• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ ७, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      २ दिन अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ६ दिन अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      १ हफ्ता अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      १ हफ्ता अघि

      “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

      १ हफ्ता अघि

      पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

      १ हफ्ता अघि

      श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

      १ हफ्ता अघि

      ट्रम्पको डलर रणनीति: लाभ अमेरिकालाई, घाटा सारा संसारलाई?

      २ हफ्ता अघि

      ११ वर्षीया अग्रिमा कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि

      ३ हफ्ता अघि

      तामाङ संघको केन्द्रीय महाधिवेशन आगामी भदौमा हुने

      ३ हफ्ता अघि

      तामाङ संघ बागमती प्रदेशको बैठक : असार २७ र २८ गते अधिबेशन गर्ने तयारी

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ ललितपुर ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न : सभापतिमा तिर्थ घलान सर्वसम्मत

      ३ हफ्ता अघि

      निर्यातको भ्रमजाल: तेल व्यापार, डलरको चाप र दिगोपनको खोजी

      ४ हफ्ता अघि

      नेपाल तामाङ संघ ललितपुरको ऐतिहासिक जिल्ला अधिवेशन जेठ १० गते हुँदै : तामाङ समुदायको हकहित र पहिचान संरक्षणमा नयाँ अध्याय सुरु हुने विश्वास

      १ महिना अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको बैठक : अधिवेशन भव्य रूपमा सफल पार्ने तयारी

      १ महिना अघि
    in
    आज: २०८२ अषाढ ७, शनिबार
    होमपेज /  बागमती

    तामाङ संघ बागमती प्रदेशको बैठक : असार २७ र २८ गते अधिबेशन गर्ने तयारी

  • राजन दाहाल
  • २०८२ जेष्ठ १६, बिहिबार (३ हफ्ता अघि)
  • ३७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १७ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर / राजन प्रसाद दाहाल 
    नेपाल तामाङ संघ बागमती प्रदेशको बैठक आज ललितपुरमा सम्पन्न भएको छ । बैठकले असार २७ र २८ गते नेपाल तामाङ संघ बागमती प्रदेशको प्रथम अधिवेशन गर्ने निर्णय गरेको हो । आज ललितपुरको भनीमण्डलमा सम्पन्न तयारी बैठकले उपत्यकामा हुने यस अधिवेशन तामाङ समुदायको हकहित, पहिचान र राजनीतिक पहुँचका लागि महत्वपूर्ण हुने जनाइएको छ।

    अधिवेशनको तयारी र केन्द्रीय नेतृत्वको जोड

    नेपाल तामाङ संघका केन्द्रीय अध्यक्ष रामकृष्ण तामाङको विशेष उपस्थिति र बागमती प्रदेशका तदर्थ समिति संयोजक बिलाम मोक्तानको संयोजकत्वमा सम्पन्न बैठकमा अधिवेशनको तयारीमाथि विस्तृत छलफल भएको थियो । केन्द्रिय सभापति तामाङले उपस्थित सबै जिल्ला सभापतिहरूलाई सकेसम्म चाँडो जिल्ला अधिवेशन सम्पन्न गर्न र प्रदेश तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गरी टुंग्याउन निर्देशन दिएका छन् । तामाङ समुदाय अब ‘विक’ नभई ‘क्विक’ गतिमा अघि बढ्नुपर्नेमा उनको जोड थियो । तामाङहरू राजनीतिक मूलधारमा आउन नसक्नुको कारण ऊर्जाशील र संघर्षशील नहुनु रहेको तामाङको भनाइ थियो। उनले व्यक्तिगत नेतृत्वभन्दा पनि समग्र तामाङ जातिको हकहित र भलाइका लागि सामूहिक प्रयास आजको आवश्यकता भएको औँल्याए।

    एकता र पहिचानका लागि संघर्ष

    बैठकमा नेपाल तामाङ संघका केन्द्रीय सदस्य सानुकान्छा तामाङले तामाङ समुदायको उचित स्थान र पहिचान दिलाउनका लागि आफू सधैँ तत्पर रहेको बताए। उनले तामाङहरू अब पार्टीको ‘झोले’ वा ‘भरिया’ मात्र नभई राज्य सञ्चालनमा आउन ‘बार्गेनिङ’ गर्नुपर्ने अवस्था आएकोमा जोड दिएका छन् । तामाङ समुदायबीच एकता नहुँदा अन्य समुदायले त्यसको फाइदा उठाइरहेको भन्दै उनले आगामी दिनमा एकताबद्ध भएर अगाडि बढ्न सबैलाई आह्वान गरे।
    अर्का केन्द्रीय सदस्य पदम घिसिङले जिल्ला अधिवेशन असफल पार्न पार्टीभित्रकै केही समूह लागिपरेको गुनासो गरे। उनले पनि तामाङ समुदायमा एकताको अभावले नोक्सान व्यहोर्नु परेको यथार्थता व्यक्त गरे।

    जिल्ला अधिवेशनको प्रगति र चुनौती

    बैठकमा बागमती प्रदेशका विभिन्न जिल्लाका सभापतिहरूले आ-आफ्नो जिल्लाको गतिविधिबारे जानकारी गराएका थिए । काभ्रे जिल्ला सभापति रिम बहादुर तामाङले काभ्रेमा ३ वटा पालिकाबाहेक सबै पालिकाको प्रतिनिधि तोकिसकेको बताए ।सिन्धुपाल्चोक जिल्ला सभापति क्षेत्र बहादुर तामाङले तामाङलाई राज्य सञ्चालनको मूलधारमा लैजान कांग्रेसको विचारमा अगाडि बढ्ने सक्षम युवाहरूलाई गुट-उपगुटभन्दा माथि उठेर स्थान दिनुपर्ने धारणा राखेका छन् । ललितपुरका जिल्ला सभापतिले जेठ १० गते ललितपुर जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न भएको जानकारी दिँदै आफ्नो जिल्लामा तामाङले नै तामाङलाई अगाडि बढ्न रोकेको गुनासो गरे। नेपाल तामाङ संघ बागमती प्रदेशका संयोजक बिलाम मोक्तानले हालसम्म बागमती प्रदेशका ८ वटा जिल्लामा जिल्ला अधिवेशन भइसकेको र काठमाडौँ, भक्तपुर, रामेछाप, सिन्धुली र चितवनमा भने हुन बाँकी रहेको जानकारी दिए। उनले जेठ महिनाभित्रै सबै जिल्ला अधिवेशन सक्ने गरी तयारी भइरहेको बताए।
    समग्रमा, यस तयारी बैठकले तामाङ जातिको अधिकार प्राप्ति, भाषा संरक्षण, र पहिचानका लागि सशक्त एकता र संघर्षको आवश्यकतालाई जोड दिएको छ। बागमती प्रदेशको यो प्रथम  अधिवेशन तामाङ समुदायको भविष्यको दिशा निर्धारण गर्ने महत्वपूर्ण खुड्किलो बन्ने अपेक्षा गरिएको छ।

    बैठकमा तामाङ संघका केन्द्रिय सभापति लगाएत सदस्यहरु बागमती प्रदेशका जिल्ला सभापतिहरु, क्षेत्रीय सभापतिहरु लगाए तामाङ संघमा आवद्ध नेताहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

    काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

    नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

    “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

    पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

    श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

    समाचार

    पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

    काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

    नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

    नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

    काभ्रे खबर

    पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

    काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

    पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

    श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५३६४ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५०४२ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४७११ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४६२५ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२१२ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३२५४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑