• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक २४, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

      १३ घण्टा अघि

      रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

      ३ दिन अघि

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      १ हफ्ता अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      ३ हफ्ता अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      ३ हफ्ता अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      १ महिना अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ महिना अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      २ महिना अघि
    in
    आज: २०८२ कार्तिक २४, सोमबार
    होमपेज /  समाचार

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

  • राजन दाहाल
  • २०८२ कार्तिक १, शनिबार (३ हफ्ता अघि)
  • १३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    सम्पादकीययस वर्षको मनसुन फेरि पनि देशका विभिन्न भागमा जनधनको क्षतिका साथ समाप्त भयो। जलवायु परिवर्तनका दीर्घकालीन असरहरूमध्ये बदलिँदो मौसमको अनिश्चितता अहिले नेपालका लागि गम्भीर चुनौती बन्दै गएको छ। मनसुनको उत्तरार्ध चरणमा परेको अविरल वर्षाले यसपालि पनि धेरै स्थानमा बाढी र पहिरोको रूप लिएर त्रास ल्यायो।
    विशेषगरी काभ्रेको रोशी जलाधार क्षेत्र फेरि एकपटक विनाशको शिकार बन्यो। गत वर्ष दर्जनौंको ज्यान गुमेको र अर्बौंको क्षति भोगेको यही क्षेत्रमा यस वर्ष पनि समान प्रकृतिको समस्या दोहोरिनु साधारण कुरा होइन। प्रश्न उठ्छ ,किन हरेक वर्ष यिनै बस्तीहरूमा अधिक क्षति हुन्छ? किन अन्य जलाधार क्षेत्रको तुलनामा रोशी क्षेत्र नै बढी प्रभावित रहन्छ?
    स्थानीय बासिन्दा र केही प्राविधिकहरूको तर्क छ,डाँडाकाँडामा डोजर प्रयोग गरेर गरिएको अव्यवस्थित सडक निर्माण, अनियन्त्रित ढुंगा–गिट्टी खानी, र क्रसर उद्योगबाट निस्कने फोहर तथा माटो खोलामा मिसिनु नै बाढीको प्रमुख कारण हो। यी कार्यहरूले खोलाको प्राकृतिक वहाव अवरुद्ध गरेर बस्तीमाथि सीधा जोखिम सिर्जना गरेका छन्। तर विडम्बना यो छ कि नीति निर्माण तहदेखि जनप्रतिनिधिसम्म, अधिकांश जिम्मेवार निकाय यस विषयमा मौन छन्।
    रोशी जस्तै अन्य खोलाहरू पनि लामो मुहानका छन्, तर त्यहाँ क्षति न्यून छ। यसको अर्थ समस्या केवल प्राकृतिक होइन, मानव निर्मित पनि हो। अनियोजित विकास, बिना अध्ययनको सडक निर्माण र खानी संचालनले पहाडको स्थायित्व कमजोर पार्दै लगेको कारण पनि क्षति बढेको आँकलन गर्न सकिन्छ।
    अब आवश्यक छ रोशी जलाधार क्षेत्रमा विशेष अध्ययन टोली गठन गरी यसको वैज्ञानिक विश्लेषण गरिनु। हरेक वर्ष क्षति भोग्नुभन्दा पनि दीर्घकालीन समाधानको बाटो रोजिनुपर्छ। जलाधार व्यवस्थापन, नदी संरक्षण, खानी नियमन, र निर्माण कार्यमा वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य बनाइनु जरुरी छ।
    रोशी क्षेत्र केवल काभ्रेको मात्र नभई सम्पूर्ण मध्य पहाडी भेगको प्रतिनिधि उदाहरण हो। यदि आज यस क्षेत्रलाई बेवास्ता गरियो भने भोलि अन्य जलाधारहरू पनि यही बाटोमा अघि बढ्नेछन्। त्यसैले अब ढिलाइ नगरौं रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं।

     

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    समाचार

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    काभ्रे खबर

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५३३ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८७१ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७३३ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६७३ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२०७ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०८९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑