रूपमा हेरिएको छ ।

    बि.स. २०७६ असारदेखि विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएको गिम्दी प्रवासी युवा समाजले आजसम्म १८ वटा अभियान पूरा गरिसकेको छ। जसमा पशुपतिनाथको मन्दिर पुनः निर्माण गरिनु पनि एक हो ।

    समाजका संयोजक कृष्ण बहादुर जर्घा मगरका अनुसार एम्बुलेन्स खरिद, नारायण डाँडामा मूर्तिसहितको मन्दिर निर्माण र यस पटक पुनर्निर्माण गरिएको पशुपतिनाथ मन्दिर ती सबै अभियानमध्ये अत्यन्त महत्वपूर्ण उपलब्धि हुन्। उनले उद्घाटन समारोहमा प्रतिवेदन प्रस्तुत गर्दै निर्माणका क्रममा भोगिएका कठिनाइ, आर्थिक व्यवस्थापन, दाताबाट संकलित रकम र खर्चका सबै विवरण सार्वजनिक गरे। जर्घा मगरका अनुसार यो मन्दिर केवल धार्मिक संरचना मात्र नभई प्रवासी तथा स्थानीयको सामूहिक भावना, समर्पण र एकताको प्रतिक बनेको बताएका छन् ।

    मन्दिर निर्माणका लागि बागमती गाउँपालिकाले तीन लाख रुपैयाँ बजेट विनियोजन गरी सहयोग गरेको थियो भने हाईड्रोपावर कम्पनीले २२ हजार रुपैयाँ बराबरको गिटी प्रदान गरेको समाजले जनाएको छ। आर्थिक र सामग्री सहयोगले लक्ष्य हासिल गर्ने यात्रामा महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरू बताउँछन्।

    उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहेका बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री मिनकृष्ण महर्जनले गिम्दी प्रवासी युवा समाजले देखाएको नेतृत्वलाई अत्यन्त प्रेरणादायी भएको बताए। उनी भन्छन् , गाउँ र समाजमा रुपान्तरण ल्याउन चाहने युवा पुस्ताले कस्तो प्रभाव पार्न सक्छन् भन्ने उदाहरण हो यो मन्दिर पुनर्निर्माण। उनले यश मन्दिरलाई जिवन्त राख्न र अन्य आवश्यक भौतिक संरक्चना बनाउन आफ्नो साथ र सहयोग सधैं रहने बताए । जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयालले परदेशमा गएर पनि युवाले जन्मभूमिप्रति देखाएको समर्पण प्रशंसनीय भएको बताएका छन् ।

    बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले स्थानीय सरकार भविष्यमा पनि यस्ता जनमुखी योजनामा प्रवासी युवासँग मिलेर काम गर्न इच्छुक रहेको बताए। वडा अध्यक्ष होमप्रसाद बजगाईंले मन्दिर पुनर्निर्माणले गिम्दीको सांस्कृतिक पहिचान र धार्मिक पर्यटनको सम्भावनालाई थप बलियो बनाएको धारणा राखे ।

    मन्दिर उद्घाटन रिबन काटेर गरिएको थियो। उद्घाटनको पूर्वसन्ध्यामा मन्दिर परिसरमा विधिपूर्वक पूजा–आजा सम्पन्न गरिएको थियो। वर्षा कारण यस वर्ष अवरुद्ध भएको हरिबोधनी एकादशीको दिन बागमती खोलामा गरिने परम्परागत ‘फूल तार्ने’ कार्य पनि त्यही अवसरमा सम्पन्न गरिएको थियो।

    समुदायको आर्थिक, भौतिक र श्रम योगदानलाई सम्मानित गर्न चन्दा दाता, जग्गा दाता तथा सहयोगी हातहरूलाई खादा, माला र सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा गिम्दीका आमा–बुबादेखि दाजु–भाइ तथा गिम्देली नागरिकहरुको उल्लेख्य  उपस्थिति रहेको  थियो । मन्दिर पुनर्निर्माणले अर्थपूर्ण र ऐतिहासिक बनाएको सहभागीहरूले बताए।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

    समाचार

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    काभ्रे खबर

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०७३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६८५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२८५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१३८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१०७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०१२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑