• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक १६, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      २ दिन अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      २ हफ्ता अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      २ हफ्ता अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      १ महिना अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ महिना अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      १ महिना अघि

      जेनजी क्रान्ति : जनआक्रोशको विस्फोट वा डीप स्टेटको परिणाम?

      १ महिना अघि

      पूर्व मेयर न्यौपानेले भने: दु:ख गरेर बनाएको घर आँखै अगाडि खरानी पारिदिए

      १ महिना अघि
    in
    आज: २०८२ कार्तिक १६, आईतबार
    होमपेज /  काभ्रे खबर

    सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

  • राजन दाहाल
  • २०८२ आश्विन १, बुधबार (१ महिना अघि)
  • २२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती/ काभ्रेपलान्चोक
    सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद शिव प्रसाद हुमागाईले बताएका छन् । उनले भ्रष्टाचारविरुद्ध सुरु भएको नयाँ पुस्ताको (Gen Z) आन्दोलनमा स्वार्थ समूहले घुसपैठ गरी हिंसात्मक गतिविधि गराएको आरोप लगाएका छन् ।
    बुधबार पनौतीस्थित निवासमा आयोजित पत्रकार भेटघाटमा उनले सिंहदरबार, सर्वोच्च अदालत, पालिका कार्यालयलगायतका सरकारी संरचनामाथि भएको आक्रमण ‘संयोग नभई योजनाबद्ध’ भएको दाबी गरे । उनका अनुसार सरकारी निकाय मात्र नभई ठूला व्यापारिक केन्द्र, पसल र निजी घरहरूमासमेत भएको आगजनी, लुटपाट र तोडफोड दुःखद र जनविरोधी कार्य हो ।

    “यी गतिविधिले हजारौं परिवार विस्थापित भएका छन्, दशैंको मुखमा रोजगारी गुमाएका छन्,” उनले चिन्ता व्यक्त गरे । काँग्रेस सभापतिमाथि भएको आक्रमणलाई उनले ‘कानुनी शासन विपरीतको अस्वीकार्य कार्य’ भने ।

    दुई दशकदेखि प्रजातान्त्रिक मूल्यमा अडिग रहँदै राजनीति गर्दै आएको स्मरण गर्दै हुमागाईले आफूले जेल जीवन व्यहोरेको, तर नागरिक हितमै काम गरेको बताए । उनले पनौती क्षेत्रमा सडक, विद्युत्, पुल, विद्यालय, महाविद्यालय र प्राविधिक संस्थान स्थापनामा योगदान दिएको दाबी गर्दै भने, “म कहिल्यै लाभको पदमा बसेनँ, सधैं जनताको पक्षमै उभिएँ ।”

    आन्दोलनको पहिलो दिनको घटनामा मारिएका नागरिकको श्रद्धाञ्जलीका नाममा भएको हिंसात्मक गतिविधि ‘रास्वपा लगायत सत्ता बाहिर रहेका दलहरूको नेतृत्वमा घटेको सुनियोजित षड्यन्त्र’ भएको उनको भनाइ छ । उनले पनौती नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, समाजसेवी रामेश्वर थापा र पूर्व नगरप्रमुख भीम न्यौपानेको घरसमेत आक्रमणमा परेको जानकारी दिए ।

    हुमागाईले सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्ने आतातायीलाई कारबाही गर्न बलियो आयोग गठन गर्न माग गर्दै भने, “व्यक्ति केन्द्रित आन्दोलन कसैको हितमा हुँदैन, भ्रष्टाचार वा अपराधविरुद्ध मात्र कानुनी कठघरामा उभ्याउनु पर्छ ।”

    उनले दलहरूलाई नयाँ पुस्ताको भावना बुझेर कमजोरी सच्याउन, संस्थागत सुधारमार्फत जनअपेक्षा पूरा गर्न आग्रह गरे । “जनतामा आएको निराशाले ठूलो सुधारको आवश्यकता पुष्टि गरिसकेको छ, तर निराशा अन्त्यको नाममा संविधान र व्यवस्था मास्ने कुरा स्वीकार्य हुँदैन,” उनले चेतावनी दिए ।

    घटनामा ज्यान गुमाएका र घाइतेलाई न्याय दिन तत्काल आयोग गठन गर्नुपर्नेमा जोड दिँदै उनले निर्वाचन तोकिएको समयमा अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने बताए । “नयाँ पुस्ताको चाहना सम्बोधन गर्दै लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी काँग्रेसले लिनुपर्छ,” उनले निष्कर्ष टेके ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    समाचार

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    काभ्रे खबर

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५१५ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८५५ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७२४ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६५७ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५१९२ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०७७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑