काभ्रे
जिल्लाको नमोबुद्ध नगरपालिकामा निर्माण गरिएको “हार्वेस्ट सेवा केन्द्र विउ गे्रडिङ तथा राईस मिल”को उद्घाटन गरिएको छ । कृषि मन्त्रालय ईन्जिनीयरिङ माहाशाखा , संसदिय कोष , नगरपालिका , स्थानिय निकाय एवं शेयर सदस्यहरुको लगानिमा कुल १ करोड ४३ लाखको लागतमा निर्माण गरिएको “हार्वेस्ट सेवा केन्द्र विउ गे्रडिङ तथा राईस मिल”को बाग्मति प्रदेसका माननिय कृषि मन्त्री बसुन्धरा हुमागाईद्धारा उद्घाटन गरिएको हो । बजारमा केमिकल रहित स्वच्छ चामल उत्पादन गर्ने उदेस्यले निर्माण गरिएको यस राईस मिल पुर्ण रुपमा संचालन पस्चात कम्तिमा १५ देखि २० जना स्थानिय युवाहरुले गाउँघरमै रोजगार पाउँने सस्थाका सचिव राममणि हुमागाईले जानकारि दिनुभयो ।
यस मिलबाट उत्पादित केमिकलरहित चामल बजारको भन्दा केहि सस्तो मुल्यमा स्थानियलाई पहिलो प्राथमिकताको साथ बिक्रि गरिने बताईएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कुन्साङ लामाले नगरभित्र रहेका सम्पुर्ण कृषि बहुउद्देश्यीय ऋण सहकारिहरुमा आफ्नो लगानिलाई उत्पादन क्षेत्रको लगानिमा जोड दिन आग्रह गर्नुभयो ।
बाग्मति प्रदेसका माननीय कृषि मन्त्री बसुन्धरा हुमागाईको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा बिसेस अथिति बाग्मति प्रदेसका पुर्व कृषि मन्त्री चन्द्र लामा , नगरप्रमुख कुन्साङ लामा , सस्थाका अध्यक्ष उद्धब हुमागाई , नेपाली कांग्रेसका नगर सभापति ईन्द्रबहादुर दाहाल , बिभिन्न वडाका वडा अध्यक्षहरु , वडा सदस्यहरु , शेयर सदस्यहरु एवं उलेख्यरुपमा स्थानियवासिहरुको उपस्थिति रहेको थियो ।