• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      २ घण्टा अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ दिन अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ४ दिन अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ४ दिन अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      ५ दिन अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      ५ दिन अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      ६ दिन अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      १ हफ्ता अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      १ हफ्ता अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      २ हफ्ता अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      २ हफ्ता अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      २ हफ्ता अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      २ हफ्ता अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      २ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    होमपेज /  काभ्रे खबर

    लोकतान्त्रिक – बाम गठबन्धनको घरदैलो अभियान सुरु, मतदातामा उत्साह

  • सिरुपाते खबर
  • २०७९ कार्तिक ३, बिहिबार (३ साल अघि)
  • ५६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • बनेपा
    नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितको लोकतान्त्रिक–बाम गठबन्धनले बिहिबारबाट चुनावी घरदैलो अभियान थालेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मिति नजिकिएसँगै गठबन्धनले घरदैलो, भेटघाट, भेला, बैठकलाई तिव्रता दिएका हुन् ।
    प्रतिनिधी सभा क्षेत्र नं १ अन्तर्गतको प्रदेश सभा (क) र (ख) दुबै क्षेत्रमा घरदैलो शुरु भएको छ । प्रदेश सभा क्षेत्र न १ (क) मा नमोबुद्ध ३ र ४ बाट जनता भेटघाट कार्यक्रम शुरु भएको छ । प्रदेश सभा १ (क) का प्रत्यक्ष उम्मेदवार रत्नप्रसाद ढकाल, समानुपातिकतर्फका उम्मेदवार एकिकृत समाजवादीका येशु लामा, पासाङ डोल्मो लामासहितको टोलीले भेटघाट थालेको हो । प्रत्यक्षतर्फका उम्मेदवार ढकालले अघिल्लो पटक निर्वाचित भएपछि सो क्षेत्रको विकासको लागि योगदान गरेको भन्दै फेरी त्यो अवसर दिनको लागि अनुरोध गरे ।
    प्रदेश सभा क्षेत्र नं १ (ख) मा वडा नं ५ शिसाखानीबाट घरदैलो शुरु भएको प्रदेश सभा निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका कांग्रेस क्षेत्रीय सभापति चन्द्रबहादुर लामाले जानकारी दिए । सो क्षेत्रमा गठबन्धन दलका तर्फबाट कांग्रेस उम्मेदवार तिर्थबहादुर लामा लगायत गठबन्धन आवद्ध दलका नेता कार्यकर्ताहरुले घरदैलो थालेका हुन् । प्रत्यक्षतर्फका उम्मेदवार लामाले गठबन्धनको पक्षमा राम्रो माहोल देखिएको भन्दै आफू उत्साहित भएको बताए । सो क्षेत्रले कार्यतालिका नै सार्वजनिक गरेर घरदैलो अभियान शुरु गरेको छ ।
    प्रतिनिधी सभा क्षेत्र नं २ मा पनि लोकतान्त्रिक–बाम गठबन्धनले भुम्लु गाउँपालिकाको वडा नं १ सापिङबाट घरदैलो अभियान शुरु गरेको छ । प्रतिनिधी सभा क्षेत्र नं २ का उम्मेदवार शिवप्रसाद हुमागाई, प्रदेश सभा २ (क) का उम्मेदवार लक्ष्मण लम्साल समानुपातिक उम्मेदवार माओवादी केन्द्रका मिना तामाङ, रुकु चौलागाईसहितको टोलीले घरदैलो अभियान शुरु गरेका हुन् । स्थानीयको अपेक्षा सुनेपछि प्रतिनिधी सभा सदस्य उम्मेदवार हुँमागाईले एमालेले आस्वासन मात्रै दिएर बाँकी रहेको काम आफूले पूरा गर्ने बताए । भूम्लुका जनताको समस्या आफ्नो समस्या भएको भन्दै उनले लोकतान्त्रिक–बाम गठबन्धनले समाधान गर्ने बताए ।
    २ प्रतिनिधी सभा निर्वाचन क्षेत्र र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको काभ्रेमा राजनीतिक दल र स्वतन्त्र गरी ६४ जना उम्मेदवार छ । प्रतिनिधी सभा क्षेत्र नं १ मा ३५ जना र प्रतिनिधी सभा क्षेत्र नं २ मा १६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा सदस्य (क) का लागि ९ जना र प्रदेश सभा सदस्य (ख) का लागि ९ जना उम्मेदवार छन् । प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा सदस्य (क) का लागि ६ जना र प्रदेश सभा सदस्य (ख) का लागि ७ जना उम्मेदवार रहेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
    लोकतान्त्रिक–बाम गठबन्धनबाट ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेकाहरु संसदीय क्षेत्रमा अनुभवी छन् । गठबन्धनको मत, संविधानको रक्षा र शान्ती, सुशासन र विकासको लागि काभ्रेली मतदाताले गठबन्धनलाई मतदान गरी जिताउने अपेक्षा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    समाचार

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    काभ्रे खबर

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०७४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६८६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२८५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१४३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१०९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०१४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑