• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ १३, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      ४ घण्टा अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      १ दिन अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      ५ दिन अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      ६ दिन अघि

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      १ हफ्ता अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      १ हफ्ता अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      २ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      २ हफ्ता अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      २ हफ्ता अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      २ हफ्ता अघि

      पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

      २ हफ्ता अघि

      वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

      ३ हफ्ता अघि

      विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

      ३ हफ्ता अघि

      समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

      ४ हफ्ता अघि
    in
    आज: २०८२ माघ १३, मंगलबार
    होमपेज /  काभ्रे खबर

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

  • राजन दाहाल
  • २०८२ माघ १३, मंगलबार (४ घण्टा अघि)
  • ११० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    भकुण्डेबेसी
    प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को तयारीका लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ वडा तहसम्म संगठन परिचालन गर्दै सक्रिय रूपमा जुटेको छ।
    प्रतिनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिले तयारी भेला आयोजना गरी वडा तहसम्म पार्टी संगठनलाई निर्वाचनको प्रचारप्रसार तथा व्यवस्थापनमा परिचालन गरेको हो।
    परिचालन समितिका संयोजक तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामाका अनुसार, तयारी भेलापछि क्षेत्र अन्तर्गतका ६९ वटै वडामा निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिको कार्यालय स्थापना गरिनेछ। उनका अनुसार ती कार्यालय सञ्चालनका लागि आवश्यक व्यवस्थापकीय प्रबन्ध पूरा भइसकेको छ।
    कांग्रेसले क्षेत्र नं. १ अन्तर्गतका ६९ वटै वडामा परिचालन तथा प्रचारप्रसार समिति गठन गरी तत्काल निर्वाचनको तयारी थाल्न निर्देशन दिएको छ। पालिका तथा वडा स्तरमा गठन भएका समितिहरूको काम, कर्तव्य र अधिकार स्पष्ट गर्दै पार्टीका विभिन्न तहका कार्यसमिति, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई परिचालन गरिएको उनले जानकारी दिए। तयारी भेलाले क्षेत्र नम्बर १ अन्तर्गतका विभिन्न स्थानीय तहमा सञ्चालन गरिने निर्वाचन केन्द्रित गतिविधिहरू कार्यतालिकासहित तय गरेको छ। सोही कार्यतालिकाअनुसार निर्वाचन गतिविधि अघि बढाइने संयोजक लामाले बताए।
    निर्वाचन तयारीकै सन्दर्भमा नेपाली कांग्रेसले विभिन्न स्थानीय तहका काठमाडौँ सम्पर्क समितिमार्फत भेला तथा अन्तरक्रिया सम्पन्न गरिसकेको छ। काठमाडौँमा विभिन्न पेशा तथा व्यवसायमा संलग्न क्षेत्र नम्बर १ का मतदातासँग छलफल तथा अन्तरक्रिया गरी निर्वाचनको आधार तयार गरिएको कांग्रेसले जनाएको छ।
    मंगलबार भकुण्डेबेसीमा आयोजित तयारी भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य गणेश लामाले संविधान अझै पनि संकटमा रहेकाले त्यसलाई सही ट्रयाकमा ल्याउन निर्वाचन अपरिहार्य रहेको बताए। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफू आकांक्षी रहे पनि पार्टीको निर्णयलाई सम्मान गर्दै कांग्रेसका उम्मेदवार गुणराज मुक्तानलाई जिताउन सक्रिय भूमिका खेल्ने उनले प्रतिबद्धता जनाए।
    नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तथा बागमती प्रदेशका पूर्वमन्त्री तीर्थ लामाले सुशासन, पारदर्शिता र उत्तरदायित्वसहितको समाज निर्माणका लागि कांग्रेसको जित अपरिहार्य रहेको बताए। पार्टीभित्र देखिने तिता–मिठा बहस स्वाभाविक रहेको उल्लेख गर्दै उनले सामाजिक, वैचारिक र राजनीतिक रूपमा खारिएका नेता गुणराज मुक्तानलाई जिताउनु सबै नेता–कार्यकर्ताको साझा दायित्व भएको धारणा राखे।
    प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार तथा नेपाली कांग्रेसका सचिव गुणराज मुक्तानले बदलिएको कांग्रेसले नै देश बदल्न सक्ने दाबी गर्दै युवा पुस्ताका समस्या, सवाल र सम्भावनालाई बोकेर आफू निर्वाचन मैदानमा उत्रिएको बताए।
    प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार मिरा नेपालीले पार्टीले आफूलाई अवसर दिएकोमा धन्यवाद दिँदै युवा, महिला, आदिवासी जनजाति लगायत सबै वर्ग र क्षेत्रलाई समान अवसर दिने दल नेपाली कांग्रेस नै भएको तर्क गरिन्।
    कार्यक्रममा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका उपसभापति रमेशप्रसाद हुमागाईं, बागमती प्रदेश सदस्य विक्रम लामा, नेता शंखबुद्ध लामा, महासमिति सदस्य सार्कीमान बल, जिल्ला कोषाध्यक्ष जगन्नाथ गिरी, प्रवक्ता सन्तमान तामाङ, प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का सभापति चन्द्रबहादुर लामा, प्रदेशसभा १ (क) का सभापति रामबहादुर योन्जन, महाधिवेशन प्रतिनिधि अन्जु रञ्जित केसी, नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिका सभापति तथा नगरप्रमुख कुन्साङ लामा, पनौती नगर सभापति तथा नगरप्रमुख रामशरण भण्डारी, धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगम, धुलिखेल नगर सभापति बिदुरबहादुर बस्नेतलगायतले कांग्रेसलाई विजयी गराउन पार्टीका सबै तहका नेता–कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
    त्यसैगरी नेपाली कांग्रेस काभ्रे–काठमाडौँ सम्पर्क समितिका सभापति बद्रिराज तिमल्सिना, नेपाल तरुण दलका केन्द्रीय सदस्य स्मिता मोक्तान, प्रदेशसभा १ (क) काठमाडौँ सम्पर्क समितिका सभापति हेमन्त लामा, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रेम लामा थोकर, नेपाल तरुण दल प्रदेशसभा १ (क) का सभापति रामध्वज लामा लगायतले संगठन सुदृढ गर्दै निर्वाचन अभियानलाई तीव्र बनाउनुपर्ने धारणा राखे।
    कार्यक्रमकै क्रममा नेपाली कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य तथा नमोबुद्ध नगरपालिका वडा नं. ९ का सूर्यकुमार श्रेष्ठ, तेमाल गाउँपालिका वडा नं. ७ बाट नेकपा एमाले परित्याग गरेका विष्णुबहादुर तामाङ, फुर्पे तामाङ, युवराज शाह, किरण तामाङ, मानबहादुर तामाङ, सुनिल तामाङ, पाल्तेन तामाङ, सुदिप तामाङ, सचिन तामाङ, रामबहादुर तामाङसहित २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

    रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

    काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

    समाचार

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

    रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

    काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

    काभ्रे खबर

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

    काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७०३ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९८८ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८६९ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८१२ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६७२ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३३७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑