ललितपुर / बागमती
समाजसेवी तथा राजनितीज्ञ नवराज सन्जेलले सानासाना भाइबहिनि र बिद्यालयको समग्र सुधार साथै त्यसको भविष्यको बिषयमा चर्चानै नहुने बताएका छन् । उनी पुर्वाधारको बिषयले बढी चर्चा पाउने गरेको बताउँछन् । उनी राजनीतिक व्यक्तिहरुले पनि भाषण गर्दा देशका अन्य बिकासका मुहार फेर्ने भन्ने गरेको तर शिक्षा र बालबालिकाको भबिष्यको बारेमा चर्चा र छलफल हुन नसकेको बताउँछन्। बागमती गाउँपालिका वडा न ७ गिम्दी स्थित श्री जनक माविको ५० औं स्वर्ण महोत्सवको दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा राखेका हुन् ।
कुनै पनि राजनैतिक दलहरूले शिक्षा सुधारका बिषयका एजेन्डाहरलाई पहिलो प्राथमिकतामा राखेर छलफल गर्न आबश्यक रहेको उनको धारणा थियो । हाम्रा बिद्यालयहरुलाई कसरी अहिलेको समयानुकूल बनाउने र हाम्रा विद्यार्थीहरुलाई अहिलेको आबश्यक्ता अनुसारको शिक्षा कसरी प्रदान गर्ने भन्ने कुरामा स्थानीय तह गम्भीर भएर लाग्नुपर्नेमा उनको जोड थियो । गाउँपालिकाको समग्र शिक्षा बिकासको लागि नीति बनाउँदा पालिका भित्रका राजनैतिक दलहरुको पनि सल्लाह र सुझाव लिनुपर्नेमा उनको धारणा थियो । प्रदेश र संघका राजनैतिक दलका प्रतिनिधिहरु एबम माननीय ज्युहरुले पनि आफ्नो तत्तत ठाउँमा शिक्षा सुधारका बिषयमा सहि ढङ्गले आवाज उठाउनु हुनेछ भन्ने कुरामा आफू विश्वस्त रहेको समेत बताए ।
बागमती गाउँपालिका वडा न ७ का पुर्व वडा अध्यक्ष समेत रहेका सन्जेलले यो पार्टी त्यो पार्टी नभनीकन आफैंले प्रतिनिधित्व गर्ने दलका नेताहरूले पनि शिक्षामा सुधार तथा परिवर्तन गर्ने खालको एजेन्डा नल्याउने गरेको आरोप लगाए । जनक माविमा यहि फागुन २०,२१ र २२ गते स्वर्ण महोत्सव कार्यक्रम भएको थियो ।