• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक २४, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

      १३ घण्टा अघि

      रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

      ३ दिन अघि

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      १ हफ्ता अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      ३ हफ्ता अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      ३ हफ्ता अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      १ महिना अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ महिना अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      २ महिना अघि
    in
    आज: २०८२ कार्तिक २४, सोमबार
    होमपेज /  काभ्रे खबर

    लोकतान्त्रिक – बाम गठबन्धनको घरदैलो अभियान सुरु, मतदातामा उत्साह

  • सिरुपाते खबर
  • २०७९ कार्तिक ३, बिहिबार (३ साल अघि)
  • ३९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बनेपा
    नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितको लोकतान्त्रिक–बाम गठबन्धनले बिहिबारबाट चुनावी घरदैलो अभियान थालेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मिति नजिकिएसँगै गठबन्धनले घरदैलो, भेटघाट, भेला, बैठकलाई तिव्रता दिएका हुन् ।
    प्रतिनिधी सभा क्षेत्र नं १ अन्तर्गतको प्रदेश सभा (क) र (ख) दुबै क्षेत्रमा घरदैलो शुरु भएको छ । प्रदेश सभा क्षेत्र न १ (क) मा नमोबुद्ध ३ र ४ बाट जनता भेटघाट कार्यक्रम शुरु भएको छ । प्रदेश सभा १ (क) का प्रत्यक्ष उम्मेदवार रत्नप्रसाद ढकाल, समानुपातिकतर्फका उम्मेदवार एकिकृत समाजवादीका येशु लामा, पासाङ डोल्मो लामासहितको टोलीले भेटघाट थालेको हो । प्रत्यक्षतर्फका उम्मेदवार ढकालले अघिल्लो पटक निर्वाचित भएपछि सो क्षेत्रको विकासको लागि योगदान गरेको भन्दै फेरी त्यो अवसर दिनको लागि अनुरोध गरे ।
    प्रदेश सभा क्षेत्र नं १ (ख) मा वडा नं ५ शिसाखानीबाट घरदैलो शुरु भएको प्रदेश सभा निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका कांग्रेस क्षेत्रीय सभापति चन्द्रबहादुर लामाले जानकारी दिए । सो क्षेत्रमा गठबन्धन दलका तर्फबाट कांग्रेस उम्मेदवार तिर्थबहादुर लामा लगायत गठबन्धन आवद्ध दलका नेता कार्यकर्ताहरुले घरदैलो थालेका हुन् । प्रत्यक्षतर्फका उम्मेदवार लामाले गठबन्धनको पक्षमा राम्रो माहोल देखिएको भन्दै आफू उत्साहित भएको बताए । सो क्षेत्रले कार्यतालिका नै सार्वजनिक गरेर घरदैलो अभियान शुरु गरेको छ ।
    प्रतिनिधी सभा क्षेत्र नं २ मा पनि लोकतान्त्रिक–बाम गठबन्धनले भुम्लु गाउँपालिकाको वडा नं १ सापिङबाट घरदैलो अभियान शुरु गरेको छ । प्रतिनिधी सभा क्षेत्र नं २ का उम्मेदवार शिवप्रसाद हुमागाई, प्रदेश सभा २ (क) का उम्मेदवार लक्ष्मण लम्साल समानुपातिक उम्मेदवार माओवादी केन्द्रका मिना तामाङ, रुकु चौलागाईसहितको टोलीले घरदैलो अभियान शुरु गरेका हुन् । स्थानीयको अपेक्षा सुनेपछि प्रतिनिधी सभा सदस्य उम्मेदवार हुँमागाईले एमालेले आस्वासन मात्रै दिएर बाँकी रहेको काम आफूले पूरा गर्ने बताए । भूम्लुका जनताको समस्या आफ्नो समस्या भएको भन्दै उनले लोकतान्त्रिक–बाम गठबन्धनले समाधान गर्ने बताए ।
    २ प्रतिनिधी सभा निर्वाचन क्षेत्र र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको काभ्रेमा राजनीतिक दल र स्वतन्त्र गरी ६४ जना उम्मेदवार छ । प्रतिनिधी सभा क्षेत्र नं १ मा ३५ जना र प्रतिनिधी सभा क्षेत्र नं २ मा १६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा सदस्य (क) का लागि ९ जना र प्रदेश सभा सदस्य (ख) का लागि ९ जना उम्मेदवार छन् । प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा सदस्य (क) का लागि ६ जना र प्रदेश सभा सदस्य (ख) का लागि ७ जना उम्मेदवार रहेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
    लोकतान्त्रिक–बाम गठबन्धनबाट ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेकाहरु संसदीय क्षेत्रमा अनुभवी छन् । गठबन्धनको मत, संविधानको रक्षा र शान्ती, सुशासन र विकासको लागि काभ्रेली मतदाताले गठबन्धनलाई मतदान गरी जिताउने अपेक्षा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    समाचार

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    काभ्रे खबर

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५३३ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८७१ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७३३ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६७३ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२०७ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०८९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑