• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २७, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १७ घण्टा अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      २ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      ६ दिन अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      १ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २७, शुक्रबार
    होमपेज /  आर्थिक

    पनौतीमा गुरुकुलको निर्माणको लागि महायज्ञ, नगर प्रमुख भण्डारी भन्छन्, हाम्रो चुनावी नारामा पनि गुरुकुल स्थापना थियो ।

  • राजन दाहाल
  • २०८० मंसिर १६, शनिबार (१ साल अघि)
  • ८६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ११ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    सचितिर्थ त्रिवेणी गुरुकुल पनौतीको भौतिक पूर्वाधार निर्माणको उद्देश्य सहित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।
    पितृमोक्ष, धर्मसंस्कार र संस्कृतिको संरक्षण सँगै गुरुकुल निर्माणमा सहयोगको उद्देश्य सहित आयोजित महायज्ञको पहिलो दिन हिजो कलशयात्रा गरिएको थियो । पनौतीको प्रसिद्ध इन्द्रेश्वर मन्दिरबाट शुरु भएको कलशयात्रा मन्दिरबाट त्रिवेणी घाटमा कलश भरी बजार तथा मानेश्वरी मन्दिर परिक्रमका गरि महायज्ञस्थल इन्द्रेश्वर मन्दिरमा पुगेर टुङ्गिएको थियो ।
    महायज्ञ उद्घाटन जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमको प्रमुख आतिथ्यतामा भएको थियो । महायज्ञ सभामा बोल्दै गौतमले मस्तिष्कमा असल चेतको विकासबाट मात्रै देश विकास सम्भव भएको बताए । फजुलखर्च कटाएर गरिने खर्चले महान उपलब्धि हुने भन्दै मावन भविष्यसँग जोडिएको विषयमा सहयोग गर्न पाउनु गर्वको विषय रहेको बताए ।
    कार्यक्रमका विशिष्ट अतिथि पनौती नगरपालिका प्रम्ुख रामशरण भण्डारीले वैदिक तथा पूर्वीय सनातन धर्मका संस्कारहरु लोप हुन लागेको बताउँदै गुरुकुले त्यसको संरक्षण गर्ने बताए । आफ्नो चुनावी नारामा पनि गूरुकुल स्थापना रहेको र त्यस सम्बन्धि कार्य गरिएको भए पनि गुरुकुलको दैनिक व्यवस्थापन तथा शिक्षक व्यवस्थापनमा नगरले समान्य खर्च उपलब्ध गराएको तर आवश्यक पर्ने सबै खर्च जुुटाउन गाह्रो भएको उनको भनाई थियो । खर्चजुटाउनका लागि आयोजना गरिएको महयज्ञका नगरपालिकाको सहयोग रहने बताए । भण्डारीले नगरमा बौद्धधर्मसँग सम्बन्धि शिक्षालय संचालन गर्ने बताए । नगरपालिकाले सबै धर्महरुलाई उत्तिकै सम्मान गर्ने बताए ।
    पनौती वडा नं ६का वडाअध्यक्ष भीम प्रसाद आचार्यले गुरुकुल निर्माणमा व्यवस्थापनमा सहयोग गर्नेहरुले धेरै खर्च गरिसकेको भन्दै आफूहरुको तर्फबाट पनि सहयोग रहने र गुरुकुल वडा अनि नगरको गर्व गर्न लायक स्थलको रुपमा रहेको बताए ।
    कर्मकाण्डका कामहरुमा पण्डितहरुको संख्या न्यून रहेको र युवापुस्ताहरुको अकर्षण कम रहेको अवस्थामा नगरमा गुरुकुल स्थापना हुनेले धर्म,संस्कार संस्कृति जगेर्नामा सघाउन पुग्ने कार्यक्रमका अतिथिहरुको तर्क थियो । गुरुकुल स्थापना जस्तो सामाजिक,धार्मिक कार्यमा सबैको आर्कषण,साथ सहयोग पाएको भन्दै महायज्ञ सचिवालय प्रमुख रामकुमार बस्नेतले महायज्ञको उद्देश्य पुरा हुने बताए ।
    गुरुकुलका लागि पनौती नगरपालिका, वडा नं ६ स्थित गोरखनाथ मन्दिर नजिक भवन निर्माणाधिन अवस्थामा रहेको छ । गुरुकुल निर्माण सम्पन्न गर्नका लागि १ करोड ७ लाख रुपैंया खर्च हुने प्राबिधिक अनुमान छ । उक्त भवन निर्माण सम्पन्नार्थ सप्ताहको आयोजना गरिएको हो । आगामी मंसिर १६ गते बाट २३ गते सम्म संचालन हुने सप्ताहमा युवा पंण्डित अच्युत प्रसाद भट्टराईले कथावाचन गर्ने छन् ।
    महायज्ञ मुल आयोजक समितिका सचिवालय प्रमुख रामकुमार बस्नेतका अनुसार कलशयात्राकै अवधि सम्मा विभिन्न दाताहरुबाट २१ लाख रुपैंया संकलन भइसकेको छ । महायज्ञमा मूल कथावाचक युवा पण्डित अच्युत भट्टराई तथा सहायक कथावाचाकका रुपमा श्याम धिताल रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७६ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१४६ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२० पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७०५ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२८९ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३६९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑