• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ भाद्र २३, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

      ६ दिन अघि

      फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

      ६ दिन अघि

      पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

      १ हफ्ता अघि

      राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

      १ हफ्ता अघि

      आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

      १ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

      १ हफ्ता अघि

      फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

      २ हफ्ता अघि

      बनेपामा ‘तीज बनेपा महोत्सव २०८२’ आयोजना हुने, सांस्कृतिक र आर्थिक प्रवर्द्धनमा बल पुग्ने बिश्वास

      २ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी पनौतीद्वारा ‘संगठन सबलीकरण’ अभियान सुरु

      २ हफ्ता अघि

      सामुदायिक विद्यालयका चुनौती र समाधानका उपायहरु

      ३ हफ्ता अघि

      पनौतीमा अन्तर्राष्ट्रिय युवा दिवस : समृद्ध पनौतीका लागि युवा सहभागितामा जोड

      ३ हफ्ता अघि

      समृद्धिको खोजीमा हराइरहेको समाज

      १ महिना अघि

      लम्पि स्किन रोग देखिएपछि गिम्देली जनता त्रासमा

      १ महिना अघि

      भुलुनको उपचारमा ललितपुरका युवाहरूको सहयोग

      १ महिना अघि

      नेपालकाे खाद्यतेल व्यापारमा लुकेको वित्तीय अपराध: राजश्व छली एवं मुद्रा निर्मलीकरणका व्यापारिक चालहरू

      १ महिना अघि
    in
    आज: २०८२ भाद्र २३, सोमबार
    होमपेज /  बागमती

    अध्यक्ष लोप्चनबारे तथ्य बंग्याएर यसरी गरियो दूष्प्रचार ‘चुनावको मुखमा चरित्रहत्या गर्न भ्रम छरियो’

  • सिरुपाते खबर
  • २०७९ बैशाख १०, शनिबार (३ साल अघि)
  • ९२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काठमाडौं

    ललितपरको बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनबारे अहिले एउटा समाचार भाइरल भइरहेको छ । समाचारको विषयवस्तु छ ‘सालीको गाडी पालिकाले भाडामा लियो, अनि अध्यक्ष लोप्चन अहिले आफैं त्यो गाडी चढ्ने गर्छन् ।’

    समाचारसँगै बागमती गाउँपालिकाले गाडी भाडामा लिन गरेको सम्झौता पत्र पनि सार्वजनिक भएको छ । जसमा पहिलो पक्षको तर्फबाट पालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले र दोस्रो पक्षका तर्फबाट बागमती गाउँपालिका वडा नम्बर ४, प्युटारकी मखमली घलेले हस्ताक्षर गरेकी छिन् ।

    के मखमली अध्यक्ष लोप्चनकी साली नै हुन् ?
    समाचारमा अध्यक्ष लोप्चनकी सालीका रुपमा मखमली घलेको नाम उल्लेख छ । तर तथ्य केही भिन्न छ । अध्यक्ष लोप्चनकी जम्मा दुई जना साली छन् । उनीहरु मध्ये जेठी हुन् निर्मला घले र कान्छी पार्वती घले । मखमली घले नाम गरेको साली अध्यक्ष लोप्चनका छैनन् ।
    मखमली खासमा लोप्चनको ससुराली गाउँ प्युटारकै हुन् । यो हिसाबले उनी ससुराली गाउँकी हुन् तर साली होइनन् । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई केपी ओलीको साले भनिए झै बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनको सालीका रुपमा मखमलीको प्रचार गरियो । सम्झौता ७७ कात्तिक अघि नै भएको थियो । तर यो विषयको प्रचार चाहिँ २० महिना पछि अहिले चुनावको ठिक सम्मुखमा गरियो । सालीको गाडी भिनाजुले पालिकालाई भाडामा लगाएर सालीको हित गरिदिएको भनेर प्रचार गर्न सक्दा राजनीतिक लाभ लिन सकिने स्पष्ट योजनाअनुसार नै यस्तो भएको अध्यक्ष लोप्चन बताउँछन् ।

    मासिक १ लाख ८० हजार भाडा के प्रचलित दरभन्दा बढी हो ?

    बागमती गाउँपालिकाले भाडामा लिएको गाडी महिन्द्रा स्कारपियो फूल अप्सन फोर ह्वीलवाला हो । मासिक १ लाख ८० हजार रुपैयाँ गाउँपालिकाले भाडाका रुपमा दिने गरी सम्झौता गरेको विषयलाई पनि अतिरञ्जित गर्न खोजिएको देखिन्छ । तथ्य त यो हो कि स्कारपियो त्यो पनि फूल अप्सल फोर ह्वीलवाला गाडी दिनको ८ हजार भन्दा कममा भाडामा पाइँदैन । स्कारपियोको प्रचलित भाडा दर नै दिनको ८ हजार हो । अर्थात ३० दिन वा महिनाको २ लाख ४० हजार हुन्छ । तर पालिकाले मासिक १ लाख ८० हजारमा लिएको छ । चलेको बजार भाउ अनुसार यो मूल्य अस्वभाविक होइन । त्यसमाथि १० प्रतिशत त कर पनि कट्टा हुन्थ्यो । कर काटेर गाडी धनीले पाउने भनेको दिनको ५ हजार ४ सय मात्रै हो । दिनको ५ हजार ४ सय भाडा तिरेर लिएको गाडी गाउँपालिकाले दैनिक १६ घण्टाको दरले चलाउँथ्यो ।

    सालीको गाडी भाडामा लिएर आफैंले चढेको भन्ने आरोप अध्यक्ष लोप्चनमाथि छ । तर भाडामा लिने निर्णय १५ सदस्यीय गाउँपालिका बोर्डले गरेको थियो ।

    सस्तो गाडी भाडामा लिन सकिन्न थियो ?

    ललितपुर जिल्ला भनेपछि धेरैले जावलाखेल, लगनखेल सहरी सुगम क्षेत्र बुझ्ने गर्छन् । तर बागमती गाउँपालिका ललितपुरको दुर्गम गाउँ हो । केही गाउँ त कर्णालीको झल्को दिने खालका पनि छन् । यस्तो दुर्गम गाउँका लागि काठमाडौंमा चल्ने जस्तो मारुती ८०० सीसीका साना गाडीहरु उपयोगी हुँदैनन् । दूर्गम गाउँको वास्तविकता नबुझी ‘यति महँगो गाडी भाडामा लिएर फुजुलमा सरकारी बजेट दूरुपयोग गरेको’ भनेर पनि टिप्पणी भइरहेको छ ।

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम यसरी फैल्याइयो

    अध्यक्ष वीरबहादुर लोप्चनका छोरा सूर्यकिरण लोप्चनलाई थाङसिंटार अस्पतालमा जागिर दिलाएको भनेर पनि अहिले प्रचार भइरहेको छ । तथ्य त यो हो कि लोप्चनका छोरा सूर्यकिरण आफैं डाक्टर हुन् । पटक पटक अमेरिका जान्छु भन्दै खुट्टा उचाल्ने छोरालाई बाबु वीरबहादुरले जबर्जस्ती नेपाल राखेका छन् । बागमती जस्तो दुर्गम गाउँमा गएर काम गरिदिने चिकित्सक भ्याकेन्सी खोल्दा समेत नपाएपछि अध्यक्ष आफैंले छोरालाई अस्पतालमा बसेर जनताको सेवा गर्न दबाब दिए । बाबुको दबाबका कारण उनी अस्पतालमा काम गरिरहेका छन् । अध्यक्ष लोप्चन भन्छन्, ‘चुनावमा गाउँमै डाक्टर ल्याउँछु भनेर भाषण गरिहालेँ । पछि थाहा भयो, पढेका डाक्टर त गाउँमा आउनै नमान्दा रहेछन् । बोेलेको वचन पूरा गर्नुपर्छ भनेर ललितपुरकै स्टार अस्पतालमा काम गर्ने छोरोलाई जबर्जस्ती गाउँमा ल्याएको छु । यो गाउँमा बसेर काम गर्छु भन्ने एक जना पनि कोही डाक्टर तयार हुन्छ भने म भोलि नै छोरालाई त्यहाँबाट राजीनामा दिन लगाएर उसैलाई राख्ने प्रक्रिया थालिदिन्छु ।’ अध्यक्ष लोप्चनका छोरा सूर्यकिरणले जोरपाटीस्थित नेपाल मेडिकल कलेजबाट एमबीबीएस गरेका थिए ।

    भतिजोलाई चालक राखेको कुरा पनि अतिरञ्जित

    गाउँपालिकाले २० महिनाको लागि गाडी भाडामा लिने सम्झौता गरेको सम्झौता पत्रमा उल्लेख छ । ७७ कात्तिकदेखि ७८ असारसम्मको यो अवधिमा अध्यक्ष लोप्चनका भतिजा बुद्धिमानले एक महिना अध्यक्ष लोप्चनको गाडी चलाए । त्यसअघि उनी गाउँपालिकाका कर्मचारीहरु चढ्ने गाडी चलाउँथे – मासिक २२ हजार तलबमा । यो विषयलाई यसरी प्रचार गरियो कि मानौ – अध्यक्षले बेरोजगार भतिजलाई रोजगारी दिएर कल्याण गरिदिएका हुन् । चालकको मासिक तलब २२ हजार मात्रै हुन्छ । जबकी काठमाडांैमा ट्याक्सी चलाउनेहरुले महिनामा कम्तिमा ५० हजार जोगाउँछन् । दुर्गम गाउँको भीर पाखामा बनेका कच्चा सडकमा जोखिमयुक्त काम गर्नुभन्दा काठमाडौंमा ट्याक्सी चलाउन बढी सहज हुन्छ । चालक नभएको बेला एक महिना अध्यक्ष लोप्चनको गाडी चलाएको कुरालाई अतिरञ्जित बनाएको देखिन्छ ।

    यस्तो किन भयो त ?

    वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदैछ । १५ महिनादेखि चलिरहेको विषय निर्वाचनको २० दिन अघि सनसनीपूर्ण तरिकाले सार्वजनिक हुनुलाई अध्यक्ष लोप्चन राजनीति प्रेरित कर्म भएको बताउँछन् । उनी भन्छन् – यो विषयको अन्तरवस्तु मलाई सोधेर समाचार लेखेको भए सबै भनिहाल्थे । तथ्य बंग्याएर यस्तो समाचार सार्वजनिक हुनु भनेको कसैको राजनीतिक स्वार्थ पूरा गर्ने काम मात्रै हो भन्ने लाग्छ ।

    विकास टाइम्सबाट साभार

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

    फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

    समाचार

    डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    काभ्रे खबर

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७३३६ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५७१९ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५५५६ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५४७९ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५०६९ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४९५३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑