• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख २६, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      २ दिन अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      २ दिन अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      ३ दिन अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      ६ दिन अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      १ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      १ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      १ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      २ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      २ हफ्ता अघि

      विपत्तिपछि खानेपानी व्यवस्थापनमा नागरिकको पहल सराहनीय : अध्यक्ष अधिकारी

      २ हफ्ता अघि

      बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

      २ हफ्ता अघि

      काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

      ३ हफ्ता अघि

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      ३ हफ्ता अघि

      अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

      ३ हफ्ता अघि
    in
    आज: २०८३ बैशाख २६, शनिबार
    होमपेज /  काभ्रे खबर

    पनौतीमा विपद पछि भए नागरिक मैत्री काम : CRS नेपाल र शान्ति जन आदर्श सेवा केन्द्रको प्रभावकारी पहल

  • राजन दाहाल
  • २०८१ चैत्र १८, सोमबार (१ साल अघि)
  • ८२३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रेपलाञ्चोक / पनौती
    क्याथोलिक रिलिफ सर्भिसेस नेपाल (CRS नेपाल) को आर्थिक सहयोग र शान्ति जन आदर्श सेवा केन्द्र नेपालको समन्वयमा असोजमा आएको विनाशकारी बाढीबाट प्रभावित पनौती नगरपालिकाका विभिन्न वडाहरूमा आकस्मिक प्रतिकार्य परियोजना कार्यक्रम सम्पन्न भएको छ । यस परियोजनाले विपद पछि विशेष गरी खानेपानी, सिँचाइ, शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित रहेर तत्काल आवश्यक सहयोग प्रदान गरेको थियो ।
    CRS नेपालका कन्ट्री डाइरेक्टर बन्दना रिजाल र परियोजना संयोजक उत्तम पौडेलले शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामासँगै परियोजना सञ्चालन भएका क्षेत्रहरूको स्थलगत निरीक्षणमा पुग्नुभएको थियो । उहाँहरूले स्थानीय खानेपानी र सिँचाइ उपभोक्ता समिति तथा सरोकारवालासँग छलफल गर्नुभयो।
    स्थानीय बासिन्दाहरूले CRS नेपाल र शान्ति जन आदर्श सेवा केन्द्रले गरेको कार्यको उच्च प्रशंसा गर्दै, विपद्को समयमा तत्काल प्राप्त भएको सहयोगले ठूलो राहत मिलेको बताए। स्थानीय यसोधा सापकोटाको भनाइ अनुसार, “आफ्नै श्रमले कुलो बनाउनुपर्ने अवस्थामा संस्थाले काम गरिदिएर पैसा पनि दियो, यो ठूलो सहयोग हो।”
    शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष लामाले, “सानो सहयोगले पनि ठूलो प्रभाव पार्न सक्छ भन्ने यो परियोजनाले प्रमाणित गरेको छ,” भन्नुभयो। उहाँले विपद्मा परेका स्थानीय तहहरूमध्ये आवश्यकताका आधारमा छनोट गरी काम गरेको र सानो कामले पनि नागरिकलाई खुसी पार्न सकिने बताउनुभयो। CRS नेपालकी कन्ट्री डाइरेक्टर रिजालले आगामी दिनमा पनि यस्ता सहयोगहरू जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    पनौती वडा नं. १ का वडा अध्यक्ष जय कुमार तामाङले, “किसानले खेतमा पानी लगाएर उब्जनी गर्न पाएको खबर सुन्दा गर्व महसुस हुन्छ,” भन्नुभयो। उहाँले आगामी दिनमा हुनसक्ने विपद्लाई ध्यानमा राखी बाढीले पुरेको खोलाको सतहलाई ५ मिटर चौडाइ र २ मिटर गहिराइ खन्ने गरी पूर्वतयारी गरेको पनि जानकारी दिनुभयो।
    सि आर एस नेपालको सहयोग र शान्ति जन आदर्श सेवा केन्द्र नेपालको समन्वयमा असोजको बाढी पश्चात् रोशी गाउँपालिका, तेमाल गाउँ पालिका र पनौती नगरपालिकामा गरि आकस्मिक प्रतिकार्य परियोजना अन्तर्गत, ९३ खानेपानी योजना र ३५ सिँचाइ योजना मर्मत गरिएको छ, जसबाट १५,००० भन्दा बढी मानिस लाभान्वित भएका छन् । यसका साथै, सरकारी भवन मर्मत, पानी शुद्धीकरण, र २४० बाढी पीडित परिवारलाई परिवार संख्याका आधारमा १५,००० देखि २०,००० रुपैयाँसम्म नगद सहयोग पनि प्रदान गरिएको थियो । सस्थाका फिल्ड कर्मचारी रमेश के.सी का अनुसार, यस बाहेक, पानी परीक्षण र मनोपरामर्श कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
    पनौती नगरपालिकाको वडा न १,२ र ६ मा रहेका योजनाहरुको अवलोकन तथा सरोकारवालाहरुसंग छलफल गर्न सि आर एस र शान्ति जन आदर्श सेवा केन्द्रको टीम उक्त क्षेत्रमा पुगेको थियो ।
    शान्ति जन आदर्श सेवा केन्द्रले विभिन्न आर्थिक साझेदारी संस्थाहरूसँग सहकार्य गरी खानेपानी, सिँचाइ तथा आवास निर्माणमा सहयोग गर्दै आएको छ। यो परियोजनाले विपद्को समयमा तत्काल राहत र दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुर्‍याएको बिश्वास गरिएको छ । स्थानीय समुदायको सहभागिता र आवश्यकतालाई प्राथमिकतामा राखेर कार्य गरिएको पाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

    छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

    समाचार

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    काभ्रे खबर

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९९२ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६१४ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२०९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०६५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०३५ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९३५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑