• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ २२, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ दिन अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ दिन अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      ३ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      ४ दिन अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      ४ दिन अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      २ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      २ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      ३ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ३ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      ३ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ३ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ३ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ २२, सोमबार
    होमपेज /  काभ्रे खबर

    राजेन्द्र लामाले उपलब्ध गराए गणेश मा.वि.को विद्यार्थीलाई न्यानो कपडा

  • राजन दाहाल
  • २०८१ मंसिर २८, शुक्रबार (१ साल अघि)
  • ९२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट
  • रोशी/ शिखरपुर
    युनिभर्सल डेण्टल हस्पिटल, कलंकी काठमाडौको प्रवन्ध निर्देशक राजेन्द्र लामाले गणेश माध्यमिक विद्यालय रोशी १२ काभ्रेपलाञ्चोकमा अध्ययनरत २५२ जना विद्यार्थीहरुलाई न्यानो कपडा (स्वेटर) उपलब्ध गराएका छन् । गणेश मा.वि.को ६१ औँ वार्षिक उत्सव तथा अभिभावक भेलाको अवसरमा उक्त कपडा वितरण गरेको हो । चिसो मौसमको कारण दिनभरी कक्षाकोठामा बसेर अध्ययन गर्न कठिन भईरहेको अवस्थामा स्वेटर पाए पछि विद्यार्थीहरु खुसी भएका छन् । गणेश माध्यमिक विद्यालयले प्रबन्ध निर्देशक राजेन्द्र लामालाई अनुरोध गरे पछि लामाले विद्यालयलाई स्वेटर पठाएको हो । गणेश माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारको लागि एक अक्षयकोष पनि स्थापना गरेको छ । विद्यालयको संस्थापक सदस्य ललितबम रायमाझीको परिवारले एक लाख पाँच हजार रुपैयाँ नगद गत वर्ष नै उपलब्ध गराएर शुरु भएको उक्त अक्षय कोषमा संस्थापक कोषाध्यक्ष बखत सिंह लामाको परिवारले यसै वार्षिक उत्सवको अवसरमा पचपन्न हजार पाँचसय पचपन्न रुपैया नगद उपलब्ध गराएको छ ।

    अक्षय कोषमा पूर्व विद्यार्थी एवं नेपाल सरकारको शाखा अधिकृत विजय मुक्तानले पचास हजार र पुर्व विद्यार्थी तथा समाज सेवी विलाम मुक्तानले पच्चिस हजार जम्मा गर्ने बचन दिएका छन् । एक करोढ बराबरको अक्षयकोष स्थापना गरेर प्राप्त व्याज बाट विद्यार्थीहरुको सिकाई गुणस्तर अभिवृद्धिको क्रियाकलाप सञ्चालन गर्ने उदेश्य रहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गुणराज मुक्तानले बताएको छ । उक्त अक्षय कोषमा सहयोग संकलनको लागि उक्त विद्यालयबाट पास आउट भएका पूर्व विद्यार्थीहरुलाई आव्हान गरेको छ । गणेश मा.वि को ६१औं वार्षिक उत्सवको अवसरमा आयोजित अभिभावक भेला तथा अन्तरक्रियामा विद्यालयको समस्याहरुको बारेमा पनि आवाज उठेको थियो । विद्यालायको पढाई क्रमागत रुपमा सुधार हुँदै गएको, कक्षा १२ को परिक्षामा सतप्रतिशत विद्यार्थी उत्तिर्ण भएको र एस ई ई परीक्षामा पनि सन्तोषजनक नतिजा हासिल गरेकोमा अभिभावकहरुले खुसी व्यक्त गरेका थिए । विद्यालयमा खानेपानी र शौचालयको राम्रो व्यवस्थापन गर्नुपर्ने आवाज पनि अभिभावकहरुले उठाएका छन् । रोशी गाउँपालिका प्रवक्ता एवं त्यसै वडाको वडा अध्यक्ष बसन्त तामाङले विद्यालयको खानेपानी र शौचालयको समस्या समाधान गर्ने बचन दिएका छन् ।
    त्यस्तै स्व. पूर्ण सिं स्मृति प्रतिष्ठानद्वारा विद्यालयको आधारभूत तह र माध्यमिक तहका दुई जना उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार उपलब्ध गराएका छन् भने कक्षा गत प्रथम विद्यार्थीहरुलाई शैक्षिक सामग्री पुरस्कार उपलब्ध गरीएको छ । यस्तै संस्थापक सदस्य स्व. मेघनाथ मैनालीको स्मृतिमा नाती सुकदेव मैनालीले बिद्यालयको बालक्लबलाई रु. २,५०० रकम सहयोग हस्तान्तरण गरीएको छ । विद्यालयको ६१औं वार्षिकोत्सवको अवसरमा आयोजित बिभिन्न खेलकुद प्रतियोगितामा विजेता प्रतियोगीहरुलाई पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरीएको थियो । साथै शिक्षक तथा बाल विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, अभिभावकहरु, शिक्षक एवम् विद्यार्थीहरु साथै बिभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कक्षा ९ देखि १२ सम्मको विद्यार्थीहरुलाई मुल विषयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने र अन्य कक्षाको विद्यार्थीहरुलाई सुधारात्मक कक्षा सञ्चालन गरेको र यसको प्रभाव विद्यार्थीको सिकाईमा देखा परेको प्रधानाध्यापक तीर्थलाल मोक्तानले जानकारी दिएका छन् । आगामी वर्षमा छात्रावासको व्यवस्थापन गरेर आवासीय कक्षा सञ्चालन गर्ने योजना समेत रहेको प्रधानाध्यापक मोक्तानले बताए ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

    समाचार

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    काभ्रे खबर

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१०४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७११ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३१२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१७२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१४० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०४३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑