• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ ३०, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      ४ दिन अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      ६ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      १ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      २ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      २ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      ३ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ४ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      १ महिना अघि
    in
    आज: २०८२ अषाढ ३०, सोमबार
    होमपेज /  काभ्रे खबर

    पनौतीमा विपद पछि भए नागरिक मैत्री काम : CRS नेपाल र शान्ति जन आदर्श सेवा केन्द्रको प्रभावकारी पहल

  • राजन दाहाल
  • २०८१ चैत्र १७, सोमबार (३ महिना अघि)
  • ४८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रेपलाञ्चोक / पनौती
    क्याथोलिक रिलिफ सर्भिसेस नेपाल (CRS नेपाल) को आर्थिक सहयोग र शान्ति जन आदर्श सेवा केन्द्र नेपालको समन्वयमा असोजमा आएको विनाशकारी बाढीबाट प्रभावित पनौती नगरपालिकाका विभिन्न वडाहरूमा आकस्मिक प्रतिकार्य परियोजना कार्यक्रम सम्पन्न भएको छ । यस परियोजनाले विपद पछि विशेष गरी खानेपानी, सिँचाइ, शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित रहेर तत्काल आवश्यक सहयोग प्रदान गरेको थियो ।
    CRS नेपालका कन्ट्री डाइरेक्टर बन्दना रिजाल र परियोजना संयोजक उत्तम पौडेलले शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामासँगै परियोजना सञ्चालन भएका क्षेत्रहरूको स्थलगत निरीक्षणमा पुग्नुभएको थियो । उहाँहरूले स्थानीय खानेपानी र सिँचाइ उपभोक्ता समिति तथा सरोकारवालासँग छलफल गर्नुभयो।
    स्थानीय बासिन्दाहरूले CRS नेपाल र शान्ति जन आदर्श सेवा केन्द्रले गरेको कार्यको उच्च प्रशंसा गर्दै, विपद्को समयमा तत्काल प्राप्त भएको सहयोगले ठूलो राहत मिलेको बताए। स्थानीय यसोधा सापकोटाको भनाइ अनुसार, “आफ्नै श्रमले कुलो बनाउनुपर्ने अवस्थामा संस्थाले काम गरिदिएर पैसा पनि दियो, यो ठूलो सहयोग हो।”
    शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष लामाले, “सानो सहयोगले पनि ठूलो प्रभाव पार्न सक्छ भन्ने यो परियोजनाले प्रमाणित गरेको छ,” भन्नुभयो। उहाँले विपद्मा परेका स्थानीय तहहरूमध्ये आवश्यकताका आधारमा छनोट गरी काम गरेको र सानो कामले पनि नागरिकलाई खुसी पार्न सकिने बताउनुभयो। CRS नेपालकी कन्ट्री डाइरेक्टर रिजालले आगामी दिनमा पनि यस्ता सहयोगहरू जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    पनौती वडा नं. १ का वडा अध्यक्ष जय कुमार तामाङले, “किसानले खेतमा पानी लगाएर उब्जनी गर्न पाएको खबर सुन्दा गर्व महसुस हुन्छ,” भन्नुभयो। उहाँले आगामी दिनमा हुनसक्ने विपद्लाई ध्यानमा राखी बाढीले पुरेको खोलाको सतहलाई ५ मिटर चौडाइ र २ मिटर गहिराइ खन्ने गरी पूर्वतयारी गरेको पनि जानकारी दिनुभयो।
    सि आर एस नेपालको सहयोग र शान्ति जन आदर्श सेवा केन्द्र नेपालको समन्वयमा असोजको बाढी पश्चात् रोशी गाउँपालिका, तेमाल गाउँ पालिका र पनौती नगरपालिकामा गरि आकस्मिक प्रतिकार्य परियोजना अन्तर्गत, ९३ खानेपानी योजना र ३५ सिँचाइ योजना मर्मत गरिएको छ, जसबाट १५,००० भन्दा बढी मानिस लाभान्वित भएका छन् । यसका साथै, सरकारी भवन मर्मत, पानी शुद्धीकरण, र २४० बाढी पीडित परिवारलाई परिवार संख्याका आधारमा १५,००० देखि २०,००० रुपैयाँसम्म नगद सहयोग पनि प्रदान गरिएको थियो । सस्थाका फिल्ड कर्मचारी रमेश के.सी का अनुसार, यस बाहेक, पानी परीक्षण र मनोपरामर्श कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
    पनौती नगरपालिकाको वडा न १,२ र ६ मा रहेका योजनाहरुको अवलोकन तथा सरोकारवालाहरुसंग छलफल गर्न सि आर एस र शान्ति जन आदर्श सेवा केन्द्रको टीम उक्त क्षेत्रमा पुगेको थियो ।
    शान्ति जन आदर्श सेवा केन्द्रले विभिन्न आर्थिक साझेदारी संस्थाहरूसँग सहकार्य गरी खानेपानी, सिँचाइ तथा आवास निर्माणमा सहयोग गर्दै आएको छ। यो परियोजनाले विपद्को समयमा तत्काल राहत र दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुर्‍याएको बिश्वास गरिएको छ । स्थानीय समुदायको सहभागिता र आवश्यकतालाई प्राथमिकतामा राखेर कार्य गरिएको पाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४८६ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१६३ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८३२ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७२० पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४३०० पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३८१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑