• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ २१, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      ८ घण्टा अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      २२ घण्टा अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      ३ दिन अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      ४ दिन अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      २ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      २ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      २ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ३ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      ३ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ३ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ३ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ २१, आईतबार
    होमपेज /  अन्तरवार्ता

    मलाइ भए हुन्छ नत्र अरुको नेतृत्व स्विकारिन्न भन्ने चरित्रको अन्त्य हुनुपर्छ – राम कृष्ण लामा

  • राजन दाहाल
  • २०८० कार्तिक २३, बिहिबार (२ साल अघि)
  • १५०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट
  • आजकाल केमा व्यस्त हुनुहुन्छ ?
    नेपाली कांग्रेसको महासमिति बैठक हुँदैछ.। राजनिति जीवनमा अहिले संगठन विस्तार गर्नका निमित्त देशव्यापी रुपमा नै लागीरहेको छु.। नेपाली कांग्रेसको भातृ संगठन नेपाल तामाङ संघको केन्द्रिय सभापति हुँ । .नेपाल तामाङ संघ धेरै वर्ष अगाडी स्थापना भयो त्यसपछि अहिलेसम्म नेपाली कांग्रेसको भातृ संगठनको रुपमा छ भन्ने अनुभूति समग्र तामाङहरुलाई हुनसकेको छैन त्यसैले गर्दा नै मैले नेतृत्वको जिम्मेवारी पाइसकेपछि अब देशभरि नै अहिले संगठन विस्तार गर्नको निमित्त लागिरहेको छु । अहिले केन्द्रीय कार्यसमिति विस्तार गर्ने विशेष तयारी र जिल्ला समतिहरु विस्तार गर्ने कार्यमा जुटिरहेका छौं ।

    केन्द्रीय कार्यसमिति विस्तारको कुरा चाहिँ कहाँ पुग्यो ?

    अब हामी एकदमै तदारुकताका साथ लागिरहेका छौं । विगतको हाम्रो नेतृत्वले पहिला जिम्मेवारी लिएर केही गर्न सकेन ? किन गर्नुभएन ? भन्नेतिर पनि मन लागेन । तर समुदायगत रुपमा जुन म अरू विषयमा पनि नेतृत्व गरेको छु । जाति संरचनाहरुमा नेतृत्व गरेको र एउटा सामाजिक अभियान्ताको रुपमा पुनः देशव्यापी रुपमा जाँदै गर्दा हाम्रो तामाङ संघ तथा तामाङ घेदुुङ संघमा वरिष्ठ उपाध्यक्ष पदमा छु । जिम्मेवारीका हिसाबमा केही कुराहरु काँग्रेसमा दस्ताबेजको रुपमा लान पर्यो । संस्कार, संस्कृति, भाषा कुराहरु उठाउनु पर्यो । सँगसँगै संगठन पनि बलियो बनाउनु सकियो भने राम्रो हुन्छ .भन्ने हुन्छ । त्यसले गर्दाखेरि केन्द्रीय कार्यसमिति विस्तार गर्ने र कांग्रेस पार्टी मजबुत बनाउनको निमित्त तामाङ समुदायलाई तामाङले पनि एउटा बुलन्द आवाज उठाउने नेतृत्व छ है भन्ने हिसाबले हामी अहिले देशव्यापी रुपमा लागिरहेका छौ । अहिले देशैभरि उठेको कुराहरुलाई एक किसिमले अगाडि बढाउनेतिर हामी लागिरहेका छौं ।

    तपाईंले भन्न खोज्नुभएको चाहिँ यसअघिका तामाङ संघ समितिले तामाङको हकहितको कुरा तल्लो स्तरबाट केन्द्र स्तर सम्म पुग्न नसकेको भन्न खोज्नुभएको हो ?

    त्यो त छर्लङ्गै छ केन्द्रीय कार्यसमिति विस्तार भयो तर केन्द्रीकृत र आसन र भाषण चाहिँ भयो तर संगठन ग्रासरुट लेबलमा निर्माण भएन । त्यो संगठन नभइसकेपछि ग्रासरुट लेभलको समुदायको कुराहरू माथि पुग्ने त कुरै भएन । त्यसले गर्दा खेरी तामाङसँग विस्तार गर्न पनि सकिएन र केन्द्रीकृत राजनीतिले वास्तवमा मलाई लाग्छ., ग्रासरुट लेबल भएको समुदायको बुलन्द आवाजहरु माथि पुग्न नसकेपछि संगठन निर्माण नभएपछि.यो अधिकार कुराहरु त कता हो कता ? त्यसले गर्दाखेरी नभएकै जस्तो मलाई लाग्छ. त्यसले गर्दा अब हिजोको दिनलाई पनि हामीले हेर्याैं अग्रजहरुले गर्न खोजेको कुराहरु किन नगर्नु भा रैछ भन्दाखेरी व्यक्तिवादी को कुराहरु जस्तो लाग्यो । त्यसले गर्दा र अहिले चाहिँ हामी विशुद्ध नेतृत्व भनेको विकास गर्ने हो । पहिलाको भन्दा फरक ढंगले हामी लाग्ने तरखरमा छौं, त्यो भनेको संगठन निर्माण गर्ने पार्टीमा बुलन्द आवाजहरु उठाउने र संघ बलियो संगठन पनि बलियो बनाउने र कांग्रेसलाई बलियो बनाउने समुदायको मुद्दा पनि स्थापित गर्नेतिर लागिरहेका छौं ।

    यहाँ नेर व्यक्तिवादी चरित्रको कुरा गर्नुभयो, तामाङ संघमा पनि गुट उपगुुटको गन्ध आएको हो ?

    तामाङ समुदायको मुद्दा स्थापित हुन सकेन ।. हिजोको दिनमा पार्टी विधान अनुसार नै चलेको छ । विधानविपरित होइन कारण के होे भने पहिला त्यसलाई परिमार्जन गर्न नेपाल आदिवासी लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बनाएको छ । महासंघ बनाउनुको अर्थ सबै जाति संगठनहरुलाई एकै एउटै बास्केटमा हाल्ने र लोकतन्त्रबादी आदिवासी जनजाति नेतृत्व गर्नेछ । सुविधाहरू यथावत राख्ने र तामाङ संघ मगर संघ लगायतका हिजो जे थियो लेखेको कुराहरुलाई परिमार्जन गर्ने अधिकार दिने । ६ महिना भित्रै नेपाल लोकतन्त्रवादी र जनजाति महासंघलाई कोही नेतृत्वमा राख्ने भइसकेपछि त्यसलाई स्वीकार्नुपर्छ. कि म पार्टी होइन भनेर छोडेर हिँड्न सक्नु पर्छ.नत्र केन्द्रीय कार्यसमितिले गरेको नेतृत्व र निर्णयलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरा हो । यो व्यक्तिवादी चरित्र मलाइ भए हुन्छ नत्र अरुलाई होइन भन्ने किसिमको व्यवहारले गर्दाखेरी मात्रै रहेको देखिएको हो । अहिले हाम्रा पक्षमा ९९ प्रतिशत नेतृत्वहरु एकदम ठीक छन् भन्ने पक्षमा छन् । बाँकी जसले शोषण गर्न तामाङ समुदायलाई नै नेतृत्व गरेको छ,.तिनीहरूलाई आपत्ति छ । त्यो मानसिकता छोडेर अघि बढ्नुपर्छ भन्ने हो । तल गिरेर होइन, आत्मसम्मानका साथ सम्मानित रुपमा कार्यकाल सम्पन्न गर्नु भन्ने मेरो आग्रह छ । हिजो पनि नगर्ने अहिले पनि गर्न नदिने खालको कारणले गर्दा तपाईंले भन्नुभएको सोध्नुभएको जस्तो कता कता अलिअलि त्यसरी व्यक्तिवादी चरित्रको भान सम्म भएको हो ।

    तामाङ समुदायको नेतृत्व गर्नुभएको छ । तपाईको अध्ययनले नेपालमा कुल तामाङको संख्या अनि नेपाली काग्रेस प्रति आस्थावान तामाङ समुदायको बारेमा पनि बताइदिुनुहोस न ।

    नेपालको राष्ट्रिय जनगणना अठहत्तर अनुसार १७ लाख देखाएको उल्लेख छ । त्यो मध्ययमा कांग्रेसमा आवद्ध कति छन् भन्ने कुरा त एकिन छैन । मैले यो पद सम्हालेको अहिले भर्खर ३ ÷४ महिना भयो । एउटा छाता संगठन तामाङ समुदायका समर्थनको डेटामा १७ लाख जान्छु । जिल्ला सभापति ललितपुर लगायतको विश्वासबाट यो जिम्मेवारी पाएको छु । एउटा आदिवासी महासंघको छाता संगठानको रुपमा । यस बिचमा ६० भन्दा माथि संगठन तथा प्रशस्त क्षेत्रीय समितिहरु गठन गरेको छु । नेपाली कांग्रेसमा तामाङहरुलाई ऐक्यबद्धता जनाएर एक बनाएर सबैभन्दा बढी त्यो मध्येमा पनि बढी र ठूलो बनाएर पार्टीलाई समर्थन बनाउनको मजबुत.गर्नेखालको नेतृत्व गर्नेछु. त्यसपछि म केही संगठन विस्तार भइसकेपछि मैले जुन किसिमको अधिवेशन गराउँछु । अधिवेशन गर्ने ताका सम्ममा सबै डेटा निकालेर स्पष्ट बताउँछु । हामिले तामाङ समुदाय को निम्ति पाटिमा काम गर्दै पाटिमा पनि हिजो पाटिले नदेखेको तामाङ सघ रैछ अब तामाङ लाई पनि पाटिले केहि गर्नु पर्छ भन्ने महशुस गराउनु पर्छ पाटिले पनि हेर्ने खोज्ने काम हिजो थिएन अब हुने बनाउनु पर्छ ।


    नेपाली कांग्रेसको भातृ संगठनको रुपमा रहेको संगठन तामाङ संघमा केन्द्रिय सभापति हुनु भएको लगभग ४ महिना भयो । यो बीचमा तपाईँले के के गर्नुभयो ?

    यो बिचमा एक त महिले अघि भने रोक्ने छेक्ने काम धरै भए । नेतृत्व नस्विकार्ने , विधि र विधान नमान्ने अनि म पार्टीको हो भन्ने नेतृत्को शैली रह्यो । ९९ प्रतिशत नेतृत्व पोजेटिभ भएको कारण सहज भयो । केहीको असहयोग पनि रह्यो समस्या बनायो । तर त्यो व्यक्तिवादी चरित्रहो । यो अवधिमा केही समय म त्यतिकै पनि बसेँ । त्यो मलाई निर्देशन थियो । नेतृत्वमा रहेपछि जिम्मेवारी पाएपछि मैले मेरो दायित्व पुरा गर्नुपर्छ भन्ने लागेर नेपाल भरिमा मात्र नभएर अन्तराष्ट्रि स्तरको संजाल बनाउन सफल छु एक महिना सम्म देशदौडाहामा निस्किए करिब ६० ओटा जिल्ला समिति विस्तार गर्ने क्रममा छ । गत १४ ÷१५ वर्षमा नभएका कार्यहरु शुरुवाती चरणमा नै गर्ने प्रयासमा छु । यसका लागि सबैको साथ सहयोगो अपेक्षा पनि गरेको छु । विधि र विधान अनुसार अगाडि बढनका लागि नेतृेत्वले जिम्मेवार पदमा रहनेहरुले विश्वस गर्नुभएको छ । आदिवासीहरुको एउटा छातासंगठनको विस्तार अघि बढाउनका लागि हौसल्ला प्रदान गर्नुभएको छ । यस बिचमा मैलै जिल्लाका अलावा गाउँपालिका नगरपालिका सम्म १ सय भन्दा बढि ग्रासरुटमा संगठन विस्तार गरेको छु । ती समुदायको विभिन्न विषयमा तथ्यांक संकलन गर्ने कार्य अगाडी बढाएको छु । बिगत १४ १५ वर्षको अवधिमा नभएका कामहरु मैले गरिसकेको छ । अवको केही महिना पछि अधिवेशन गराउँछु । त्यसपछि मैले तीन चार वर्षको समयमा जुझारुपन भएका लोकतन्त्र बुझेका स्वास्थ्य शिक्षा रोजगारका कुरा उठाउन कार्यकर्ता तथा विधिविधान प्रकृयाले सज्जित काग्रेस बनाउन सक्ने जनशक्त्किो उत्पादनको उद्देश्य लिएको छु । एउटा चमत्कार नै हुन्छ । म कर्ममा विश्वास गर्ने मान्छे । गरिबलाई माथि उठाउनुपर्छ । सम्बृद्ध समाज निर्माण गर्नुपर्छ भन्ने मान्यता मेरो छ । भाषा संस्कार संकृतिको संरक्षण, युवाका लागि रोजगारी ,उद्योग संचालन लगायतका विषयमा ध्यान दिँदै शिक्षा स्वास्थ्य रोजगारीको विकासमा सघाउ पुर्याउने काम गर्नेछु । अर्को ६ महिनामा देखिने गरी नतिजा दोखउने छु ।

    तपाईं देशको विभिन्न ठाउँमा पुगिरहदा तपाइँ जहाँ पुग्नु भयो त्यस् ठाँउका तामाङहरुको सामाजिक, राजनैतिक तथा आर्थिक अबस्था कस्तो पाउनुभयो ?

    अब अहिले समग्रमा मैले अघि पनि भने म यो भन्दा अगाडि धेरै संघ सस्थामा लागे आर्थिक अवस्था तामाङको मात्र होइन शैक्षिक अवस्था तामाङको मात्र होइन समग्र नेपालीको नै एकदम नाजुक अवस्था छ । कतिपय तामाङहरु क्याम्पसमा भो स्कुलमा भो एस एल सि पास गरेर आइसके पछि छात्रवृत्ति नपाएर अथवा फी तिर्न नसकेपछि धेरैले स्कुल, क्याम्पस छाडेका धेरै उदाहरण म संग छ । त्यसैले गर्दा म जन्मेको ठाउँमा धेरै दनुवार जातिको बसोबास छ । आर्थिक अभावको कारणले गर्दा मेलापात गरेर पढ्नुपर्ने हुन्थ्यो । बालबालिकाले कक्षा पाँच पढेपछि स्कुल छाड्ने गर्थे । अभिभावकले पढाउन पनि नसक्ने त्यस्तो अवस्था थियो । त्यसैले गर्दा मैले अब राजनीतिमा लागेर समुन्नत समाजको निर्माण गर्नु पर्छ भन्ने सोच आयो र म राजनीतिमा आए । समृद्ध बनाउने हो भने सबै जातजाति भाषाभाषिको सम्मान गर्न सक्नु पर्छ साथै आर्थिक र शैक्षिक रुपमा पनि समृद्ध भएपछि मात्रै समृद्ध समाज निर्माण हुन्छ र नेपाल देश बन्छ भन्ने हिसाबले गर्दा खेरि मैले धेरै ठाउँमा छात्रवृत्ति दिएको छु बालमनोहरा लगाएत धेरै स्कुलहरुमा मैले अक्षय कोषको समेत स्थापन गरेको छु । किन भन्दा गाउँमा जादा शिक्षाको अवस्था ज्यादै नाजुक पाए । राज्यको अँखा पुगेको छैन । जसको आर्थिक अवस्था राम्रो छ उसले आफ्ना बालबालिकालाई बोर्डिङमा पढाउन सक्छ, उसको बच्चा पढ्नकै लागि बिदेशमा पनि राम्रो देश जान्छ । जो मान्छे यहाँ बिहान बेलुका भात खाएर स्कुल जान सकेको छैन त्यसको शिक्षा स्तर एकदमै कमजोर छ । त्यसमाथी तामाङ जातिलाई राज्यले हिजै देखि विभेद गरेको कुरा सर्वविदितै छ । त्यसैले गर्दा तामाङमा के को चलन बस्यो भने बाउ बाजेले पढेन मैले किन पढ्ने ? भन्ने मानसिकताका कारण पनि तामाङहरु आजको समयमा पछि परेको देखिन्छ । तामाङ नपढेर होइन पढ्न नपाएर शैक्षिक रुपमा पछि परेको देखिन्छ ।

    नेपालभरका आम तामाङ जातिलाई स्थापित गर्न तथा चिनाउन थप के गर्नुपर्छ भन्ने लाग्छ ?

    नोपलको समग्रतामा समुदायहरुको निमित्त चिनाउनका लागि हामीले पहिले त चेतनाको विकास गराउनुपर्छ त्यो शैक्षिक तथा राजनीति हुन्छ । राजनीतिक भनेको शक्ति हो शक्ति भनेको सत्ता हो । त्यो खालको राजनीतिक चेतना तामाङ्ग समुदायमा विकास गराउनु पर्यो । यसले शिक्षा स्वास्थ्य तथा रोजगारी प्रदान गर्छ । राजनीतिक चेतनाले बहस गराउन सिकाउँछ । नेतृत्व सीप बढाउँछ । यस सँगै नेतृत्वले शिक्षा स्वास्थ्य रोजगारी विकेन्द्री करण सहित प्रादान गर्न सक्छन् । यसका लागि राजनीतिक समाजिक चेतनाको विकास गराउन हाम्रो संगठनले उद्देश्य लिएको छ । तामाङ्ग एकता, पार्टी एकता सँगै समग्र नागरिकको एजेण्डा हाम्रो एजेण्डा हो । यो सबै सम्मुन्नत समाज निर्माणमा समग्र देशको नेताको रुपमा परिचित गराइ देशविकासमा तामाङ्ग समुदायले केही गर्न सक्छ भनेर चिनाउने कोशीसमा छु । आशा छ यसमा सफल हुने छु् ।

    तपाई देश दौडाहामा रहँदा आम तामाङलाई नेपाली काग्रेसमा आवद्ध गराउन कस्तो भूमिका खेल्न सक्नुहुन्छ ।

    आम तामाङलाई काग्रेसमा आवद्ध गराउनका निमित्त नेपाली काग्रेसको नेतृत्वमा केही बाधा छ । जस्तै प्यानल एक अर्का बिचको वैमनस्यता यसका विषयमा बोलीरहनु पर्छ भन्ने लाग्दैन । सामाजिक संजालको जमानामा यस विषयमा सबै प्रष्ट नै हुनुनहुन्छ । यस विषयमा काग्रेसका सबै कुरा सर्वाजानिक भएका छन् । तर यस विचमा सबै तामाङ्गको सहकार्य हुनु पर्छ र नेतृत्वले विधि विधानको पालना गर्नुपर्छ भन्ने हो । यस बिचमा देखेका कुर बोल्न पाउने नेपाली काग्रेस भित्र मात्र छ । कम्युन्ष्टिमा भन्दा काग्रेसमा फरक नै यहीँ छ । कार्यकर्तालाई चेतना प्रदान गर्ने नेता र नेतृत्वलाई सुधार दिने गर्नु पर्छ । नेतृत्वले सुधार सहित सझाव सुन्ने ग्रासरुटका साथिहरुको विचारको कदर गर्नेहो भने तामाङ्गसामुदायको एकता असम्भव छैन । यसबाट नै सुखी अनि खुशी नेपाल बनाउन सकिन्छ भन्ने नेतृत्वले बुझ्नु पर्छ सोही अनुसार सझाव सुन्ने हो भने हामी सुनाउँछौ तपाईहरु सुन्नुहोस यसले नै पार्टी बलियो बनाउँछ भन्ने मलाई विश्वास छ ।

    अन्तमा यस मिडिया मार्फत के भन्न चाहानुुहुन्छ ?

    समग्रमा यो देशको नागरिक सबैजनाले अहिले हामी सबै जनामिलौं यो देशमा संकटको अवस्था छ । यसका लागि मेलमिलाप खाँचो छ । सबै मिलेर देशलाई समृद्ध बनाऔं । यती मात्र नभएर एकता सँगै सुधार आफैंबाट गर्नुपर्छ सम्मुन्नत समाज निर्माणका लागि एकता नै मुख्य कडी हो । जुन पार्टीले हक हितम बोल्छ हक हितमा काम गर्छ सबैका साझा मुद्धा एजेण्डा बोक्छ । खुृशी र सुखी नेपाली निर्माणको काम गर्छ त्यस पाटीमा लाग्नुपर्छ भन्न चाहन्छु । हाम्रो संस्कार संस्कृति तथा दस्तावेज र बुलन्द आवाजको दस्तावेजीकरण करौं । बलियो काग्रेस र सम्मुन्नत समाज निर्माणमा लागौं । सबै जातजाती भाषी राजनीतिक चेतना सहित अघि बढे मात्रै शैक्षिक सामाजिक आर्थिक विकास हुन्छ र नागरिक सचेत हुन्छन तसर्थ यही कुरालाई मनन गर्दै अगाडि बढौं भन्न चाहान्छु।

    प्रतिक्रिया दिनुहोस


    अन्तरवार्ता सम्बन्धि थप

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    समाचार

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    काभ्रे खबर

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१०३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७१० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३१२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१७१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१४० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०४२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑