• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष २९, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      १६ घण्टा अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      १७ घण्टा अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      १ दिन अघि

      पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

      ४ दिन अघि

      वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

      १ हफ्ता अघि

      समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

      १ हफ्ता अघि

      सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

      २ हफ्ता अघि

      बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

      २ हफ्ता अघि

      पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

      २ हफ्ता अघि

      पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

      २ हफ्ता अघि

      पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

      २ हफ्ता अघि

      पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

      २ हफ्ता अघि

      एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

      २ हफ्ता अघि

      मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

      ३ हफ्ता अघि
    in
    आज: २०८२ पौष २९, मंगलबार
    होमपेज /  काभ्रे खबर

    सामुदायिक विद्यालयका चुनौती र समाधानका उपायहरु

  • राजन दाहाल
  • २०८२ श्रावण २७, मंगलबार (५ महिना अघि)
  • ७४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    सुविधा मात्र पुरा हुँदैमा वा सम्पन्न गर्दैमा विद्यालय सम्पन्न भई, पढाइको स्तर वृद्धि हुन्छ भन्न सकिदैन । जव सम्म विद्यालयको शैक्षिक वातावरण स्वच्छ , स्वस्थ ,पारदर्शि र निष्पक्ष हुँदैन तवसम्म विद्यालयको शैक्षिक वातावरण दर्बिलो र सक्षम र सेवामुखी छ, भन्न सकिन्न। “जीवनमा गुरू बन्न सजिलो छ तर चेला हुन कठिन छ।“ भन्ने भनाइलाई भावानात्मक रुपले मात्र नहेरी यसको मर्मलाई व्यवहारमा उतारी अगाडि बढ्न सक्नुपर्छ। वौद्धिक मर्यदा,अनुशासन र त्यससम्बन्धी सीमाको अन्त्य कहिले हुँदैन। विद्दत वर्गले गरेको काम कारबाही सेवा र भावनालाई समाजका अन्य वर्गले पनि नियाल्ने र अनुशरण गर्ने हुँदा सकारात्मक कार्य गरी समाजमा प्रतिष्ठित हुन सक्नु विद्दत वर्गको पनि महत्वपूर्ण कर्म हो। बौद्धिक वर्गले आफ्नो जिम्मेवारी पुरा गरेका छन् कि छैनन् ? दक्ष शिक्षकको अभाव, सेवा सुविधाको कमी, पुस्तकालय, खेलकुद मैदान, प्रयाप्त मात्रामा खेलकुदका सामग्रीहरू , वालमैत्री सिकाइ,बालमैत्री डेक्सबेन्च,अपाङ्ग मैत्री शौचालयको उचित प्रबन्ध नहुनु जस्ता कारणले सामुदायिक विद्यालयको स्तर कम कम हुँदै गइरहेको छ।आर्थिक कठिनाइको कारण,भौगोलिक बनावटको कारणले गर्दा परिरहेको असुविधा पनि यसका कारक तत्व हुन् भन्न सकिन्छ। विद्दत वर्गको चालचलनको समाजका सबै वर्गलेअनुशरण गर्ने हुँदा समाजमा सकारात्मक कार्य गरी प्रतिष्ठित हुन सक्नु विद्दत वर्गको महत्वपूर्ण कार्य हो।दक्ष र तालिम प्राप्त शिक्षकको अभाव सेवा सुविधाको कमी पुस्तकालयको व्यवस्था नहुनु, मापदण्डको ख्यालै नगरी विद्यालय खोल्न अनुमति दिनु,विज्ञान प्रयोगशालाको अभाव, खेलमैदान र शौचालयको उचित प्रवन्ध नहुनु जस्ता कारणले पनि सामुदायिक विद्यालयको स्तर खस्किदै
    गइरहेको छ । आर्थिक कठिनाइ, भौगोलिक बनावटको करणले गर्दा पनि परिरहेको असुविधा पसका कारक तत्व हुन भन्न सकिन्छ
    आजको प्रतिस्पर्धात्मक युगमा गुणस्तरीय शिक्षा प्राप्त गर्नको लागि गुणस्तरीय विद्यालय भवन,दुरदर्शी,निष्पक्ष र विवेकी प्रधानाध्यापक समयको पालना गर्ने शिक्षकको साथै समूहकार्य र सहकार्य र सामुहिक प्रयासलाई प्राथमिकता दिइएको खण्डमा र आफ्नो कर्तव्य पालन गरेको खण्डमा मात्र सामुदायिक विद्यालयको समस्या क्रमिक रूपले हटेर जान्छ। शैक्षिक सामग्रीको प्रयोग, पाठ्यपुस्तक निर्देशिका र सन्दर्भ सामग्रीहरूको प्रभावकारी प्रयोग हुन सक्योभने मात्र पनि त्यो विद्यालयमा त्यति धेरै समस्या छ भन्न मिल्दैन। शिक्षकको टिमवर्क र मिहिनेत, नियमित स्टाफ बैठक,,विद्यार्थी केन्द्रित शिक्षण विधि, प्रधानाध्यापकको कुशल नेतृत्व, सक्षम विद्यालय व्यवस्थापन समिति,अभिभावकसितको
    नियमित अन्तरक्रिया,विद्यार्थीहरूको निरन्तर मूल्याङ्कनको साथै विद्यालय व्यवस्थापन समितिको कुशल व्यवस्थापन, प्रधानाध्यापकको लगन, अभिभावकको मनन, सरोकारवाला हरूको अनुगमन, विद्यार्थीहरूको अनुशासन, कर्मचारीको इमान आदि भएको खण्डमा साच्चैनै सामुदायिक विद्यालय समस्या रहित बन्न सक्छ। यसको साथै सामुदायिक विद्यालयका केही समस्या र चुनौतीहरू पनि विध्यमान छन् भन्न सकिन्छ।

    १)कुशल व्यवस्थापकको अभाव हुनु ।
    २)प्रधानाध्यापक दूरदर्शी,निष्पक्ष र विवेकी नहुनु ।
    ३)भौतिक सुविधा तथा भौतिक पूर्वाधारको अभाव हुनु ।
    ४)नियमित रूपमा सबै विषयको पठनपाठन नहुनु ।
    ५)विद्यालयलाई राजनीतिक भर्तीकेन्द्र बनाइनु ।
    ६)विद्यालय व्यवस्थापन समितिको भूमिका सहयोगी नहुनु ।
    ७)नतिजाको विश्लेषण नगर्नु ।
    ८)कार्य सम्पादन र नतिजाको आधारमा प्रोत्साहन तथा पुरस्कारको व्यवस्था नहुनु ।
    ९)निजी विद्यालय तर्फ आकर्षण बढ्नु ।
    १०)चेतनाको अभाव हुनु ।
    ११) विद्यालमा अतिरिक्त क्रियाकलाप नगर्नु ।
    १२)विद्यालयको भवन निर्माण व्यवस्थित नहुनु। तथा विद्यालयमा भौतिक सुविधाको कमी हुनु ।
    १३)काउन्सिलङ परामर्शको व्यवस्था नहुनु ।
    १४)खानेपानी,खेलमैदान तथा शौचालयको अभाव हुनु।
    १५)समूह कार्य र सहकार्यको खडेरी पर्नु ।
    १६)योजना निर्माण नगर्नु ।
    १७)राजनीतिलाई निषेध गर्न नसक्नु ।
    १८)समान व्यवहार गर्ने परिपाटी नहुनु ।
    १९)स्टाफ बैठक नियमित रूपमा नगर्नु ।
    २०)शैक्षिक सामग्रीहरूको व्यवस्थित प्रयोग नहुनु ।
    २१)सम्मान लिन र दिन नसक्नु ।
    २२)विश्वास कायम गर्न नसक्नु ।
    २३)सुविधा सम्पन्न पूर्वाधार र पुनर्निर्माण नहुनु ।
    २४)अभिभावकको चासो नहुनु ।
    २५)अभिभावकसित अन्तरक्रिया नगर्नु ।
    २६)विद्यार्थिहरूमा अनुशासन नहुनु ।
    २७)सरोकारवाला हरूको अनुगमन नहुनु ।
    २८)विद्यार्थीहरूमा मोबाइलको लत बढी पर्नु ।
    २९)घरमा अभिभावकहरूले आफ्ना नानीबाबुहरूको खराब बानीको निगरानी नगर्नु ।
    ३०)आन्तरिक परीक्षाको नतिजाको समीक्षा नगर्नु ।
    ३१)परीक्षालाई अवसरको रूपमा नलिनु ।
    ३२)अभिभावकको आर्थिक अवस्था कमजोर हुनु ।
    ३३)अभिभावकले आफ्ना नानीबाबुहरूको साथीहरूको सङ्गतको निगरानी नगर्नु ।
    ३४)मोबाइल,गेम,सामाजिक सञ्जाल र अनलाइनको अनावश्यक प्रयोग गर्नु ।
    ३५)दैनिक कक्षाकार्य,गृहकार्य र अभ्यासहरूको नियमित जाँच नगर्नु ।
    ३६) विद्यार्थीहरूमा गृहकार्य गर्ने बानीको विकास नहुनु ।
    ३७)समय सापेक्ष शिक्षामा सुधार गर्न नसक्नु ।
    ३८)विज्ञ र दक्ष शिक्षकको अभाव हुनु ।
    ४०ग्रेडिङ प्रणाली अस्तव्यस्त हुनु ।
    ४१)सूचना प्रविधिको सबैतिर पहुँच नपुग्नु र सूचना प्रविधिको सबैमा ज्ञान नहुनु ।
    ४२)नैतिकता र अनुशासनको कमी हुनु ।
    ४३)विषय शिक्षकको अभाव हुनु ।
    ४४)सेवामा सरलता नहुनु ।
    ४५)सूचनाको प्रवाहलाई( क्ष्mmभमष्बतभ ब्अतष्यल)मा ल्याइ गतिशील बनाइ सञ्चालन गर्न नसक्नु ।
    ४६)अङ्ग्रेजी माध्यमबाट पढाइ गर्न कठिन हुनु ।
    ४७पढेर रोजगार नपाउनु ।
    ४८)विद्यालयलाई राजनीतिक थलो बनाइनु ।
    भनिन्छ कुशल व्यवस्थापनका प्रगतिपथको आधार हो।व्यवस्थापकले कुशल ढङ्गबाट विद्यालयलाई व्यवस्थापन गर्न सक्नुपर्छ।
    आजभोलि कतिपय सामुदायिक विद्यालयहरू कुशल व्यवस्थापकको अभावमा सञ्चालन हुन नसकी मर्ज भइसकेका छन् भने कतिपय विद्यालयहरू मर्ज हुने अवस्थामा पुगेको देखिन्छ। कतिपय विद्यालयहरू भने प्रतिस्पर्धात्मक रूपमा नमुना विद्यालय बनेर उदाहरणको रूपमा प्रस्तुत पनि भएका छन्। यसको प्रमुख कारण भनेको व्यवस्थापकीय सुधारनै हो। छोटो समयसमानै शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने विद्यालय, सक्षम वा अनुशासित विद्यार्थी उत्पादन गर्ने विद्यालयको स्तर किन खड्केको छ त? यसको लागि सामुदायिक विद्यालयका समस्याहरू के के छन? सुधार गर्न लिनुपर्ने कार्यहरू केके हुन
    ? सामुदायिक विद्यालयको अवस्थालाई दककष्टिगत गर्दा कति विद्यालयहरूको नतिजा शून्य प्रतिशत छ भने विद्यार्थीहरूको सङ्ख्यालाई हेर्दा खस्कँदो छ। विद्यार्थीहरूको सङ्ख्या र सरकारी स्रोतको भारलाई तालमेल मिलाउन विद्यालय मर्ज गर्नुपर्ने र कयौँ विद्यालयहरू बन्दहुने अवस्थामा समेत छन्। समग्रमा भन्नु पर्दा सामुदायिक विद्यालयहरूको अवस्था सन्तोषजनक छैन भन्न सकिन्छ । यसको लागि को जिम्मेवार? सामुदायिक विद्यालयहरू खस्कनुको कारण के हो? चुनौतीहरू के के छन? सुधार गर्न लिनु पर्ने रणनीति र कार्यहरू के के छन? हरेक क्षेत्रका आवश्यकताहरू पुरा गरी सहज तरिकाले सामुदायिक विद्यालयहरूलाई सफलताको श्रेणीमा पुर्याउनु भन्ने स्थिति छ, यस कार्यको लागि व्यक्ति,संस्था वा सम्बन्धित निकायले आआफ्नो क्षेत्रबाट दत्तचित्त भई सक्रिय रूपमा आआफ्नो भुमिका निर्वाह गर्न सकेमा लक्षित कार्यलाई सफलताको शिखरमा पुर्याउन सकिन्छ। यसै सन्दर्भमा यहाँ विद्यालयको व्यवस्थापकीय सुधारको लागि आफ्नो शिक्षण सेवाको प्राप्त अनुभवलाई समेटि अनुभवको आधारमा आफ्नो राय र विचारहरू यहाँ पस्कने प्रयास गरेको छु।सामुदायिक विद्यालयमा विद्यालय सञ्चालनको लागि आर्थिक रूपमा पनि ठूलो चुनौती रहेको देखिन्छ। आम्दानीको स्रोत सामुदायिक विद्यालयमा नहुने र अभिभावकहरूको आयस्रोत पनि कम हुनेहुँदा विद्यालयले आर्थिक स्रोत जुटाउन नसकेर पनि समस्या सिर्जना भएका उदाहरणहरू प्रशस्त पनि छन् ।
    सामुदायिक विद्यालयको सर्वोपरि विकास र प्रगतिको लागि एक्लो प्रयासले मात्र सम्भव हुँदैन । विद्यालय प्रशासक,शिक्षक, अभिभावक, पूर्व विद्यार्थीहरूको समाज,स्थानीय अभिभावक, सरोकारवाला,विद्यार्थी ,विद्यालय व्यवस्थापन समिति,शिक्षक एकता,सम्बन्धित स्थानीय सरकार आदिको समन्वयमा सामुदायिक विद्यालयका समस्याहरूलाई सरोकारको विषय बनाई आ– आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सकेको खण्डमा मात्र सामुदायिक विद्यालयहरूको भविष्य फलदायी हुन सक्छ । विद्यालय भनेको हाम्रो लागि हो,विद्यालय विग्रेमा हाम्रो भविष्य अन्धकार हुन्छ । विद्यालय विग्रेमा

    हाम्रो उज्ज्वल भविष्य अन्धकार तर्फ धकेलिन्छ भन्ने कुरालाई आत्मासात गरी उज्ज्वल भविष्यको निर्माण गर्ने शैक्षिक थलो वा ज्ञानको मन्दिरलाई प्रभावकारी र समस्यारहित बनाउन आआफ्नो क्षेत्रबाट सक्दो सहयोग र योगदान गर्न र दिनसके सामुदायिक विद्यालयको भलाई हुने कुरा निश्चित छ । मेरो भविष्य निर्माण गर्ने विद्यालय विग्रिएमा मेरो भविष्य अन्धकार हुन्छ भन्ने भावना सबैमा जागृत हुन सकेको खण्डमा अवश्य पनि सामुदायिक विद्यालयको भविष्य उज्ज्वल हुन सक्छ भन्ने कुरालाई मनन् गर्नै पर्दछ । विद्यालयको पठनपाठनमा जोडेको प्रमुख अङ्गहरू विद्यार्थी,शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन पक्ष हुन भने स्थानीय निकाय वा सरकारी निकायबाट अबलम्बन गर्ने नीतिगत कुराले पनि प्रत्यक्ष रूपमा विद्यालयको समग्र पक्षमा प्रभाव पारिरहेको हुन्छ। यी सबै पक्षको सकारात्मक सोच,केही गर्नुपर्छ भन्ने दृढ सङ्कल्प, अठोट, क्रियाशील दायित्वबोध र गहन कर्तव्यबाट विचलित नभई स्तरीय पठनपाठनमा संलग्न भइ लागिपरेमा सामुदायिक विद्यालयको भविष्य सुनिश्चित गर्न सकिन्छ।
    उदासिनताले हो कि निष्ठा र कर्तव्यको कमीले हो, अर्थात विद्यार्थीहरूको अनुत्तरदायी भूमिकाले हो वा सम्वृद्द कक्षाकोठा नभएर हो,यी सबै समस्यालाई खोतलेर ,समस्याको पहिचान गरेर समाधानको बाटो खोज्नुनै सामुदायिक विद्यालयको सुधार तर्फ उन्मुख हुनु हो। अभिभावक वर्गले पनि आफ्ना नानीबाबुहरूको भविष्यसित गाँसेको कुरामा बढी सजकता अपनाएर वा चनाखो भएर शैक्षिक गुणस्तरमा सुधार ल्याउन शिक्षकहरूलाई उत्प्रेरित गर्न लागि पर्नु पर्यो। आफ्ना नानिबाबुहरूलाई अनुकूल वातावरण मिलाइदिन सामुदायिक विद्यालयमानै पठाउने वातावरण तय गर्नुपर्छ। प्रधानाध्यापक तथा शिक्षकले मात्र आफ्नो कार्य दक्षता प्रयोग गरेर मात्र विद्यार्थीहरूको शैक्षिक गुणस्तर वा स्तर माथि उठाउन सक्दैन भन्ने कुरालाई आत्मासात गर्दै पारिवारिक वातावरणको पनि उक्तिकै महत्वपूर्ण भुमिका हुनेहुँदा यस तर्फ चनाखो बन्नुपर्छ कि?
    विद्यार्थी,शिक्षक, अभिभावक, कुशल प्रशासक विद्यालय व्यवस्थापन समिति,स्थानीय सरकारवाला जस्ता जिम्मेवार पक्षले आआफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न सके सामुदायिक विद्यालयको शैक्षिक स्तर माथि उठ्ने कुरामा ढुक्क हुन सकिन्छ। विद्वान शिक्षकहरू कुनै एउटा विद्यालयको मात्र स्कुलमुखी र नतिजामुखी मात्र नभई शिक्षामुखी,समाजमुखी जनमुखी तथा समग्रमा भन्नुपर्दा राष्ट्रमुखी हुनु अति आवश्यक छ।अर्कालाई गाली गर्दै दोषारोपण गरेर निन्दनीय र,अपरिपक्व कार्य यो पवित्र पेसामा सरीक हुने कोही कसैले पनि गर्ला जस्तो लाग्दैन।यस्ता घृणित कार्यहरू सामुदायिक विद्यालयका शैक्षिक समस्या हुन भन्न सकिन्छ। प्रशंसाको भोको हुनुभन्दा सच्चा सेवामुखी बनेर विनम्र बन्दै सर्वप्रथम आफू स्वयंले अरूको सम्मान गर्न सिक्नुपर्छ,तब मात्र सामुदायिक विद्यालयको समस्या हल भएर जानेछ भन्ने कुरामा ढुक्क हुन सकिन्छ। सरसर्ती हेर्दा ःबककबनभ,ल्यतष्अभ,क्ष्लायचmबतष्यल बलम ग्लमभचकतबलमष्लन आवश्यकता अनुसार सबैसित समानरुपको व्यवहार र सम्मान हुनुपर्छ। यो कुनै व्यक्ति विशेषको कुरा होइन, यी कामहरू विद्यालयको समग्र विकासको लागि तथा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको भलाइको लागि हुनेहुँदा कोही कसैमा पनि सूचनाको कमी हुनुहुँदैन। कुनैपनि परिस्थितिलाई हाँसीहाँसी समाधान गर्न सक्नुनै सामुदायिक विद्यालयको समस्यालाई समाधान गर्ने माध्यम हो।बेलाबेलामा अनुशासन र परामर्शका कक्षाहरू सञ्चालन गर्दै विद्यालयको आर्थिक, भौतिक र शैक्षिक पक्षको सुधार गर्दैअगाडि बढ्न सकेको खण्डमा अवश्य पनि सामुदायिक विद्यालयका समस्याहरू हटेर समस्या रहित सामुदायिक विद्यालय बन्ने कुरामा आशावादी हुन सकिन्छ

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

    वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

    विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

    समाचार

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

    काभ्रे खबर

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

    विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६७४ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९७६ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८४९ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७८९ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६२४ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३०८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑