• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ३१, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ३ घण्टा अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १७ घण्टा अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ दिन अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ४ दिन अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ४ दिन अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      ५ दिन अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      ५ दिन अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      १ हफ्ता अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      १ हफ्ता अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      १ हफ्ता अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      २ हफ्ता अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      २ हफ्ता अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      २ हफ्ता अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      २ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ३१, आईतबार
    होमपेज /  काभ्रे खबर

    सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

  • राजन दाहाल
  • २०८३ जेष्ठ ३१, आईतबार (३ घण्टा अघि)
  • २० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • काभ्रेपलाञ्चोकसहित देशका धेरै पहाडी जिल्लामा हुने सवारी दुर्घटनालाई प्रायः “दुर्भाग्यपूर्ण घटना” भनेर टार्ने गरिन्छ । तर बारम्बार दोहोरिएका दुर्घटनाले अब स्पष्ट गरिसकेको छ यी त दुर्घटना होइनन्, यातायात व्यवस्थागत लापरबाहीका परिणाम हुन्।  भूगोलको कठिनता, साँघुरा तथा जोखिमयुक्त सडक, पुराना सवारीसाधन र चालकको असावधानीलाई दोष दिएर अब  जिम्मेवारीबाट उम्कन मिल्दैन। किनभने यी सबै पक्षको नियमन र नियन्त्रण गर्ने दायित्व राज्यका निकायमै निहित हुन्छ।

    काभ्रेमा विगतका कोशीपारी, बेथानचोक र हालको बुच्चाकोटजस्ता ठूला बस दुर्घटनाले सयौँ परिवारलाई पीडित बनाएका छन् । प्रत्येक दुर्घटनापछि सामान्य अनुमानमा निस्कर्ष निकालिन्छ । केही समय अनुगमनमा कडाइ जस्तो गरिन्छ र सुधारका प्रतिबद्धता सार्वजनिक गरिन्छन्। तर समय बित्दै जाँदा सबै कुरा फेरि पुरानै अवस्थामा फर्किन्छ। परिणामतः दुर्घटनाको श्रृंखला रोकिनुको सट्टा दोहोरिइरहन्छ।

    जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक बसहरूको अवस्था हेर्ने हो भने लापरबाही सामुहिक रुपमै स्थापित भएको देखिन्छ । यात्रु बोक्ने प्रयोजनमा संचालित बसमा यात्रुभन्दा बढी सामान हुन्छ । चामल, दाना, ढुटो, सिमेन्ट मात्र होइन, कतिपय अवस्थामा इँटा र बालुवासम्म बोकिने गरेको देखिन्छ । अझ जोखिमयुक्त सडकमा बसको छतसम्म यात्रु राख्ने प्रवृत्ति सामान्यजस्तै बनेको छ। यस्तो दृश्यले कुनै पनि क्षण ठूलो दुर्घटना निम्त्याउन सक्छ भन्ने कुरा सबैलाई थाहा छ, तर नियमन गर्ने निकायको चासो भने देखिँदैन।

    सडकको क्षमता, मोडको जोखिम, नयाँ निर्मित सडकका कारण हुने जोखिम, सवारीसाधनको उपयुक्तताभन्दा पनि चालकको इच्छाअनुसार रुट निर्धारण हुने अवस्था झनै भयावह छ । शहरी क्षेत्रमा वर्षौँ गुडेका र जीर्ण भइसकेका सवारीसाधनलाई ग्रामीण सडकमा पठाइन्छ। प्राविधिक परीक्षणको प्रभावकारी व्यवस्था छैन। कतिपय जोखिमयुक्त सडक नयाँ चालकले अनुभव बटुल्ने अभ्यासस्थलका रूपमा प्रयोग गर्ने गरेको गुनासोसमेत सुनिन्छ। यसले यात्रुलाई प्रत्यक्ष रूपमा जोखिममा पारिरहेको छ।

    विडम्बना के छ भने, नियम कार्यान्वयन गर्न खोज्दा समेत अवरोध सिर्जना हुने गरेको छ। ट्राफिक प्रहरीले अनुगमन गर्दा कतिपय स्थानमा विरोध र आन्दोलनसम्म भएका घटनाहरू सार्वजनिक भएका छन् । नियम पालना गराउन खोज्ने निकायलाई नै दबाबमा पार्ने संस्कृतिले कानुनको शासनमाथि प्रश्न उठाएको छ। यदि नियम कार्यान्वयन गर्ने निकायले राजनीतिक, सामाजिक वा अन्य कुनै दबाबका कारण आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न सक्दैन भने दुर्घटनाको जिम्मेवारी कसले लिने?

     

    वास्तविकता के हो भने पहाडको भूगोल परिवर्तन गर्न सकिँदैन, तर व्यवस्थापन सुधार्न सकिन्छ । जोखिमयुक्त सडकमा चल्ने सवारीसाधनको मापदण्ड तोक्न सकिन्छ । क्षमताभन्दा बढी यात्रु र सामान बोक्नेलाई कडा कारबाही गर्न सकिन्छ । चालकको योग्यता र अनुभवको परीक्षण गर्न सकिन्छ । नियमित प्राविधिक परीक्षण र प्रभावकारी अनुगमन गर्न सकिन्छ । यी सबै राज्यका निकायले चाहने हो भने सम्भव छन् ।

    आज आवश्यक परेको कुरा दुर्घटनापछि शोक वक्तव्य दिने होइन, दुर्घटनाअघि जोखिम रोक्ने संस्कृतिको विकास हो। प्रत्येक दुर्घटनापछि चालकलाई मात्र दोषी ठहर गरेर समस्या समाधान हुँदैन। नियामक निकाय, स्थानीय सरकार, सडक निर्माण तथा मर्मतका जिम्मेवार संस्था र यातायात व्यवसायी सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्छ।

    सवारी दुर्घटनामा गुमेको प्रत्येक जीवनसँग एउटा परिवारको सपना, भविष्य र आशा जोडिएको हुन्छ । त्यसैले अब प्रश्न केवल चालकको लापरबाहीको होइन, राज्यको जवाफदेहिताको पनि हो । यदि यस्ता दुर्घटना रोक्न सकिने उपाय हुँदाहुँदै कार्यान्वयन गरिँदैन भने त्यसलाई दुर्घटना मात्र भन्न मिल्दैन, त्यो राज्य संयन्त्रको गम्भीर असफलता हो। अब पनि सम्बन्धित निकायहरू जिम्मेवार नबन्ने हो भने अर्को दुर्घटनाको समाचार पर्खिनुबाहेक हाम्रो समाजसँग कुनै विकल्प बाँकी रहने छैन।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    समाचार

    सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    काभ्रे खबर

    सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०७६ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६८६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२८८ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१४६ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६११० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०१४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑