• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ १३, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ४ दिन अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      १ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      २ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      २ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      २ हफ्ता अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      २ हफ्ता अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      २ हफ्ता अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      २ हफ्ता अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      ३ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      ३ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ १३, शनिबार
    होमपेज /  काभ्रे खबर

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

  • राजन दाहाल
  • २०८३ जेष्ठ १, शुक्रबार (१ महिना अघि)
  • २०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट
  • पनौती / काभ्रे

    पनौती नगरपालिकाको स्वास्थ्य शाखा र कृषि तथा पशुपन्छी शाखाको संयुक्त आयोजनामा प्रतिजैविक प्रतिरोध तथा जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख जनक केसीले प्रतिजैविक प्रतिरोधको विश्वव्यापी प्रभावबारे प्रस्तुतीकरण गर्दै विश्वभर प्रतिवर्ष करिब १३ लाख मानिसले प्रतिजैविक प्रतिरोधका कारण ज्यान गुमाइरहेको तथ्यांक प्रस्तुत गरे । उनले प्रतिजैविक प्रतिरोध नियन्त्रणमा गरिएको लगानी अत्यन्त लाभदायक हुने उल्लेख गर्दै अहिले गरिएको सचेतना र नियन्त्रणका प्रयासले भविष्यमा ठूलो स्वास्थ्य तथा आर्थिक क्षति रोक्न सकिने बताए ।

    उनका अनुसार प्रतिजैविक प्रतिरोध भनेको जीवाणुहरूले प्रतिजैविक औषधिको असर सहन सक्ने क्षमता विकास गर्नु हो । जसका कारण पहिले प्रभावकारी रहेका औषधिहरूले पछि काम नगर्ने अवस्था सिर्जना हुन्छ । चिकित्सकको सल्लाहबिना जथाभावी एन्टिबायोटिक सेवन गर्नु, औषधि निर्धारित समयसम्म पूरा नगर्नु, सामान्य भाइरल रोगमा समेत एन्टिबायोटिक प्रयोग गर्नु तथा पशुपालन र कृषिमा अत्यधिक प्रयोग हुनु यसका मुख्य कारण रहेको उनले बताए ।

    प्रतिजैविक प्रतिरोधका कारण सामान्य संक्रमणसमेत जटिल बन्ने, उपचार खर्च बढ्ने, बलिया औषधिको आवश्यकता पर्ने र मृत्युको जोखिम समेत बढ्ने भएकाले चिकित्सकको सल्लाह अनुसार मात्र औषधि प्रयोग गर्न उनले आग्रह गरेका छन् ।

    कार्यक्रममा कृषि तथा पशुपन्छी शाखाकी प्रमुख तथा पशु चिकित्सक दिपिका रेग्मीले जुनोटिक रोग र प्रतिजैविक प्रतिरोधबीचको सम्बन्धबारे प्रस्तुतीकरण गरेकी थिइन् । उनले पशु तथा मानव स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएको बताउँदै पशुपालन क्षेत्रमा अनियन्त्रित औषधि प्रयोगले मानव स्वास्थ्यमा समेत गम्भीर असर पार्ने उल्लेख गरिन् । पशुजन्य रोगको रोकथामका लागि पशु स्वास्थ्य परीक्षण, खोप, सरसफाइ तथा सुरक्षित खाद्य उपभोगमा विशेष ध्यान दिनुपर्ने उनको प्रस्तुतीकरणमा रहेको थियो ।

    जुनोटिक रोग भनेको जनावरबाट मानिसमा सर्ने रोग हो । यस्ता रोग भाइरस, ब्याक्टेरिया, परजीवी वा फङ्गसका कारण फैलिने गर्दछन् । संक्रमित जनावरको सम्पर्क, टोकाइ, मासु, दूध, फोहोर वा हावामार्फत समेत रोग सर्न सक्ने भएकाले सचेत रहनुपर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी ले प्रकृति, पशु र मानव स्वास्थ्य एकआपसमा गहिरो रूपमा जोडिएको बताउँदै “एक स्वास्थ्य” अवधारणालाई स्थानीय तहबाटै व्यवहारमा लागू गर्न आवश्यक रहेको बताए । उनले यस्ता जनचेतनामूलक तथा स्वास्थ्य सुरक्षासँग सम्बन्धित कार्यक्रमलाई नगरपालिकाले आगामी दिनमा समेत प्राथमिकताका साथ बजेट व्यवस्थापन गर्दै निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

    नेपालमा प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि राष्ट्रिय स्तरमा प्रतिजैविक प्रतिरोध राष्ट्रिय निर्देशक समिति, राष्ट्रिय प्राविधिक कार्यविधि तथा प्रादेशिक निर्देशक समिति गठन लगायतका प्रयासहरू अघि बढाइएको जानकारी समेत कार्यक्रममा दिइएको थियो ।

    कार्यक्रममा स्वास्थ्यकर्मी, स्वास्थ्य चौकी प्रमुख, विद्यालय नर्स, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

    नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

    जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

    सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

    समाचार

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

    नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

    काभ्रे खबर

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

    नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०९८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७०६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३०७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१६७ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१३५ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०३६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑