• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ ७, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      २ दिन अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ६ दिन अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      १ हफ्ता अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      १ हफ्ता अघि

      “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

      १ हफ्ता अघि

      पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

      १ हफ्ता अघि

      श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

      २ हफ्ता अघि

      ट्रम्पको डलर रणनीति: लाभ अमेरिकालाई, घाटा सारा संसारलाई?

      २ हफ्ता अघि

      ११ वर्षीया अग्रिमा कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि

      ३ हफ्ता अघि

      तामाङ संघको केन्द्रीय महाधिवेशन आगामी भदौमा हुने

      ३ हफ्ता अघि

      तामाङ संघ बागमती प्रदेशको बैठक : असार २७ र २८ गते अधिबेशन गर्ने तयारी

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ ललितपुर ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न : सभापतिमा तिर्थ घलान सर्वसम्मत

      ३ हफ्ता अघि

      निर्यातको भ्रमजाल: तेल व्यापार, डलरको चाप र दिगोपनको खोजी

      ४ हफ्ता अघि

      नेपाल तामाङ संघ ललितपुरको ऐतिहासिक जिल्ला अधिवेशन जेठ १० गते हुँदै : तामाङ समुदायको हकहित र पहिचान संरक्षणमा नयाँ अध्याय सुरु हुने विश्वास

      १ महिना अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको बैठक : अधिवेशन भव्य रूपमा सफल पार्ने तयारी

      १ महिना अघि
    in
    आज: २०८२ अषाढ ७, शनिबार
    होमपेज /  काभ्रे खबर

    राजेन्द्र लामाले उपलब्ध गराए गणेश मा.वि.को विद्यार्थीलाई न्यानो कपडा

  • राजन दाहाल
  • २०८१ मंसिर २८, शुक्रबार (६ महिना अघि)
  • ५८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    रोशी/ शिखरपुर
    युनिभर्सल डेण्टल हस्पिटल, कलंकी काठमाडौको प्रवन्ध निर्देशक राजेन्द्र लामाले गणेश माध्यमिक विद्यालय रोशी १२ काभ्रेपलाञ्चोकमा अध्ययनरत २५२ जना विद्यार्थीहरुलाई न्यानो कपडा (स्वेटर) उपलब्ध गराएका छन् । गणेश मा.वि.को ६१ औँ वार्षिक उत्सव तथा अभिभावक भेलाको अवसरमा उक्त कपडा वितरण गरेको हो । चिसो मौसमको कारण दिनभरी कक्षाकोठामा बसेर अध्ययन गर्न कठिन भईरहेको अवस्थामा स्वेटर पाए पछि विद्यार्थीहरु खुसी भएका छन् । गणेश माध्यमिक विद्यालयले प्रबन्ध निर्देशक राजेन्द्र लामालाई अनुरोध गरे पछि लामाले विद्यालयलाई स्वेटर पठाएको हो । गणेश माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारको लागि एक अक्षयकोष पनि स्थापना गरेको छ । विद्यालयको संस्थापक सदस्य ललितबम रायमाझीको परिवारले एक लाख पाँच हजार रुपैयाँ नगद गत वर्ष नै उपलब्ध गराएर शुरु भएको उक्त अक्षय कोषमा संस्थापक कोषाध्यक्ष बखत सिंह लामाको परिवारले यसै वार्षिक उत्सवको अवसरमा पचपन्न हजार पाँचसय पचपन्न रुपैया नगद उपलब्ध गराएको छ ।

    अक्षय कोषमा पूर्व विद्यार्थी एवं नेपाल सरकारको शाखा अधिकृत विजय मुक्तानले पचास हजार र पुर्व विद्यार्थी तथा समाज सेवी विलाम मुक्तानले पच्चिस हजार जम्मा गर्ने बचन दिएका छन् । एक करोढ बराबरको अक्षयकोष स्थापना गरेर प्राप्त व्याज बाट विद्यार्थीहरुको सिकाई गुणस्तर अभिवृद्धिको क्रियाकलाप सञ्चालन गर्ने उदेश्य रहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गुणराज मुक्तानले बताएको छ । उक्त अक्षय कोषमा सहयोग संकलनको लागि उक्त विद्यालयबाट पास आउट भएका पूर्व विद्यार्थीहरुलाई आव्हान गरेको छ । गणेश मा.वि को ६१औं वार्षिक उत्सवको अवसरमा आयोजित अभिभावक भेला तथा अन्तरक्रियामा विद्यालयको समस्याहरुको बारेमा पनि आवाज उठेको थियो । विद्यालायको पढाई क्रमागत रुपमा सुधार हुँदै गएको, कक्षा १२ को परिक्षामा सतप्रतिशत विद्यार्थी उत्तिर्ण भएको र एस ई ई परीक्षामा पनि सन्तोषजनक नतिजा हासिल गरेकोमा अभिभावकहरुले खुसी व्यक्त गरेका थिए । विद्यालयमा खानेपानी र शौचालयको राम्रो व्यवस्थापन गर्नुपर्ने आवाज पनि अभिभावकहरुले उठाएका छन् । रोशी गाउँपालिका प्रवक्ता एवं त्यसै वडाको वडा अध्यक्ष बसन्त तामाङले विद्यालयको खानेपानी र शौचालयको समस्या समाधान गर्ने बचन दिएका छन् ।
    त्यस्तै स्व. पूर्ण सिं स्मृति प्रतिष्ठानद्वारा विद्यालयको आधारभूत तह र माध्यमिक तहका दुई जना उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार उपलब्ध गराएका छन् भने कक्षा गत प्रथम विद्यार्थीहरुलाई शैक्षिक सामग्री पुरस्कार उपलब्ध गरीएको छ । यस्तै संस्थापक सदस्य स्व. मेघनाथ मैनालीको स्मृतिमा नाती सुकदेव मैनालीले बिद्यालयको बालक्लबलाई रु. २,५०० रकम सहयोग हस्तान्तरण गरीएको छ । विद्यालयको ६१औं वार्षिकोत्सवको अवसरमा आयोजित बिभिन्न खेलकुद प्रतियोगितामा विजेता प्रतियोगीहरुलाई पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरीएको थियो । साथै शिक्षक तथा बाल विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, अभिभावकहरु, शिक्षक एवम् विद्यार्थीहरु साथै बिभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कक्षा ९ देखि १२ सम्मको विद्यार्थीहरुलाई मुल विषयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने र अन्य कक्षाको विद्यार्थीहरुलाई सुधारात्मक कक्षा सञ्चालन गरेको र यसको प्रभाव विद्यार्थीको सिकाईमा देखा परेको प्रधानाध्यापक तीर्थलाल मोक्तानले जानकारी दिएका छन् । आगामी वर्षमा छात्रावासको व्यवस्थापन गरेर आवासीय कक्षा सञ्चालन गर्ने योजना समेत रहेको प्रधानाध्यापक मोक्तानले बताए ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

    काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

    पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

    श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

    ११ वर्षीया अग्रिमा कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि

    तामाङ संघको केन्द्रीय महाधिवेशन आगामी भदौमा हुने

    समाचार

    पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

    काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

    नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

    नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

    काभ्रे खबर

    पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

    काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

    पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

    श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५३६५ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५०४४ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४७१२ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४६२६ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२१३ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३२५५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑