• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष २१, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

      १ दिन अघि

      विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

      ४ दिन अघि

      समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

      ५ दिन अघि

      सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

      १ हफ्ता अघि

      बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

      १ हफ्ता अघि

      पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

      १ हफ्ता अघि

      पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

      १ हफ्ता अघि

      पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

      १ हफ्ता अघि

      पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

      १ हफ्ता अघि

      एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

      १ हफ्ता अघि

      मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

      २ हफ्ता अघि

      नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

      २ हफ्ता अघि

      भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

      २ हफ्ता अघि

      छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

      २ हफ्ता अघि

      मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ पौष २१, सोमबार
    होमपेज /  बागमती

    गिम्दी प्रवासी युवा समाजको नेतृत्वमा पुनर्निर्मित पशुपतिनाथ मन्दिर उद्‍घाटन

  • राजन दाहाल
  • २०८२ मंसिर ३, बुधबार (१ महिना अघि)
  • १८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर / गिम्दी 

    ललितपुरको बागमती गाउँपालिका–७ गिम्दीस्थित कटुवा बेसिमा गिम्दी प्रवासी युवा समाजको दृढ नेतृत्व, लामो समयको पहल र सामूहिक श्रम–सहयोगको बलमा पुनर्निर्माण गरिएको भगवान पशुपतिनाथको मन्दिर भव्य समारोहका बीच उद्‍घाटन गरिएको छ। वर्षौअघिको भग्नावशेष बनेको यो मन्दिर प्रवासी युवाको अथक अभियान र स्थानीय बासिन्दाको सक्रिय सहभागिताले पुनः उभिन सफल भएको हो, जसलाई युवा समाजले गरेको समुदायको हालसम्मकै सबैभन्दा उत्कृष्ट सामाजिक कार्यको  रूपमा हेरिएको छ ।

    बि.स. २०७६ असारदेखि विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएको गिम्दी प्रवासी युवा समाजले आजसम्म १८ वटा अभियान पूरा गरिसकेको छ। जसमा पशुपतिनाथको मन्दिर पुनः निर्माण गरिनु पनि एक हो ।

    समाजका संयोजक कृष्ण बहादुर जर्घा मगरका अनुसार एम्बुलेन्स खरिद, नारायण डाँडामा मूर्तिसहितको मन्दिर निर्माण र यस पटक पुनर्निर्माण गरिएको पशुपतिनाथ मन्दिर ती सबै अभियानमध्ये अत्यन्त महत्वपूर्ण उपलब्धि हुन्। उनले उद्घाटन समारोहमा प्रतिवेदन प्रस्तुत गर्दै निर्माणका क्रममा भोगिएका कठिनाइ, आर्थिक व्यवस्थापन, दाताबाट संकलित रकम र खर्चका सबै विवरण सार्वजनिक गरे। जर्घा मगरका अनुसार यो मन्दिर केवल धार्मिक संरचना मात्र नभई प्रवासी तथा स्थानीयको सामूहिक भावना, समर्पण र एकताको प्रतिक बनेको बताएका छन् ।

    मन्दिर निर्माणका लागि बागमती गाउँपालिकाले तीन लाख रुपैयाँ बजेट विनियोजन गरी सहयोग गरेको थियो भने हाईड्रोपावर कम्पनीले २२ हजार रुपैयाँ बराबरको गिटी प्रदान गरेको समाजले जनाएको छ। आर्थिक र सामग्री सहयोगले लक्ष्य हासिल गर्ने यात्रामा महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरू बताउँछन्।

    उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहेका बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री मिनकृष्ण महर्जनले गिम्दी प्रवासी युवा समाजले देखाएको नेतृत्वलाई अत्यन्त प्रेरणादायी भएको बताए। उनी भन्छन् , गाउँ र समाजमा रुपान्तरण ल्याउन चाहने युवा पुस्ताले कस्तो प्रभाव पार्न सक्छन् भन्ने उदाहरण हो यो मन्दिर पुनर्निर्माण। उनले यश मन्दिरलाई जिवन्त राख्न र अन्य आवश्यक भौतिक संरक्चना बनाउन आफ्नो साथ र सहयोग सधैं रहने बताए । जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयालले परदेशमा गएर पनि युवाले जन्मभूमिप्रति देखाएको समर्पण प्रशंसनीय भएको बताएका छन् ।

    बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले स्थानीय सरकार भविष्यमा पनि यस्ता जनमुखी योजनामा प्रवासी युवासँग मिलेर काम गर्न इच्छुक रहेको बताए। वडा अध्यक्ष होमप्रसाद बजगाईंले मन्दिर पुनर्निर्माणले गिम्दीको सांस्कृतिक पहिचान र धार्मिक पर्यटनको सम्भावनालाई थप बलियो बनाएको धारणा राखे ।

    मन्दिर उद्घाटन रिबन काटेर गरिएको थियो। उद्घाटनको पूर्वसन्ध्यामा मन्दिर परिसरमा विधिपूर्वक पूजा–आजा सम्पन्न गरिएको थियो। वर्षा कारण यस वर्ष अवरुद्ध भएको हरिबोधनी एकादशीको दिन बागमती खोलामा गरिने परम्परागत ‘फूल तार्ने’ कार्य पनि त्यही अवसरमा सम्पन्न गरिएको थियो।

    समुदायको आर्थिक, भौतिक र श्रम योगदानलाई सम्मानित गर्न चन्दा दाता, जग्गा दाता तथा सहयोगी हातहरूलाई खादा, माला र सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा गिम्दीका आमा–बुबादेखि दाजु–भाइ तथा गिम्देली नागरिकहरुको उल्लेख्य  उपस्थिति रहेको  थियो । मन्दिर पुनर्निर्माणले अर्थपूर्ण र ऐतिहासिक बनाएको सहभागीहरूले बताए।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

    विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

    समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

    सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

    बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

    पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

    समाचार

    वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

    विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

    समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

    सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

    काभ्रे खबर

    विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

    सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

    बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

    पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६५० पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९५७ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८३० पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७७२ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५९४ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२९२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑