• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ४, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      १७ घण्टा अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      २ दिन अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      ३ दिन अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      ५ दिन अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      १ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      १ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      १ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      २ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      २ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      २ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      ३ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      ३ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ४, सोमबार
    होमपेज /  काभ्रे खबर

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

  • राजन दाहाल
  • २०८२ मंसिर २९, सोमबार (५ महिना अघि)
  • ३४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    धुलिखेल

    नेपाली कांग्रेस धुलिखेल नगर सभापति बिदुर बहादुर बस्नेतले पार्टी सुधारका विषयमा धारणा सार्वजनिक गर्दै वर्तमान अवस्थामा कांग्रेसले गर्नैपर्ने मुख्य कामहरू औंल्याएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको उनको अभिव्यक्ति राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। बस्नेत हालै काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसमा परेका नेता हुन्।

    उनले नेपाली कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्न सबैभन्दा पहिले पार्टीभित्रै सुधार अपरिहार्य रहेको बताएका छन्। पार्टीभित्र देखिएको गुटबन्दी अन्त्य गर्दै टिकट वितरण, पद बाँडफाँट तथा निर्णय प्रक्रियामा पूर्ण पारदर्शिता कायम गर्नुपर्नेमा उनले जोड दिएका छन्। साथै युवालाई केवल सहयोगी भूमिकामा सीमित नराखी वास्तविक नेतृत्वको अवसर दिनुपर्ने उनको धारणा छ।

    बस्नेतले भ्रष्टाचारविरुद्ध कांग्रेस स्पष्ट र कठोर रूपमा उभिनुपर्ने उल्लेख गर्दै आफ्नै नेता तथा कार्यकर्तामाथि समेत निष्पक्ष कारबाही गरेर उदाहरण प्रस्तुत गर्नुपर्ने बताएका छन्। अरूलाई दोष दिने राजनीति होइन, आफू इमानदार भएर देखिनु नै जनताको विश्वास जित्ने बाटो भएको उनको भनाइ छ।

    उनका अनुसार कांग्रेसले सिंहदरबार केन्द्रित राजनीतिबाट बाहिर निस्केर जनतासँग प्रत्यक्ष सम्बन्ध जोड्नुपर्छ। गाउँ–बस्ती, किसान, मजदुर, युवा तथा वैदेशिक रोजगारीमा गएका नागरिकका समस्या सुन्ने र भाषणभन्दा व्यवहारिक समाधान दिनु अहिलेको आवश्यकता भएको उनले उल्लेख गरेका छन्।

    अर्थतन्त्र र रोजगारीलाई प्राथमिकतामा राख्दै देशभित्रै युवालाई रोजगारी सिर्जना गर्ने नीति अवलम्बन गर्नुपर्नेमा बस्नेतको जोड छ। कृषि, पर्यटन र साना उद्योगको प्रवर्द्धनका लागि ठोस योजना आवश्यक रहेको उल्लेख गर्दै उनले रेमिटेन्समा मात्र निर्भर अर्थनीति परिवर्तन गर्नुपर्ने बताएका छन्।

    उनले लोकतान्त्रिक मूल्यको संरक्षणमा कांग्रेस सदैव दृढ रहनुपर्ने बताउँदै अभिव्यक्ति स्वतन्त्रता, न्यायपालिका र सञ्चारमाध्यममाथि हुने कुनै पनि दबाबको विरोध गर्नुपर्ने उल्लेख गरेका छन्। सत्तामा हुँदा पनि सहिष्णुता र सहमतिको राजनीतिक संस्कार कायम गर्नुपर्ने उनको भनाइ छ।

    बस्नेतले अब कांग्रेसले केवल इतिहासका उपलब्धि मात्र दोहोर्याएर होइन, स्पष्ट दिशा र भविष्यको योजना जनतासामु प्रस्तुत गर्न सक्नुपर्ने बताएका छन्। जनताको अपेक्षा कम भाषण, कम नाटक र बढी काम भएको उल्लेख गर्दै उनले इमानदार नेतृत्व दिन सक्नुपर्छ भन्ने सन्देश दिएका छन्।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    समाचार

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    काभ्रे खबर

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०१४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६३३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२२४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०७८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०५६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९५३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑