चौरीदेउराली / काभ्रे
काभ्रेको चौँरीदेउराली गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पालिका स्तरीय प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीमान तामाङको नेतृत्वमा नयाँ पालिका समिति चयन गरेको छ।
नवगठित समितिको उपसभापतिमा सरिता चोलागाई, सचिवमा विनोद ढुंगाना, सहसचिवमा झलक गौतम र कोषाध्यक्षमा देवीबहादुर चोलागाई चयन भएका छन्। सदस्यहरूमा राजकुमार गौतम, बिदुर पन्त, अभिषेक प्रधान, सुजिता चोलागाई, अशोक श्रेष्ठ र डिल्लीप्रसाद चोलागाई रहेका छन्।
अधिवेशनले केदार काफ्लेको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ। उक्त समितिमा भीमसेन गौतम, बुद्धि ढुंगेल र उद्धव गौतम सदस्य चयन भएका छन्।
त्यसैगरी, चौँरीदेउराली सम्पर्क समितिको संयोजकमा प्रकाश दाहाल चयन भएका छन् भने जिल्ला अधिवेशन प्रतिनिधिका रूपमा धर्मनाथ बुढाथोकी, कमलप्रसाद काफ्ले, उज्वल चोलागाई र उमा प्रधान चयन भएका छन्। प्रदेश अधिवेशन प्रतिनिधिमा उमेश कुमार गौतम र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मेखबहादुर लामा तामाङ चयन गरिएको छ।
चौँरीदेउरालीमा सम्पन्न यो अधिवेशन काभ्रे जिल्लाका १३ स्थानीय तह मध्ये रास्वपाको पहिलो पालिका अधिवेशन भएको बताइएको छ। अब क्रमशः अन्य पालिकाहरूमा पनि अधिवेशन आयोजना गरिने जिल्ला सभापति प्रविण ढकालले जानकारी दिएका छन्।




