• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ ४, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ दिन अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ दिन अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      ३ दिन अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ४ दिन अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      ४ दिन अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      १ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      १ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      १ हफ्ता अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      १ हफ्ता अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      १ हफ्ता अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      १ हफ्ता अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      २ हफ्ता अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      २ हफ्ता अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      २ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ ४, बिहिबार
    होमपेज /  काभ्रे खबर

    छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

  • राजन दाहाल
  • २०८३ बैशाख १६, बुधबार (१ महिना अघि)
  • २०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • पनौती

    पनौती नगरपालिकाले नगर क्षेत्रभित्र बढ्दो छाडा तथा आक्रामक कुकुरको समस्या नियन्त्रण गर्न अत्यन्त जरुरी सूचना जारी गर्दै कुकुर व्यवस्थापनमा कडाइ गर्ने जनाएको छ। पछिल्लो समय विभिन्न वडा तथा टोलबस्तीमा सामुदायिक (छाडा) कुकुरहरू समूहमा हिँड्ने, पैदलयात्रीलाई त्रसित बनाउने तथा कृषकका गोठमा प्रवेश गरी पशुचौपायामाथि आक्रमण गर्ने घटना बढेपछि नगरपालिकाले यस्तो सुचना जारी गरेको हो ।

    नगरपालिकाले सार्वजनिक स्वास्थ्य, सुरक्षा तथा सरसफाइलाई मध्यनजर गर्दै घरपालुवा कुकुरधनीलाई आफ्ना कुकुर अनिवार्य रूपमा बाँधेर वा सुरक्षित रूपमा राख्न तथा सार्वजनिक स्थानमा छाडा नछोड्न निर्देशन दिएको छ। साथै सडक, सार्वजनिक स्थल तथा पैदलमार्गमा कुकुरले फोहोर गरे तत्काल सफा गर्न पनि आग्रह गरिएको छ।

    यस्तै, पशुपालक कृषकहरूलाई आफ्ना पशुचौपायाको सुरक्षाका लागि गोठ, झ्याल, ढोका तथा बारबन्देज मजबुत बनाउन र सम्भावित आक्रमणबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

    नगरपालिकाले बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको सुरक्षालाई विशेष प्राथमिकता दिँदै सामूहिक रूपमा रहेका कुकुरबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ। कुकुरलाई जिस्क्याउने वा आक्रामक बनाउने गतिविधि नगर्न पनि चेतावनी दिइएको छ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित जनस्वास्थ्य ऐन अनुसार सार्वजनिक शान्ति, सुरक्षा र स्वास्थ्यमा असर पुग्ने गरी कुकुर छाडा छोडिएको पाइएमा कानुनबमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ।

    पनौती नगरपालिकाले नगरको सुरक्षा र सरसफाइ कायम राख्न सुरु गरिएको यस अभियानमा सम्पूर्ण नगरवासीको सहयोगको अपेक्षा गरिएको नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

    नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

    जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

    सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    समाचार

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

    नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

    जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

    सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०८३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६८९ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२९५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१५१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६११६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०१९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑