• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ २१, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      २ घण्टा अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १६ घण्टा अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      ३ दिन अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      ३ दिन अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      २ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      २ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      २ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ३ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      ३ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ३ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ३ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ २१, आईतबार
    होमपेज /  बागमती

    अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

  • राजन दाहाल
  • २०८२ मंसिर २६, शुक्रबार (६ महिना अघि)
  • ५४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १३ मिनेट
  • ललितपुर / गिम्दी

    “अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी” भन्ने मूल नारासहित देवता बागमती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभा शुक्रबार बागमती गाउँपालिकामा सम्पन्न भएको छ। सभामा प्रमुख अतिथि बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चन उपस्थित रहे भने विशेष अतिथिका रूपमा उपाध्यक्ष भक्त बहादुर दर्लामी मगर र वडा नं. ७ का वडा अध्यक्ष होमप्रसाद बजगाईको सहभागिता थियो।

    सभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारीमा हाल ३०८ जना शेयर सदस्य रहेका छन्, जसमा ११४ जना महिला, १९४ जना पुरुष तथा १७९ जना बाल सदस्य समावेश छन्। सहकारीले गत आर्थिक वर्ष २०८०/८१ मा ४ करोड ४३ लाख ५० हजार ५२४ को कारोबार गरेको थियो भने आर्थिक वर्ष २०८१/८२ मा कारोबार वृद्धि हुँदै ४ करोड ८५ लाख ३० हजार ४ सय ४९ मा पुगेको अध्यक्ष काशीनाथ सापकोटाले जानकारी दिए। चालु वर्षको शेयर पूँजी ४३ लाख ३५ हजार, बचत निक्षेप ३ करोड ४७ लाख ९० हजार ४६ र खुद नाफा २२ लाख ५८ हजार २ सय ६२ रहेको प्रतिवेदनमा उल्लेख छ।

    सहकारीले २०८१/८२ को नाफाबाट आफ्ना शेयर सदस्यलाई १८ प्रतिशतको दरले बोनस वितरण गरेको छ। नियमित रूपमा उत्कृष्ट आर्थिक कारोबार गर्ने उत्कृष्ट ऋणी दुई जना शेयर सदस्य नम्बर २८५ की ग्यानुमाया भुलुन र शेयर सदस्य नम्बर २०६ का नवराज दुलाललाई समारोहका बीच सम्मान गरिएको थियो। त्यस्तै एसईई २०८१ उत्तीर्ण गरेका १४ जना बाल सदस्यलाई नगदसहित प्रोत्साहन प्रदान गरिएको छ। उत्कृष्ट दुग्ध उत्पादन गर्ने आठ जना शेयर सदस्यलाई क्यान प्रदान गरी सम्मान गरियो भने एकल महिला सदस्य १३ जनालाई पनि विशेष सम्मान गरिएको थियो।

    कार्यक्रममा लेखा समिति र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरी सहभागी शेयर सदस्यहरूलाई विस्तृत जानकारी गराइएको थियो। सबै प्रतिवेदन साधारण सभाले सर्वसम्मत रूपमा पारित गरेको छ। सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गतका विभिन्न कामहरू गर्दै आइरहेको जानकारी पनि सभामा प्रस्तुत गरिएको थियो।

    यो साधारण सभा आगामी कार्यकालका लागि भएको चुनावी साधारण सभा समेत रहेको थियो। सभाले अध्यक्षमा काशीनाथ सापकोटालाई पुनः निर्विरोध चयन गरेको छ। त्यस्तै उपाध्यक्षमा सुर्य बहादुर आले, सचिवमा जय बहादुर भुलुन तथा कोषाध्यक्षमा बुद्धमाया थापा मगर समेत निर्विरोध निर्वाचित भए। अन्य सदस्यहरूका रूपमा भक्त बहादुर कालिकोटे, रुद्र सापकोटा, ठाकुरकुमार घिमिरे, पार्वती सन्जेल र केशव तिमल्सिना विजयी भएका छन्। लेखा समितिमा संयोजकका रूपमा भिमसेन घिमिरे तथा सदस्यका रूपमा कृष्ण प्रसाद तिमल्सिना र विष्णु बहादुर तिमल्सिना चयन भए।

    प्रमुख अतिथि लोप्चनले ग्रामीण क्षेत्रमा सहकारीहरूको सञ्चालन स्थिति उत्कृष्ट रहेको उल्लेख गर्दै सहकारीहरूलाई अवलोकन भ्रमण कार्यक्रममार्फत सीप र अनुभव आदान–प्रदान गर्न अनुरोध गरेका थिए। कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले सहकारीले गरेको आर्थिक विकास, सामाजिक उत्तरदायित्व र समुदायप्रतिको सेवाको प्रशंसा गरेका थिए। साधारण सभामा शेयर सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो र कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको सहकारीले जनाएको छ। कार्यक्रममा समृद्दि आमा समुह र जिबिका सहकारी तथा अन्य आमा समुहहरुले सहकारी सम्बन्धि गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    बागमती सम्बन्धि थप

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    समाचार

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१०३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७१० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३११ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१७१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१४० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०४२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑