धुलिखेल
काठमाडौ विश्वविद्यालय (केयू) को ३१ औं दीक्षान्त समारोह (पहिलो चरण) आगामी २०८२ मंसिर २४ गते बुधबार विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा आयोजना हुने भएको छ । समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयकी उपकुलपति प्रा. सान्तिश्री धुलिपुडी पन्डित प्रमुख अतिथिका रूपमा रहने काठमाडौ विश्वविद्यालयले जानकारी दिएको छ ।
समारोहमा कुल २ हजार २सय ९ जना विद्यार्थीहरु दीक्षित हुने बताइएको छ । जसमध्ये पुरुषको सङ्ख्या १ हजार १ सय ५४ (५२.२४ प्रतिशत) र महिलाको सङ्ख्या १ हजार ५५ जना (४७.७६ प्रतिशत) रहेको छ । दीक्षित हुने विद्यार्थीहरूमा पीएच्.डी., डिएम तथा एमसिएच तहका ७ जना, स्नातकोत्तर तहका ३ सय ९७ जना, पिजिडी तहका ५० जना र स्नातक तहका १ हजार २८ जना रहेका छन् ।
हालसम्म काठमाडौ विश्वविद्यालयबाट कुल ५० हजार ४० जना दिक्षित भैैसकेको पनि विश्वविद्यालयले जानकारी दिएको छ ।
यस दीक्षान्तमा स्कूल अफ साइन्सका १ सय ९७ जना, स्कूल अफ मेडिकल साइन्सेजका ८ सय ८१ जना, स्कु!अफ आर्ट्सका ८३ जना, स्कुल अफ इन्जिनियरिङका ३ सय ४ जना, स्कुल अफ ल का ३६ जना, स्कुल अफ मेनेज्मेन्टका ३ सय ७८ जना दिक्षित हुने पनि विश्वविद्यालयले जानकारी दिएको छ ।
साथै Master of Philosophy by Research in Mathematics (१ जना), Bachelor of Science in Agriculture (२९ जना), र Master of Medical Research (२० जना) जस्ता नवीन कार्यक्रमका विद्यार्थीहरू पहिलोपटक दिक्षित हुँदै छन् ।
समारोहमा उत्कृष्ट विद्यार्थीलाई स्वर्ण पदक वितरण गर्ने कार्यक्रम पनि रहेको छ।




