• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष ५, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

      १ घण्टा अघि

      भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

      १ दिन अघि

      छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

      ४ दिन अघि

      मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

      ५ दिन अघि

      गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

      ५ दिन अघि

      कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

      ५ दिन अघि

      अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

      १ हफ्ता अघि

      प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

      १ हफ्ता अघि

      नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

      १ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

      १ हफ्ता अघि

      युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

      १ हफ्ता अघि

      कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

      २ हफ्ता अघि

      देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

      २ हफ्ता अघि

      पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

      २ हफ्ता अघि

      कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

      ३ हफ्ता अघि
    in
    आज: २०८२ पौष ५, शनिबार
    होमपेज /  काभ्रे खबर

    महिलाको पहिचान विवाहका आधारमा नभएर जन्मका आधारमा हनुपर्ने – राम बहादुर थापा

  • सिरुपाते खबर
  • २०८० श्रावण २१, आईतबार (२ साल अघि)
  • १२५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काठमाडौं
    आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले महिलाको पहिचान बिबाहका आधारमा नभएर जन्मका आधारमा हुनुपर्ने बताएका छन् ।
    २९ औं विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महिला महासंघ (नेफिन) केन्द्रीय महिला विभागले आयोजना गरेको ‘आदिवासी जनजाति महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व सीडको सिफारिस नम्बर ३९ आदिवासी महिला र किशोरीको सवाल’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् ।
    आदिवासी आयोग संवैधानिक निकाय भएपनि आयोगसँग प्रयाप्त जनशक्तिको अभाव र कतिपय कानूनी अड्चनहरू समेत रहेको उनले बताए । भने, ‘हामीसँग जनशक्ति कम हुन्छ । हाम्रा निश्चित कार्यक्षेत्र हुन्छन् । त्यसैले आदिवासी जनजाति महिलाहरूको इश्युमा पैरवी गर्ने र हामीलाई पनि झकझक्याउने भूमिका तपाईंहरूको नै हो ।’
    अध्यक्ष थापामगरले आदिवासी सम्वद्ध कानूनहरू निर्माण गर्दापनि ध्यान दिनुपर्ने बताए । उनले भने, ‘आदिवासी जनजाति महिलाहरूको सन्दर्भमा कहिले खस आर्य, कहिले आदिवासी जनजाति भएर दोहोरो सुबिधा लिइरहेको अवस्था छ । तर हामीले जन्मको आधारमा महिलाको पहिचान हुनुपर्छ भन्ने कुरा सिफारिस गरेका छौं । वैवाहिक आधारमा प्रतिनिधित्व हुने अवस्था कायम रहेमा झन् बढी विभेद हुन्छ । त्यसैले प्रतिनिधित्व जन्मको आधारमा हुनुपर्छ ।’
    त्यस अवसरमा बोल्दै नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले महासंघको कार्यक्षेत्र निकै ठुलो भएको भन्दै ती विषयमा उत्पन्न समस्याको समाधान गर्न महासंघ एक्लैलाई गाह्रो हुने बताए ।
    पछिल्लो समय भगवती पाण्डेले दिएको अभिव्यक्तिलाई जोड्दै उनले कानून व्यवसायि जस्तो सचेत व्यक्तिबाट लापरबाही ढंगले दिइएको अभिव्यक्ति गलत भएको बताए । उनले यो तामाङ र मगरमाथि मात्र नभएर समग्र आदिवासी जनजातिको प्रथाजनित मान्यता र विश्वासमाथिको प्रहार तथा विभेद भएको समेत बताए ।
    आफूले जानकारी नराख्ने विषयमा बोल्न नहुने भन्दै उनले कुनैपनि कुरा राख्दा कुनै व्यक्ति वा समुदायलाई कस्तो असर पर्ला भन्ने कुराको हेक्का राखिनुपर्ने समेत बताए ।
    त्यस अवसरमा थारु आयोगको सदस्य शान्ती मोदी, नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष तथा महिला विभाग तथा श्रुती कुमाल, सचिव भद्रकुमारी बराम, नेपाल आदिवासी जनजाति महिला महासंघका अध्यक्ष ङिमी शेर्पाले आदिवासी जनजाति समुदाय एकजुट हुन नसक्दा पटक-पटक विभिन्न नाममा शोषण, दमन र विभेद हुने गरेको बताएका थिए ।
    कार्यक्रममा विज्ञ एशोकान्ती भट्टचनले सीडको आधारभूत सिफारिस नं. ३९ को प्रभावकारी कार्यान्वयन वकालत, पैरवी र आगामी सामुहिक अभियान विषयमा र विज्ञ प्रतिमा गुरुङले सीड र आधारभूत सिफारिस ३९ मा भएका प्रावधानहरूबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    समाचार

    नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    काभ्रे खबर

    नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६१० पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९३० पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७८८ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७२६ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५४१ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२६१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑