• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ २६, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ दिन अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      ५ दिन अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      ५ दिन अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      २ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      ३ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      ३ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      ३ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      ३ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ३ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      ३ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ४ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ अषाढ २६, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

  • राजन दाहाल
  • २०८२ फागुन ९, शनिबार (४ महिना अघि)
  • ४२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १२ मिनेट
  • काभ्रेपलाञ्चोक / बनेपा

    सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल, काभ्रेपलाञ्चोकको आयोजनामा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा इन्जिनियर तथा आर्किटेक्टहरूसँग उम्मेदवार साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गुणराज मुक्तान र क्षेत्र नं. २ का उम्मेदवार ई. मधु आचार्य सहभागी भई आफ्नो विकास दृष्टिकोण, प्राथमिकता र योजनाबारे धारणा राखेका थिए ।

    क्षेत्र नं. १ का उम्मेदवार गुणराज मुक्तानले निर्वाचनमा विजयी भएपछि राष्ट्र निर्माण तथा स्थानीय विकासका लागि प्राविधिक समुदायले तयार पारेका योजनागत खाका र दीर्घकालीन अवधारणालाई कार्यान्वयनमा लैजान आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले वैज्ञानिक योजना, गुणस्तरीय पूर्वाधार र स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत काभ्रेपलाञ्चोकको दिगो विकास सम्भव रहेको उल्लेख गर्दै उनले प्राविधिक जनशक्तिलाई नीति निर्माणदेखि कार्यान्वयन तहसम्म सम्मानजनक सहभागिता सुनिश्चित गरिने बताए।

    आफू निर्वाचन जितेर गएपछि  “प्राविधिक क्षेत्रको सुझावलाई विकास योजनाको आधार बनाउँदै पारदर्शी र परिणाममुखी कार्यको थालनी गर्नेछु।” उनले भने ।

    छलफलका क्रममा सहभागी इन्जिनियरहरूले काभ्रेपलाञ्चोकका दुवै क्षेत्रमा बौद्धिक तथा विकास–उन्मुख उम्मेदवार रहेको उल्लेख गर्दै साझा सहकार्य र ऐक्यबद्धताबाट निर्वाचन विजय सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले आफूहरू पेशागत रूपमा अघि बढ्न उम्मेदवारहरूको विगतदेखि प्राप्त साथ, सहयोग र प्रेरणा महत्वपूर्ण रहेको स्मरण समेत गरे ।

    अन्तरक्रियामा इन्जिनियरहरूले काभ्रेपलाञ्चोकमा रहेका प्रमुख विकास सम्भावनाका क्षेत्र—एकीकृत खानेपानी, सुरक्षित तथा स्तरीय सडक सञ्जाल, योजनाबद्ध शहरीकरण, भू–उपयोग व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, कृषि–सिँचाइ र पर्यटन पूर्वाधार—बारे मार्गनिर्देशन प्रस्तुत गरेका थिए। साथै प्राविधिक अध्ययन, तथ्याङ्कमा आधारित योजना र बहु–तहबीच समन्वयात्मक कार्यशैलीमार्फत जिल्लाको समग्र विकास तीव्र बनाउन निर्वाचित जनप्रतिनिधिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए।

    यसै क्रममा क्षेत्र नं. २ का उम्मेदवार ई. मधु आचार्यले बनेपा–पनौती–धुलिखेल क्षेत्रको एकीकृत खानेपानी आयोजना समयमै सम्पन्न हुन नसक्दा नागरिकहरू अझै खानेपानी अभावको समस्याबाट गुज्रिनु परेको बताए। सम्बन्धित निकाय, ठेकेदार र सरोकारवालाबीच प्रभावकारी समन्वय अभावका कारण आयोजना अलपत्र अवस्थामा पुगेको उनको भनाइ थियो। उनले आफू निर्वाचित भएपछि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्दै उक्त आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने र तीनै नगरपालिकाका नागरिकलाई स्वच्छ, सुरक्षित तथा दिगो खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रममा प्राविधिक समुदाय र राजनीतिक नेतृत्वबीच निरन्तर संवाद, नीति–निर्माणमा विज्ञताको प्रयोग तथा काभ्रेपलाञ्चोकको दिगो र समावेशी विकासका लागि साझा कार्ययोजना आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    समाचार

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१०६ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७१३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३१४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१७४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१४१ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०४५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑