• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक २४, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

      १२ घण्टा अघि

      रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

      ३ दिन अघि

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      १ हफ्ता अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      ३ हफ्ता अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      ३ हफ्ता अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      १ महिना अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ महिना अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      २ महिना अघि
    in
    आज: २०८२ कार्तिक २४, सोमबार
    होमपेज /  काभ्रे खबर

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

  • राजन दाहाल
  • २०८२ आश्विन ३१, शुक्रबार (३ हफ्ता अघि)
  • २०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    उज्यालो पनौती कार्यक्रम अन्तर्गत ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको पनौती नगरको त्रीवेणी घाट क्षेत्रमा साँझपख झलमल्ल उज्यालो देखिन थालेको छ । पनौती नगरपालिकाले त्रिवेणी घाट क्षेत्रमा मासलाइट जडान गरेपछि नगरको रौनक र सौन्दर्य दुवै बढेको छ । लामो समयदेखि अध्यारोमा डुबिरहेको त्रिवेणी घाटमा अहिले साँझपछि दिनको उज्यालोझैं प्रकाश देखिन्छ । विभिन्न समयमा आएका अवरोध र चुनौतीका बाबजुद नगरपालिकाले यो परियोजना सफलतापूर्वक सम्पन्न गरेको नगरपालिकाले बताएको छ ।
    पनौतीको त्रिवेणी घाट धार्मिक दृष्टिले मात्र होइन, सामाजिक र सांस्कृतिक रुपमा पनि निकै संवेदनशील स्थान हो । दैनिक रूपमा यहाँ दाहसंस्कार, धार्मिक अनुष्ठान, पुजापाठ र घुमघामका लागि सयौं मानिस आउने गर्दछन् । पहिले साँझपछि अध्यारोका कारण तीर्थालु र मलामीहरूलाई असहजता हुने गरेको थियो । अब मासलाइट जडान भएपछि ती समस्या अन्त्य भएका छन् । स्थानीय बासिन्दाले पनौतीको त्रीवेणी घाट परिसरमा भएको यो परिवर्तनले खुशी भएका छन् । “अब साँझमा पनि डराउनुपर्ने छैन, बत्तीले घाटलाई सुन्दर र सुरक्षित बनाइदिएको छ ।” एक स्थानीयवासीले भने ।
    पनौती जहाँ प्रत्येक १२ वर्षमा मकर मेला लाग्ने गर्दछ, जसका लागि देश विदेशबाट तीर्थालु भक्तजनहरु आउँने गर्दछन । यस्ता धार्मिक स्थलमा बत्तीको व्यवस्था भएपछि पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पर्ने नगर प्रमुख रामशरण भण्डारीले बताएका छन् । उनका अनुसार, त्रिवेणी घाटसँगै पर्खालचौर र मानेश्वरी बसपार्कमा पनि मासलाइट जडान भइसकेको छ । भण्डारीले भने, “उज्यालो पनौती कार्यक्रम केवल बत्ती बाल्ने अभियान होइन, यो नगरलाई सुरक्षित, आकर्षक र पर्यटकीय बनाउने अभियान हो ।”
    नगरपालिकाले उज्यालो अभियानसँगै अन्य पूर्वाधार विकासका काम पनि अघि सारेको छ । त्रिवेणी घाट क्षेत्रमा सार्वजनिक शौचालय, खानेपानी, फोहर व्यवस्थापन र बस्ने बेञ्च निर्माणको योजना तयार पारिएको छ । साथै, नगरका धार्मिक तथा ऐतिहासिक मठमन्दिरहरूमा वान लाइट राख्ने कामको पनि सुरुवात गर्ने तयारी भइरहेको छ । यसले धार्मिक स्थलहरूको संरक्षणमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

    हालसम्म पनौती नगरपालिकाले तीनवटा मासलाइट जडान गरिसकेको छ भने नगरका प्रमुख सडक र भीडभाड हुने क्षेत्रहरूमा पनि सडक बत्ती जडानको प्रक्रिया अघि बढाइएको छ । “पहिले साँझपख घाटमा जान डर लाग्थ्यो, अहिले त बच्चा लिएर घुम्न मन लाग्छ , नगरपालिकाले साँच्चै राम्रो काम गरेको छ, यो सुरुवातले पनौतीलाई उज्यालो बनाउनेछ । ” खुसी हुँदै एक स्थानीयले सिरुपाते खबरलाई बताए ।
    उज्यालो पनौती कार्यक्रमले धार्मिक, ऐतिहासिक र पर्यटकीयमहत्त्व बोकेको पनौती अब साँझमा पनि जीवन्त, सुरक्षित र आकर्षक बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    समाचार

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    काभ्रे खबर

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५३२ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८७१ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७३३ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६७२ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२०७ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०८९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑