• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ २१, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      ४ घण्टा अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १८ घण्टा अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      ३ दिन अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      ३ दिन अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      २ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      २ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      २ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ३ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      ३ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ३ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ३ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ २१, आईतबार
    होमपेज /  बागमती

    तामाङ संघ बागमती प्रदेशको बैठक : असार २७ र २८ गते अधिबेशन गर्ने तयारी

  • राजन दाहाल
  • २०८२ जेष्ठ १५, बिहिबार (१ साल अघि)
  • ८७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १७ मिनेट
  • ललितपुर / राजन प्रसाद दाहाल 
    नेपाल तामाङ संघ बागमती प्रदेशको बैठक आज ललितपुरमा सम्पन्न भएको छ । बैठकले असार २७ र २८ गते नेपाल तामाङ संघ बागमती प्रदेशको प्रथम अधिवेशन गर्ने निर्णय गरेको हो । आज ललितपुरको भनीमण्डलमा सम्पन्न तयारी बैठकले उपत्यकामा हुने यस अधिवेशन तामाङ समुदायको हकहित, पहिचान र राजनीतिक पहुँचका लागि महत्वपूर्ण हुने जनाइएको छ।

    अधिवेशनको तयारी र केन्द्रीय नेतृत्वको जोड

    नेपाल तामाङ संघका केन्द्रीय अध्यक्ष रामकृष्ण तामाङको विशेष उपस्थिति र बागमती प्रदेशका तदर्थ समिति संयोजक बिलाम मोक्तानको संयोजकत्वमा सम्पन्न बैठकमा अधिवेशनको तयारीमाथि विस्तृत छलफल भएको थियो । केन्द्रिय सभापति तामाङले उपस्थित सबै जिल्ला सभापतिहरूलाई सकेसम्म चाँडो जिल्ला अधिवेशन सम्पन्न गर्न र प्रदेश तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गरी टुंग्याउन निर्देशन दिएका छन् । तामाङ समुदाय अब ‘विक’ नभई ‘क्विक’ गतिमा अघि बढ्नुपर्नेमा उनको जोड थियो । तामाङहरू राजनीतिक मूलधारमा आउन नसक्नुको कारण ऊर्जाशील र संघर्षशील नहुनु रहेको तामाङको भनाइ थियो। उनले व्यक्तिगत नेतृत्वभन्दा पनि समग्र तामाङ जातिको हकहित र भलाइका लागि सामूहिक प्रयास आजको आवश्यकता भएको औँल्याए।

    एकता र पहिचानका लागि संघर्ष

    बैठकमा नेपाल तामाङ संघका केन्द्रीय सदस्य सानुकान्छा तामाङले तामाङ समुदायको उचित स्थान र पहिचान दिलाउनका लागि आफू सधैँ तत्पर रहेको बताए। उनले तामाङहरू अब पार्टीको ‘झोले’ वा ‘भरिया’ मात्र नभई राज्य सञ्चालनमा आउन ‘बार्गेनिङ’ गर्नुपर्ने अवस्था आएकोमा जोड दिएका छन् । तामाङ समुदायबीच एकता नहुँदा अन्य समुदायले त्यसको फाइदा उठाइरहेको भन्दै उनले आगामी दिनमा एकताबद्ध भएर अगाडि बढ्न सबैलाई आह्वान गरे।
    अर्का केन्द्रीय सदस्य पदम घिसिङले जिल्ला अधिवेशन असफल पार्न पार्टीभित्रकै केही समूह लागिपरेको गुनासो गरे। उनले पनि तामाङ समुदायमा एकताको अभावले नोक्सान व्यहोर्नु परेको यथार्थता व्यक्त गरे।

    जिल्ला अधिवेशनको प्रगति र चुनौती

    बैठकमा बागमती प्रदेशका विभिन्न जिल्लाका सभापतिहरूले आ-आफ्नो जिल्लाको गतिविधिबारे जानकारी गराएका थिए । काभ्रे जिल्ला सभापति रिम बहादुर तामाङले काभ्रेमा ३ वटा पालिकाबाहेक सबै पालिकाको प्रतिनिधि तोकिसकेको बताए ।सिन्धुपाल्चोक जिल्ला सभापति क्षेत्र बहादुर तामाङले तामाङलाई राज्य सञ्चालनको मूलधारमा लैजान कांग्रेसको विचारमा अगाडि बढ्ने सक्षम युवाहरूलाई गुट-उपगुटभन्दा माथि उठेर स्थान दिनुपर्ने धारणा राखेका छन् । ललितपुरका जिल्ला सभापतिले जेठ १० गते ललितपुर जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न भएको जानकारी दिँदै आफ्नो जिल्लामा तामाङले नै तामाङलाई अगाडि बढ्न रोकेको गुनासो गरे। नेपाल तामाङ संघ बागमती प्रदेशका संयोजक बिलाम मोक्तानले हालसम्म बागमती प्रदेशका ८ वटा जिल्लामा जिल्ला अधिवेशन भइसकेको र काठमाडौँ, भक्तपुर, रामेछाप, सिन्धुली र चितवनमा भने हुन बाँकी रहेको जानकारी दिए। उनले जेठ महिनाभित्रै सबै जिल्ला अधिवेशन सक्ने गरी तयारी भइरहेको बताए।
    समग्रमा, यस तयारी बैठकले तामाङ जातिको अधिकार प्राप्ति, भाषा संरक्षण, र पहिचानका लागि सशक्त एकता र संघर्षको आवश्यकतालाई जोड दिएको छ। बागमती प्रदेशको यो प्रथम  अधिवेशन तामाङ समुदायको भविष्यको दिशा निर्धारण गर्ने महत्वपूर्ण खुड्किलो बन्ने अपेक्षा गरिएको छ।

    बैठकमा तामाङ संघका केन्द्रिय सभापति लगाएत सदस्यहरु बागमती प्रदेशका जिल्ला सभापतिहरु, क्षेत्रीय सभापतिहरु लगाए तामाङ संघमा आवद्ध नेताहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    बागमती सम्बन्धि थप

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    समाचार

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१०३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७१० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३११ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१७१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१४० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०४२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑