• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ २२, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ दिन अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ दिन अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      ३ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      ४ दिन अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      ४ दिन अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      २ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      २ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      ३ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ३ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      ३ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ३ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ३ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ २२, सोमबार
    होमपेज /  काभ्रे खबर

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

  • राजन दाहाल
  • २०८२ आश्विन ३१, शुक्रबार (८ महिना अघि)
  • ५७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • पनौती
    उज्यालो पनौती कार्यक्रम अन्तर्गत ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको पनौती नगरको त्रीवेणी घाट क्षेत्रमा साँझपख झलमल्ल उज्यालो देखिन थालेको छ । पनौती नगरपालिकाले त्रिवेणी घाट क्षेत्रमा मासलाइट जडान गरेपछि नगरको रौनक र सौन्दर्य दुवै बढेको छ । लामो समयदेखि अध्यारोमा डुबिरहेको त्रिवेणी घाटमा अहिले साँझपछि दिनको उज्यालोझैं प्रकाश देखिन्छ । विभिन्न समयमा आएका अवरोध र चुनौतीका बाबजुद नगरपालिकाले यो परियोजना सफलतापूर्वक सम्पन्न गरेको नगरपालिकाले बताएको छ ।
    पनौतीको त्रिवेणी घाट धार्मिक दृष्टिले मात्र होइन, सामाजिक र सांस्कृतिक रुपमा पनि निकै संवेदनशील स्थान हो । दैनिक रूपमा यहाँ दाहसंस्कार, धार्मिक अनुष्ठान, पुजापाठ र घुमघामका लागि सयौं मानिस आउने गर्दछन् । पहिले साँझपछि अध्यारोका कारण तीर्थालु र मलामीहरूलाई असहजता हुने गरेको थियो । अब मासलाइट जडान भएपछि ती समस्या अन्त्य भएका छन् । स्थानीय बासिन्दाले पनौतीको त्रीवेणी घाट परिसरमा भएको यो परिवर्तनले खुशी भएका छन् । “अब साँझमा पनि डराउनुपर्ने छैन, बत्तीले घाटलाई सुन्दर र सुरक्षित बनाइदिएको छ ।” एक स्थानीयवासीले भने ।
    पनौती जहाँ प्रत्येक १२ वर्षमा मकर मेला लाग्ने गर्दछ, जसका लागि देश विदेशबाट तीर्थालु भक्तजनहरु आउँने गर्दछन । यस्ता धार्मिक स्थलमा बत्तीको व्यवस्था भएपछि पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पर्ने नगर प्रमुख रामशरण भण्डारीले बताएका छन् । उनका अनुसार, त्रिवेणी घाटसँगै पर्खालचौर र मानेश्वरी बसपार्कमा पनि मासलाइट जडान भइसकेको छ । भण्डारीले भने, “उज्यालो पनौती कार्यक्रम केवल बत्ती बाल्ने अभियान होइन, यो नगरलाई सुरक्षित, आकर्षक र पर्यटकीय बनाउने अभियान हो ।”
    नगरपालिकाले उज्यालो अभियानसँगै अन्य पूर्वाधार विकासका काम पनि अघि सारेको छ । त्रिवेणी घाट क्षेत्रमा सार्वजनिक शौचालय, खानेपानी, फोहर व्यवस्थापन र बस्ने बेञ्च निर्माणको योजना तयार पारिएको छ । साथै, नगरका धार्मिक तथा ऐतिहासिक मठमन्दिरहरूमा वान लाइट राख्ने कामको पनि सुरुवात गर्ने तयारी भइरहेको छ । यसले धार्मिक स्थलहरूको संरक्षणमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

    हालसम्म पनौती नगरपालिकाले तीनवटा मासलाइट जडान गरिसकेको छ भने नगरका प्रमुख सडक र भीडभाड हुने क्षेत्रहरूमा पनि सडक बत्ती जडानको प्रक्रिया अघि बढाइएको छ । “पहिले साँझपख घाटमा जान डर लाग्थ्यो, अहिले त बच्चा लिएर घुम्न मन लाग्छ , नगरपालिकाले साँच्चै राम्रो काम गरेको छ, यो सुरुवातले पनौतीलाई उज्यालो बनाउनेछ । ” खुसी हुँदै एक स्थानीयले सिरुपाते खबरलाई बताए ।
    उज्यालो पनौती कार्यक्रमले धार्मिक, ऐतिहासिक र पर्यटकीयमहत्त्व बोकेको पनौती अब साँझमा पनि जीवन्त, सुरक्षित र आकर्षक बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    समाचार

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१०४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७११ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३१२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१७२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१४० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०४३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑