• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ६, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      २३ घण्टा अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      २ दिन अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      ४ दिन अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      ५ दिन अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      १ हफ्ता अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      १ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      १ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      १ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      २ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      २ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      ३ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      ३ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      ३ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ६, बुधबार
    होमपेज /  काभ्रे खबर

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

  • राजन दाहाल
  • २०८२ चैत्र २७, शुक्रबार (१ महिना अघि)
  • १४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    जब आकाशमा कालो बादल मडारिन्छ रोशी किनारका सर्वसाधारणको मनमा त्रासको बादल झन् गाढा बन्छ। वर्षा प्राकृतिक प्रक्रिया हो, तर त्यसले निम्त्याउने विपद् प्राकृतिक मात्र होइन मानव निर्मित पनि हो भन्ने कुरा रोशी खोलाको वर्तमान अवस्थाले स्पष्ट पारिसकेको छ।

    केही वर्षअघिसम्म सामान्य बहावमा रहने रोशी खोलाले आज विकराल रूप लिनु संयोग होइन। अव्यवस्थित रूपमा सञ्चालन गरिएका ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा क्रसर उद्योगहरूले खोलाको प्राकृतिक स्वरूपलाई गम्भीर रूपमा क्षति पु¥याएका छन्। उद्योगबाट निस्कने काम नलाग्ने पदार्थ खोलाकिनारमै विसर्जन गरिँदा खोलाको धार परिवर्तन हुनुका साथै सतह उचाइ बढ्दै गएको छ। अनुसन्धान समितिहरूले समेत यसैलाई मुख्य कारणका रूपमा औंल्याइसकेका छन्।

    खानी र बस्ती एकै क्षेत्रमा विस्तार हुँदा जोखिम झन् बढेको छ। विगतमा आएको बाढीपहिरोले दर्जनौं नागरिकको ज्यान लिएको पीडा अझै ताजै छ। तर विडम्बना, यति ठूलो क्षतिपछि पनि समस्या स्वीकार्न हिच्किचाहट देखिन्छ। बुझेरै होस् वा बुझ पचाएर खानी उद्योगहरूले निम्त्याएको जोखिमलाई अस्वीकार गर्ने प्रवृत्ति अझै हटेको छैन।

    यसै सन्दर्भमा गृहमन्त्री सुदन गुरुङको रोशी क्षेत्र भ्रमण र अवैध खानी तथा क्रसर बन्द गर्न दिएको निर्देशन सकारात्मक कदम हो। तर निर्देशन मात्र पर्याप्त हुँदैन; त्यसको प्रभावकारी कार्यान्वयन अपरिहार्य छ। समस्या गहिरो छ, समाधान पनि दीर्घकालीन र संरचनात्मक हुनुपर्छ। अबको आवश्यकता स्पष्ट छ खानी र बस्ती क्षेत्रको वैज्ञानिक विभाजन। खोलाको बहाव, भू–आकृति, र सम्भावित जोखिमको विस्तृत अध्ययन बिना खानी सञ्चालनको अनुमति दिनु भविष्यसँग खेलवाड गर्नु हो। वातावरणीय प्रभाव मूल्यांकनलाई औपचारिकतामा सीमित नराखी कडाइका साथ कार्यान्वयन गरिनुपर्छ।

    स्थानीय तहले खानी तथा क्रसर उद्योगलाई राजस्वको स्रोतका रूपमा मात्र हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी छ। अल्पकालीन आम्दानीको लोभमा दीर्घकालीन मानवीय र भौतिक क्षतिको मूल्य चुकाउनु परेमा त्यो विकास होइन, विनाश हो। वर्षेनी आउने बाढीले पु¥याउने क्षति कुनै पनि राजस्वले पूर्ति गर्न सक्दैन। रोशी क्षेत्रको संरक्षणका लागि खोलाकिनार सुदृढीकरण, तटबन्ध निर्माण, र व्यापक वृक्षारोपण अभियान सञ्चालन गर्न ढिलाइ गर्नु हुँदैन। साथै, समुदायलाई सचेत गराउने र विपद् पूर्वतयारीलाई मजबुत बनाउने कार्य पनि सँगसँगै अघि बढाउन आवश्यक छ।

    रोशी खोलाले दिएको चेतावनी समयमै बुझ्न सकिएन भने भोलिका दिनमा यसको मूल्य अझ महँगो पर्न सक्छ। विकासको नाममा प्रकृतिमाथि गरिने अतिक्रमण अन्ततः मानव अस्तित्वकै लागि खतरा बन्न सक्छ। त्यसैले आजैबाट जिम्मेवार, वैज्ञानिक र दिगो सोचसहित कदम चाल्नु नै सबैको कर्तव्य हो।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    समाचार

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    काभ्रे खबर

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०२० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६३४ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२२६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०८१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०५८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९५५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑