• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष ८, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

      ३ घण्टा अघि

      एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

      ४ घण्टा अघि

      मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

      २ दिन अघि

      नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

      ३ दिन अघि

      भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

      ४ दिन अघि

      छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

      १ हफ्ता अघि

      मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

      १ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

      १ हफ्ता अघि

      अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

      १ हफ्ता अघि

      प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

      १ हफ्ता अघि

      नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

      २ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

      २ हफ्ता अघि

      युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

      २ हफ्ता अघि

      कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

      २ हफ्ता अघि
    in
    आज: २०८२ पौष ८, मंगलबार
    होमपेज /  काभ्रे खबर

    एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

  • राजन दाहाल
  • २०८२ पौष ८, मंगलबार (४ घण्टा अघि)
  • ९८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती / काभ्रे

    पनौती नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ देखि पहिलो पटक एकीकृत ठेक्का प्रक्रिया अपनाएर विकास योजनाहरूको कार्यान्वयन सुरु गरेको छ। नगरपालिकाभित्र रहेका १२ वटै वडाका वडा भित्रका साना–ठूला योजनालाई प्याकेजका रूपमा समेटी एउटै ठेक्काबाट काम गरिने व्यवस्था लागू गरिएको हो।

    नगरपालिकाका अनुसार यस आर्थिक वर्षमा पनौती नगरभित्र करिब ६ सय ३३ वटा योजना रहेका छन्। तीमध्ये हालसम्म विभिन्न वडाका २ सय ५६ वटा योजना एकीकृत गरी ६७ वटा प्याकेज बनाइएको छ। सोमध्ये ५१ वटा प्याकेजको ठेक्का निकालेर काम धमाधम भइरहेको पनौती नगरपालिकाका सिनियर डिभिजन इन्जिनियर सन्तोष कुमार अधिकारीले जानकारी दिएका छन् ।

    पनौती नगरपालिकाको १७ औँ नगरसभाबाट ५ लाख रुपैयाँभन्दा माथिका सबै योजना ठेक्कामार्फत कार्यान्वयन गर्ने निर्णय गरिएको थियो। सोही निर्णयअनुसार एकीकृत ठेक्का प्रक्रिया अघि बढाइएको अधिकारीले बताए। उनका अनुसार नगरपालिकाभित्र टुक्रे योजनाको संख्या धेरै भएकाले एउटै प्याकेजमा समेटेर काम गर्दा योजना सञ्चालन र अनुगमन दुवै सहज हुने गरेको छ।

    एकीकृत ठेक्काबाट काम गर्दा कम लागतमा बढी काम गर्न सकिने, समयमै योजना सम्पन्न हुने र गुणस्तरमा समेत सुधार आउने अधिकारीको भनाइ छ। उपभोक्ता समितिबाट गरिने कामको तुलनामा ठेक्कामार्फत काम गरिँदा एक वर्षभित्र योजना बिग्रिए ठेकेदार जिम्मेवार हुने व्यवस्था रहने हुँदा दीर्घकालीन रूपमा यो प्रक्रिया प्रभावकारी हुने उनले बताए।

    त्यसैगरी ठेक्काबाट काम गर्दा नागरिकलाई बिल–भर्पाइ तथा कागजी झन्झट नहुने, कामको ल्याब परीक्षण हुने, गुणस्तरीय निर्माण सुनिश्चित हुने र ठेकेदारले बिलोमा ठेक्का हाल्ने भएकाले नगरपालिकालाई आर्थिक रूपमा थप सहजता हुने नगरपालिकाको विश्वास छ।

    एकीकृत ठेक्का प्रक्रियालाई पारदर्शिता, गुणस्तर र प्रभावकारी विकासको नयाँ अभ्यासको रूपमा लिएको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

    मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

    नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    समाचार

    पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

    एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

    मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

    नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

    काभ्रे खबर

    पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

    एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

    नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६१६ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९३७ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७९५ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७३६ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५५१ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२६२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑