• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ चैत्र २२, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

      ५ दिन अघि

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      १ हफ्ता अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      १ हफ्ता अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      १ हफ्ता अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      २ हफ्ता अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      २ हफ्ता अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      २ हफ्ता अघि

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      २ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      २ हफ्ता अघि

      एमालेको कारबाहीपछि वडा अध्यक्ष बजगाईको आक्रोशपूर्ण अभिव्यक्ति : “ओझेलमा पार्ने प्रवृत्तिले परिवर्तनको बाटो रोज्न बाध्य भएँ”

      २ हफ्ता अघि

      वडा अध्यक्ष होम प्रसाद बजगाँइलाई पार्टीबाट निष्काशन, पद खारेजको प्रक्रिया अगाडि बढ्ने

      ३ हफ्ता अघि

      ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

      ४ हफ्ता अघि

      ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

      १ महिना अघि

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      १ महिना अघि

      काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

      १ महिना अघि
    in
    आज: २०८२ चैत्र २२, आईतबार
    होमपेज /  काभ्रे खबर

    काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

  • राजन दाहाल
  • २०८२ फागुन ७, बिहिबार (१ महिना अघि)
  • २९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे

    बसुन्धरा हुमागाइ कुनै दरबारमा जन्मिनु भएको होइन, सुनौलो भविष्य हातमा लिएर धनी परिवारमा जन्मिनु भएको व्यक्ति पनि होइन। सामान्य खान लाउन पुग्ने परिवारको छोरो हुनुहुन्छ। उहाँ माटोमा खेल्दै, घाम र पसिनासँग हुर्किएको सामान्य किसान परिवारको छोरो हुनुहुन्छ।

    वि।सं। २०२७ साल मंसिर १९ गते, तत्कालीन कलाती भूमिडाँडा गाविस वडा नम्बर ९, हाल पनौती नगरपालिका वडा नम्बर १२, कलाँतीछापमा उहाँको जन्म भएको हो। त्यहीँ जन्मिनुभयो, त्यहीँ संघर्ष सिक्नुभयो, अनि त्यहीँ सपना देख्न थाल्नुभयो। पिता नारायण प्रसाद हुमागाइ र माता पुष्प माया हुमागाइका नौ दाजुभाइ दिदीबहिनीमध्ये जेठो सन्तानको रूपमा जन्मिनुभएको हो। मेहनत र धैर्य हजुरबुवाबाट पाउनुभएको उहाँको पहिलो सम्पत्ति हो। अरू बालक खेल्दा उहाँ जिम्मेवारी बुझ्न थाल्नुभएको थियो। सानै उमेरमा बुझ्नुभयो, घर चलाउन सपना मात्रै काफी हुँदैन, मेहनत चाहिन्छ, त्याग चाहिन्छ।

    उहाँको बाल्यकाल सजिलो थिएन। कहिले बाझंगको खेतका डिलमा खेताला, कहिले गोठको गन्ध, कहिले गाईवस्तुको डोरी समातेका हात, कहिले साइकलमा दुनोट बेच्दै, कहिले क्रान्तिका आवाज बोकेर गाउँ, कहिले कोदालो बोकेर बाटो खन्ने दिनहरू सम्झनामा छन्। आमाको थाकेको अनुहार र बाबाको मौन चिन्ताबीच उहाँ हुर्किनुभयो। त्यही जन्मभूमिबाट सिक्नुभयो, दुःख देखेर भाग्ने होइन, दुःखसँगै उभिनु नै जीवन हो भन्ने कुरा बुझ्नुभयो।

    इन्द्रेश्वर माध्यमिक विद्यालय, पनौतीबाट एसएलसी पास गर्नुभयो र त्यसपछि पाटन क्याम्पसबाट आइएससम्म अध्ययन पूरा गर्नुभयो। थप पढाइ पारिवारिक समस्याले बीचमा रोकियो तर उहाँको पढाइ कक्षा कोठाको चार पर्खालभित्र मात्र सीमित रहेन। जीवनले उहाँलाई व्यवहारबाट सिकायो, संघर्षबाट पढायो। १५ वर्षको उमेरमै २०३८ सालको बाढीले भत्काएको बाटो देख्दा उहाँ चुप बस्न सक्नुभएन। अरूले समस्या देखे, उहाँले समाधान खोज्ने प्रयास गर्नुभयो। उमेर सानो थियो, तर जिम्मेवारीको अर्थ त्यही दिन बुझ्नुभयो। त्यो अनुभवले सिकायो कि देश भाषणले होइन, श्रम र कामले बन्छ। त्यो बाटो मर्मत गर्नु केवल सडक बनाउनु थिएन, त्यो उहाँको जीवनको पहिलो सार्वजनिक जिम्मेवारी थियो, जसले सेवाको यात्रातर्फ अगाडि बढायो।

    २०४० सालमा कक्षा ६ मा अध्ययनरत रहँदा नै उहाँ अनेरास्ववियु पाँचौँको सदस्य बन्नुभयो। त्यो उमेरमा राजनीति उहाँका लागि पद, शक्ति वा व्यक्तिगत फाइदाको सपना थिएन। यो अन्याय सहन नसक्ने मनको आवाज र समाजमा समानताको खोजी गर्ने साहसिक यात्राको पहिलो पाइला थियो। वरिपरि देखिएका विभेद, असमानता र मौन पीडाले उहाँलाई चुप बस्न दिएनन्। ती दृश्यहरूले प्रश्न गर्न, बोल्न र उभिन बाध्य बनाए। यही चेतनाले २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा बहुदलीय व्यवस्था स्थापनाका लागि उहाँलाई सहयोगी भूमिकामा उभ्यायो। त्यो आन्दोलन केवल राजनीतिक परिवर्तनको लडाइँ थिएन, त्यो उहाँको जीवनलाई उद्देश्य, प्रतिबद्धता र दिशासहित अघि बढाउने निर्णायक मोड बन्यो।

    २०४७ सालमा मालेमा प्रवेश गर्दै उहाँको राजनीतिक यात्रा औपचारिक रूपमा अघि बढ्यो। २०४८ सालपछि एमालेमा आबद्ध भई गाउँ कमिटी सचिव, इलाका कमिटी सचिव, जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिव र राष्ट्रिय महाधिवेशन प्रतिनिधि जस्ता जिम्मेवारी सम्हाल्नुभयो। यी पदहरू केवल जिम्मेवारी मात्र थिएनन्, ती जनतासँग जोडिने, उनीहरूको दुःख–सुख बुझ्ने र समाधान खोज्ने विद्यालय बने। एकीकरण, विभाजन र निरन्तर संघर्षका कठिन घडीहरू आए, तर उहाँको प्रतिबद्धता कहिल्यै डगमगाएन। आज पनि उहाँ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यका रूपमा जनताको सेवामा उभिनुभएको छ।२६ वर्षको उमेरमा, २०५४ सालमा, काभ्रेको माटोले उहाँलाई विश्वास गर्‍यो र उहाँ तत्कालीन कलाती भूमिडाँडा गाविसको अध्यक्षमा निर्वाचित हुनुभयो। त्यही वर्ष गाउँ विकास महासङ्घको जिल्ला कार्यसमितिमा निर्वाचित भई काभ्रेका गाउँ र किसानका आवाज केन्द्रसम्म पुर्‍याउने प्रयास गर्नुभयो।

     

    दलीय संयन्त्रमा गाउँ जिल्ला समिति प्रतिनिधिका रूपमा काम गर्दै सहकार्य र समन्वयको महत्व बुझ्नुभयो। यही अनुभव र जनतासँगको सम्बन्धका आधारमा २०७४ सालमा काभ्रे क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो। २०७८ मंसिर २८ देखि २०७९ पुष २५ सम्म बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रीका रूपमा काम गर्दै किसान, पशुपालक र ग्रामीण अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुभयो। जहाँ पुग्नुभयो, सधैं काभ्रेको माटोको गन्धसँगै जानुभयो।

    तत्कालीन कलाती भूमिडाँडाका २ विद्यालय व्यवस्थापन समिति अध्यक्षका रूपमा शिक्षा सुधार र नयाँ भवन निर्माणमा सक्रिय रहनुभयो। चुनखानी सामुदायिक वन, खानेपानी आयोजना र कलाती भूमिडाँडा साना किसान सहकारी संस्थाका संस्थापक अध्यक्षका रूपमा नेतृत्व गर्नुभयो। रेडक्रस, स्वास्थ्य चौकी र भालेश्वर नारी चेतना केन्द्रमार्फत सल्लाहकारका रूपमा सेवा गर्नुभयो। उहाँका लागि सेवा पद होइन, जिम्मेवारी हो।

    उहाँको विचार क्रान्तिकारी किसानमुखी समाजवाद हो। श्रमलाई शक्ति र किसान मजदुरलाई राज्यको मेरुदण्ड मान्नुहुन्छ। शोषण, भ्रष्टाचार र बेइमानीविरुद्ध उभिनु उहाँको राजनीति हो। सुशासन जनताप्रति जवाफदेही भएर काम गर्ने प्रतिज्ञा हो। उत्पादन बढाएर आत्मनिर्भर बनाउने, युवालाई काम र सम्मान दिने र प्रदेशलाई स्वाभिमानी बनाउने उहाँको दृष्टि छ।

    उहाँको नेतृत्व जनताबाट टाढा बसेर निर्णय गर्ने होइन, जनताकै बीचमा उभिएर बाटो खोज्ने नेतृत्व हो। सार्वजनिक बसमा हिँडेर समाजका दुःख चिन्नुभएको छ। संकटमा भाग्ने होइन, सामना गर्ने आँट राख्नुहुन्छ। समस्या देख्दा दोष होइन, समाधान खोज्ने बानी छ।

    कामको मूल्याङ्कन शब्दले होइन, परिणामले हुन्छ भन्ने उहाँको विश्वास छ। गाविसको मूल्याङ्कनमा पाँच वर्षभित्र प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट टप १० मा स्थान पाउनु सामूहिक मेहनतको परिणाम हो।

    २०४३ सालमा १५ वर्षको उमेरमा ढुङ्खर्ककी अम्बिका हुमागाइसँग उहाँको विवाह भयो। तीन छोरी र एक छोरा उहाँका जीवनका आधार हुन्। आर्थिक अभाव, संघर्ष र कठिन दिनहरूले उहाँलाई कमजोर बनाएनन्। बरु गरिबीको पीडा बुझ्ने बनायो।

    उहाँले जीवनमा धेरैपटक मृत्युको मुखबाट फर्किनुभएको छ। मोटरसाइकल दुर्घटना, बेहोस हुने अवस्था, कोरोना, डेंगु, अपरेसनहरू। काठमाडौँका गल्लीहरूमा संघर्ष गर्नुभयो। खेताला गएर फी तिर्नुभयो, गाडीको खलासी बन्नुभयो, डेरीमा काम गर्नुभयो, किराना पसल चलाउनुभयो। यी सबैले श्रमको सम्मान सिकायो।

    भूकम्प र बाढीले उहाँको जीवन र गाउँ दुवैलाई धक्का दियो। निर्माण गरिएका संरचना ध्वस्त भए। उहाँ रोउनुभयो, तर हार मान्नुभएन। प्रभावित क्षेत्रमा पुगेर सक्दो सहयोग गर्नुभयो।

    आज पनि उहाँ काभ्रेको माटोसँग जोडिएर जनताका लागि खटिरहनुभएको छ। उहाँ वाचा बेच्न होइन, कामको हिसाब दिन आएको नेतृत्व हो।

    अब उहाँ प्रत्येक पालिकामा “युथ इम्प्लोइमेन्ट सेन्टर” स्थापना गर्ने सोचसहित अघि बढ्नुभएको छ। यो बोर्ड टाँग्ने कार्यालय होइन, युवाको भविष्य बनाउने थलो हुनेछ। यहाँ काम खोज्ने होइन, काम सिर्जना गर्न सिकाइनेछ। कृषि, पर्यटन, उद्यम र नवप्रवर्तनलाई बजार, प्रविधि र नीतिसँग जोडिनेछ।

    यो घोषणापत्र मात्र होइन। यो युवासँगै देश बनाउने आन्दोलन हो।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

    मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

    वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

    पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

    समाचार

    गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

    300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

    काभ्रे खबर

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

    पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९०३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५४८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१४८ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९८९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९७४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८७० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑