बनेपा / काभ्रे
ABM स्कुल बनेपामा शैक्षिक हबको रूपमा स्थापित हुँदै
काभ्रे बनेपा–११ स्थित आदर्श विद्यामन्दिर (ABM) स्कुलको २१औँ वार्षिकोत्सव तथा अभिभावक समारोह भव्य रूपमा आज सुरु भएको छ। समारोहमा बोल्ने वक्ताहरूले विद्यालयले विगत दुई दशकभन्दा बढी समयदेखि अघि बढाएको शैक्षिक सुधार र नवप्रवर्तनलाई ‘शैक्षिक क्रान्ति’ को संज्ञा दिँदै उच्च प्रशंसा गरेका छन्।
कार्यक्रमका वक्ताहरूले गुणस्तरीय शिक्षा, अनुशासित व्यवस्थापन, प्रविधिमैत्री सिकाइ प्रणाली र परिणाममुखी शिक्षण पद्धतिका कारण ABM स्कुल बनेपामा मात्र होइन, काभ्रे जिल्लाकै शैक्षिक केन्द्र (Educational Hub) का रूपमा विकसित हुँदै गएको धारणा व्यक्त गरेका थिए।
विद्यालयका संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनअनुसार हाल विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म ७८७ जना तथा कक्षा ११ र १२ मा ३४५ जना विद्यार्थी अध्ययनरत छन्। उहाँले २०८१ साल असारमा ISO EOMS 21001 प्रमाणपत्र प्राप्त गर्ने काभ्रे जिल्लाकै पहिलो विद्यालय बनेको जानकारी दिँदै यस उपलब्धिले विद्यालयको शैक्षिक विश्वसनीयता थप बलियो बनाएको उल्लेख गरेका थिए ।
वक्ताहरूले ब्लुम्स ट्याक्सोनोमीमा आधारित शिक्षण सिकाइ विधि, Concept–Content–Reflect (3CR) Method, युनिट–वाइज एक्जिबिसन, अनलाइन एप प्रणाली, बालमैत्री कक्षाकोठा, रिसर्च सेन्टर, साइन्स तथा कम्प्युटर ल्याबजस्ता पूर्वाधारले विद्यार्थीको दीर्घकालीन सिकाइमा सकारात्मक प्रभाव पारेको धारणा राखेका थिए।
कार्यक्रममा अभिभावकहरूले विद्यालयले अपनाएको समावेशी छात्रवृत्ति नीति, समयमै शिक्षक–कर्मचारीको सेवा सुविधा, अनुशासित वातावरण र सुरक्षित यातायात सेवा ले आफूहरू विश्वस्त बनेको प्रतिक्रिया दिएका थिए। वक्ताहरूले शिक्षालाई व्यापारिक दृष्टिकोणभन्दा माथि राखेर मानवीय मूल्य, अनुशासन र प्रतिस्पर्धात्मक क्षमता विकास मा जोड दिइएकोमा विद्यालय व्यवस्थापनलाई धन्यवाद दिएका थिए।
समारोहमा अभिभावक, विद्यार्थी, शैक्षिक क्षेत्रका विज्ञ, विभिन्न विद्यालयका प्राचार्य, पत्रकार तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले आगामी दिनमा पनि ABM स्कुलले शिक्षा क्षेत्रमा नवीन प्रयोगमार्फत उदाहरणीय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। अबिभावक दिवस भोलि सम्म चल्ने बिद्यालयका प्रधानाध्यापक राम प्रसाद तिमल्सिनाले जानकारी दिए ।




