• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ मंसिर २९, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

      २ दिन अघि

      प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

      ४ दिन अघि

      नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

      ५ दिन अघि

      काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

      ६ दिन अघि

      युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

      १ हफ्ता अघि

      कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

      १ हफ्ता अघि

      देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

      १ हफ्ता अघि

      पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

      १ हफ्ता अघि

      कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

      २ हफ्ता अघि

      बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

      २ हफ्ता अघि

      थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

      ३ हफ्ता अघि

      पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

      ३ हफ्ता अघि

      गिम्दी प्रवासी युवा समाजको नेतृत्वमा पुनर्निर्मित पशुपतिनाथ मन्दिर उद्‍घाटन

      ३ हफ्ता अघि

      काभ्रे तरुणद्वारा बृहत मोटरसाइकल र्‍याली, हजारौं युवाको उपस्थिति

      ४ हफ्ता अघि

      पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

      १ महिना अघि
    in
    आज: २०८२ मंसिर २९, सोमबार
    होमपेज /  काभ्रे खबर

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामाले दर्ता गरे गाली बेइज्जतीको मुद्धा

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० आश्विन २, मंगलबार (२ साल अघि)
  • २३८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बनेपा
    आफ्ना विरुद्ध सञ्चारमाध्यममा अनर्गल प्रचार भएपछि बाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामाले सञ्चारमाध्यम र सञ्चारकर्मीविरुद्ध गालीबेइज्जतीको मुद्धा दर्ता गरेका छन् । २०८० भाद्र २५ गते काठमाडौंमा सुन बरामद भएको घटनामा आफ्नो समेत नाम मुछेर कपोलकल्पित र निराधान समाचार प्रकाशित भएपछि मन्त्री लामाले कानूनी बाटो अपनाएका हुन् । यसअघि उनले प्रेस काउन्सिल नेपालमा पनि उजुरी दिएका छन् ।
    मंगलबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको फिरादमा काठमाडौं महानगरपालिका २० मा कार्यालय रहेको कामना न्यूज पब्लिकेकासन प्रालि, सोही प्रालिले सञ्चालन गरेको नेपाल समाचारपत्र डटकम, न्यूज अफ नेपाल डटकम, त्यसका प्रमुख कार्यकारी अधिृकत तथा सम्पादक दिरेकलाल श्रेष्ठ, निर्देशक रनिकलाल श्रेष्ठ र काभ्रे संवाददाता वडा नं ३ बस्ने मोतिराम (मोतिलाल) तिमल्सिनालाई विपक्षी बनाइको छ । फिरादमा सुन प्रकरणमा मन्त्री तीर्थ लामाको समेत व्यक्तिगत मानमर्दन तथा चरित्रहत्या गर्ने मन्साय राखि विपक्षीहरुले सञ्चालन गरेको अनलाईन पत्रिका न्युज अफ नेपाल पत्रिका नेपाल समाचारपत्र मार्फत २०८० भदौ २९ गते देखि निरन्तर राजनितिक तथा व्यक्तिगत जीवनमा नकारात्मक असर पार्ने मनसाय राखी आधारहिन तथा तथ्यहिन समाचार लगातार सम्प्रेषण हुँदै आएको उल्लेख छ । फिरादमा विपक्षी मोतिराम तिमल्सिनाले संचारमाध्यममा मात्र सिमित नरहि आफ्नो व्यक्तिगत सामाजिक संजालहरुको समेत प्रयोग गरी निरन्तर मन्त्री लामाको ख्याति तथा चरित्रको हत्या गर्ने बदनियत राखि निरन्तर भ्रामक समाचार प्रकाशन गर्न बन्द नगरेकोले निजको बदनियत छर्लङ्ग देखिने उल्लेख छ ।
    केबल राजनीतिक प्रतिशोध राखि तथा सस्तो प्रचारका लागि प्रतिवादीहरुले गलत र भ्रामक समाचार प्रकाशन गर्न बन्द नगर्नुले निजहरुको बदनियत छर्लङग भएको दाबी गर्दै मन्त्री लामाले विपक्षीहरुले विद्युतीय तथा अन्य आम सञ्चारका माध्यमहरुको प्रयोग गरी झुट्ठा, कपोकल्पित, तथ्यहीन र पुर्वाग्रही तथा भ्रामक समाचारहरु सम्प्रेषण गरि झुट्ठा लाञ्छाना लगाई गाली–बेइज्जती गरेको स्पष्ट भएकोले मुलुकी अपराध संहिता, २०७४ को व्यवस्था बमोजिम हदैसम्मको कार्वाही माग गरिएको छ । नेपाली कांग्रेस काभ्रेले पार्टी सभापति तीर्थबहादुर लामालाई लगाइएको निराधार आरोपको कानूनी उपचार खोज्ने निर्णय गरेको थियो । जिल्ला कार्यसमिति बैठकले नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सभापति एवं बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाको चरित्र हत्या गर्ने र मानमर्दन गर्ने उद्देश्यका साथ सुनियोजित तवरले प्रकाशन र प्रचार भएको ठहर गर्दै उक्त आरोपको राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

    प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

    नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

    काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

    युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

    कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

    समाचार

    अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

    प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

    नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

    काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

    काभ्रे खबर

    प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

    नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

    काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

    युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६०३ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९२३ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७८१ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७२० पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५११ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२५३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑