• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ चैत्र ७, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      ७ घण्टा अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      ९ घण्टा अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      २ दिन अघि

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      ४ दिन अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      ५ दिन अघि

      एमालेको कारबाहीपछि वडा अध्यक्ष बजगाईको आक्रोशपूर्ण अभिव्यक्ति : “ओझेलमा पार्ने प्रवृत्तिले परिवर्तनको बाटो रोज्न बाध्य भएँ”

      ५ दिन अघि

      वडा अध्यक्ष होम प्रसाद बजगाँइलाई पार्टीबाट निष्काशन, पद खारेजको प्रक्रिया अगाडि बढ्ने

      ६ दिन अघि

      ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

      २ हफ्ता अघि

      ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

      ३ हफ्ता अघि

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      ३ हफ्ता अघि

      काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

      ३ हफ्ता अघि

      इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

      ४ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

      १ महिना अघि

      कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

      १ महिना अघि

      रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

      १ महिना अघि
    in
    आज: २०८२ चैत्र ७, शनिबार
    होमपेज /  कला/मनोरंजन

    नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

  • राजन दाहाल
  • २०८२ पौष ५, शनिबार (३ महिना अघि)
  • ४०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १६ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती / काभ्रे 

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काभ्रे जिल्ला समितिको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता तथा एसइई ब्याच २०८१ का विद्यार्थीहरूको बिदाइ कार्यक्रम पनौतीमा भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटनसँगै नेपाली मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो आयोजकले बताएको छ ।

    कार्यक्रम नेशनल प्याब्सन काभ्रेका जिल्ला अध्यक्ष सानू रोका  ( बोधिकेश ) को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पनौती नगरपालिकाकी उपप्रमुख गीता बन्जारा प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। प्रतियोगिताको मूल्याङ्कन निर्णायक मण्डल सदस्य बिनोद कुमार श्रेष्ठ र सुरेन्द्र कुमार दाहालले गरेका थिए।

    कार्यक्रमको सुरुवात सेन्टलम एल्बम एकेडेमीका विद्यार्थी भाइबहिनीहरूले प्रस्तुत गरेको स्वागत नृत्यबाट गरिएको थियो। स्वागत मन्तव्य नेशनल प्याब्सनका जिल्ला सदस्य रुजेन बन्जाराले राख्दै यस्ता सिर्जनात्मक तथा सांस्कृतिक कार्यक्रमले विद्यार्थीलाई पढाइसँगै सामाजिक र सांस्कृतिक चेतनामा पनि अघि बढाउने बताए। कार्यक्रमको सञ्चालन ग्रामीण पाठशालाका फाउन्डर प्रिन्सिपल बिदुर बहादुर भण्डारीले गरेका थिए।

    प्रमुख अतिथि उपप्रमुख गीता बन्जाराले लोक नृत्य नेपाली समाजको पहिचान भएको उल्लेख गर्दै विद्यालयस्तरमै यसको संरक्षण आवश्यक रहेको बताइन्। उनले बदलिँदो जीवनशैली र प्रविधिको बढ्दो प्रभावका कारण मौलिक संस्कृतिमा चुनौती देखिएको भन्दै यस्ता प्रतियोगिताले नयाँ पुस्तालाई आफ्नै संस्कृति चिन्न र अपनाउन प्रेरित गर्ने धारणा राखिन्। “संस्कृति हराए पहिचान पनि हराउँछ, त्यसैले यसलाई जगेर्ना गर्नु हामी सबैको दायित्व हो,” उनले भनिन्।

    लोक नृत्य प्रतियोगितामा नेशनल प्याब्सनअन्तर्गतका पाँचवटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रत्येक विद्यालयबाट जुनियर लेवल (कक्षा ३–५), मिडल लेवल (कक्षा ६–८) र सिनियर लेवल (कक्षा ९–१०) गरी तीन–तीन समूह सहभागी भएका थिए। सहभागी विद्यार्थीहरूले विभिन्न जातजाति, भेषभूषा र भाका समेटिएका नेपाली मौलिक लोक नृत्य प्रस्तुत गरेका थिए।

    जुनियर लेवल (३–५) तर्फ उग्रचण्डी बोर्डिङ स्कुल प्रथम, ग्रामीण पाठशाला भकुण्डे द्वितीय र सेन्टलम एल्बम एकेडेमी पनौती तृतीय भएका छन्।

    मिडल लेवल (६–८) तर्फ न्यु मोर्डन एकेडेमी बनेपा प्रथम, ग्रामीण पाठशाला भकुण्डे द्वितीय र उग्रचण्डी बोर्डिङ स्कुल तृतीय स्थानमा रहे।

    सिनियर लेवल (९–१०) तर्फ न्यु मोडल एकेडेमी प्रथम, ग्रामीण पाठशाला द्वितीय र उग्रचण्डी बोर्डिङ स्कुल तृतीय स्थानमा रहन सफल भए।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहहरूलाई मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरी सम्मान गरिएको थियो। साथै एसइई २०८१ मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै उज्ज्वल भविष्यको शुभकामना सहित औपचारिक बिदाइ गरिएको थियो।

    नेशनल प्याब्सनले यस वर्षदेखि विद्यार्थीको शैक्षिक तथा नैतिक उत्कृष्टता कदर गर्ने उद्देश्यले ‘स्टुडेन्ट अफ द इयर अवार्ड’ को सुरुवात गरेको छ। पहिलो पटक प्रदान गरिएको उक्त अवार्ड एसइई २०८१ मा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल उग्रचण्डी बोर्डिङ स्कुलकी छात्रा गायत्री श्रेष्ठलाई प्रदान गरिएको छ ।

    समापन सत्रका प्रमुख अतिथि पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले निजी तथा आवासीय विद्यालयहरू नाफामुखी मात्र नभई सेवा, अनुशासन र गुणस्तरीय शिक्षा प्रदान गर्ने केन्द्र हुनुपर्ने बताए। उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पढाइसँगै खेलकुद, कला, संस्कृति र अतिरिक्त क्रियाकलापलाई समान महत्व दिनुपर्नेमा जोड दिए। यस्ता कार्यक्रमले विद्यार्थीलाई आत्मविश्वासी, जिम्मेवार र सिर्जनशील नागरिक बनाउने उनको भनाइ थियो।

    कार्यक्रममा नेशनल प्याब्सन बागमती प्रदेशका सहसचिव ईश्वर केसी, नेशनल प्याब्सनका केन्द्रीय सदस्य अग्नि प्रसाद ज्ञवाली, नेशनल प्याब्सनमा आबद्ध विद्यालयका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

    वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

    पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

    फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

    एमालेको कारबाहीपछि वडा अध्यक्ष बजगाईको आक्रोशपूर्ण अभिव्यक्ति : “ओझेलमा पार्ने प्रवृत्तिले परिवर्तनको बाटो रोज्न बाध्य भएँ”

    समाचार

    मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

    वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

    पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

    फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

    काभ्रे खबर

    वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

    पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७८६७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५२२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१२३ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९६९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९४० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८२९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑